निर्णय नं. २८९२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८९२ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/१६ २३०० निर्णय नं. २८९२ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको रिट नम्बर १४७९ आदेश भएको मिति : २०४३।१०।१६।६ मा निवेदक : जि.मोरङ्‌ गा.पं.कटहरी वार्ड नं. २ बस्ने बेदोलाल माझी थारु विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने दुखाई माझी थारुसमेत विषय : उत्प्रेषण (१) असर पर्ने पक्षलाई नै भन्ने मौका नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश राउत विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति २०४२।४।३०।४ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. जग्गाधनी धनुक माझीका नाउँमा दर्ता रहेको कटरी गा.पं.वार्ड नं. २(क) कि.नं.३६ को ज.वि ०–४–१० सुखाई माझीका नाउँमा दर्ता रहेको ऐ.वार्ड नं. २(ख) कि.नं.३ ज.वि.०–१७–१२½ र दुखाई माझीको नाउँमा दर्ता रहेको ऐ.वार्ड नं. २(क) कि.नं.४८ को ज.वि.०–९–११ समेतको म मोही भई कूत बुझाई आएको छु । सर्भे नापी हुँदाका अवस्थामा जग्गाधनी दुःखाई माझीका नाउँमा नापी कायम भएको कि.नं.४८ को क्षेत्रीय किताबको मोही महलमा भूलबाट सोझीको नाउँ जनिएको भए तापनि सो मैले नै मोहीको हैसियतले कमाई आएको हुँदा सो जग्गा समेतको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी गा.पं.को मोहियानी हकको प्रमाणपत्र पाउँ भनी गा.पं.को सिफारिश साथ भू.सु.का.मोरङ्‌मा निवेदन गरेको थिएँ । ३. उक्त कि.नं.४८ को जग्गामा मोही सोझीलाल माझी भएको साथै कि.नं.४६ र १७२ समेतको उनी नै दर्तावाला मोही हुन् यी निवेदक मोही नभएको हुँदा वादी दावी खारेज गरी पाउँ भन्ने प्रतिउत्तर परेको रहेछ । ४. कि.नं.४८ को दर्तावाला मोही सोझीलाल माझीको बुझ्दा उक्त कित्ता क्षेत्रीय किताबमा भूलबाट मेरो नाममा मोही लेखिन गएको हो सो जग्गा मेरो भाइ बेदीलाल माझीले नै जोत आवाद गर्दै आएका र निजकै मोहियानी हकको हो मेरो नाउँ मोही महलबाट कट्टा गरी बेदीलालका नाउँमा नै कायम गरी दिए मलाई कुनै आपत्ति हुने छैन भन्ने सोझीलालले मिति ०४२।३।९ मा गरेको बयान । कि.नं.३६ कि.नं.३ र कि.नं.४८ को जग्गा १८ वर्ष देखि देवीलाल माझीले नै जोत आवाद गरी आएको भन्ने मिति ०४२।३।१५ को सरजमीन मुचुल्का भएको रहेछ । ५. वादी दावी मध्ये कि.नं.४८ समेतको जग्गा सोझिलाल माझीले भू.सु.लागू हुँदा १ नं.लगत भरी अनुसूची २ प्रकाशित भई ४ नं.जो.अ.नि. प्राप्त गरी उक्त जग्गाको किसान महलमा निजले सहिछाप गरेको क्षेत्रीय किताब उतारबाट देखिन आउँछ । साथै मोहियानी प्रमाणपत्र समेत निजले नै प्राप्त गरी सकेको देखिन्छ । अतः फिल्डबूकमा गल्तिले मेरो नाउँ लेखिएको हो उक्त जग्गा बेदिलालले नै जोती कमाई आएको भनी बयान गरेको र सरजमीन समेतबाट पनि निजले नै जोती कमाई आएको पुष्टि भए तापनि ज.ध.ले स्वीकार गरेको नदेखिँदा र मोही र लगत कायम रहेसम्म एउटै कित्ता जग्गामा दाज्यू भाइ दुवै जनाको मोही लगत कायम हुन नसक्ने हुँदा कि.नं.४८ को जग्गा वादी दावीमा पुग्न सक्दैन भन्ने भू.सु.का.मोरङबाट मिति ०४२।३।२८ मा निर्णय भयो । ६. भूमिसुधार लागू हुँदाका बखत १ नं.मोही लगत भराई २ नं.प्रकाशित हुँदा उजूर नपरी ४ नं.जो.अ.नि. प्राप्त गरी