निर्णय नं. २२१९ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२१९ - उत्प्रेषण समेत भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/१९ २२५३ निर्णय नं. २२१९ ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नं. २१९४ विषय : उत्प्रेषण समेत निवेदक : जि. तनहुँ दमौली गा.पं. वार्ड नं. १ मोहियाटार बस्ने दिनानाथ पाध्या विरूद्ध विपक्षी : केशवटार गाउँ पञ्चायत बैठक तनहुँ गाउँ न्यायिक समिति केशवटार तनहुँ केशवटार गा.पं. वार्ड नं. ट गुदि बस्ने जय प्रसाद पन्त आदेश भएको मिति : २०४१।१२।१९।२ मा § वादीको दावी र गाउँपञ्चायत ऐन, २०१८ को दफा ४१(१)(ज) को सीमा बाहिर गई निर्णय गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. तनहुँ जिल्ला अदालतबाट ०३५।६।२६ मा भएको मिलापत्र अनुसार छाउदु खोलादेखि दक्षिणपट्टि उत्तर दक्षिण १३१ हातको जग्गा मेरो र उत्तरपट्टि प्र.रामचन्द्रको जग्गा भई माझमा छाउदु खोलाको घर १४ हात भएको भन्ने उल्लेख गरी मिलापत्र अनुसार म दिनानाथले भोगी आएकोमा जयप्रसादलाई झिकाई निजले ठोकेका किल्ला हटाई सीमाना कायम गरिपाउँ भन्ने विपक्षी गा.पं.मा मेरो उजूरी परेकोमा दाता रामचन्द्रबाट लिएको जग्गा भोगेको छु । वादी झुठ्ठा हो भन्ने जयप्रसादको प्रतिउत्तर परेको थियो । गाउँ न्यायिक समितिमा पेश हुँदा ३ जना सदस्यको छुट्टाछुट्टै राय भएकोले गाउँ पञ्चायत बैठकमा पेश भई मिति २०४०।१२।१९ मा जसका नाउँमा जति नापी भएको त्यति त्यति नै भोग गर्नुपर्ने र बाँकी खोलाको उही कायम हुनुपर्ने, आ–आफ्नो जग्गा अमीन ल्याई छुट्याई भोग गर्नुपर्ने भनी २०४०।१२।२४ मा फैसला लेखियो । ३. जिल्ला अदालतबाट भएको मिलापत्र बिपरीत खोलाको वही १४ हातमा नै किल्ला ठोकी मेरो खेतमा खोला पस्ने गराएकोमा सो किल्ला हटाई पाउँ भन्ने मेरो उजूरी परेको थियो । यस्तोमा गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१(१)(ज) ले गा.पं.लाई साँध सीमाना छुट्याउने अधिकार भएको दफा ४२, ४३ ले मिलापत्र गराउने अधिकार, दफा ५९ मा कार्यविधिको उल्लेख छ । न्यायिक समितिका सदस्यहरूमा मिलापत्र बमोजिम गर्ने भन्नेको बहुमत हुँदाहुँदै गा.पं.बैठकमा पेश गरेको त्रुटिपूर्ण छ । गा.पं.बैठकबाट विवाद भन्दा बाहिर गई निर्णय गरिएको छ । मिलापत्रको प्रतिकूल गर्न गा.पं.बैठकलाई अधिकार छैन । तसर्थ गाउँ पञ्चायत बैठकको फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम गर्नु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ झिकाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश । ५. विपक्षीले गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१(१)(ज) अन्तर्गत मुद्दा दायर गर्नु भएको छ । मिलापत्र अनुसार गरी दिएन गरिपाउँ भन्ने दावी गा.पं.मा लाग्ने होइन जुन कुरामा कानुनले अधिकार दिएको छ त्यसैमा सीमित रही फैसला गर्नुपर्ने हुँदा आफूलाई फाइदा हुने गरी गरी दिएन भन्ने विपक्षीको भनाई कानुनसंगत छैन । गाउँ न्यायिक समितिमा छुट्टाछुट्टै राय भई पेश हुन आएकोले कानुन अनुरूप फैसला भएको छ । साँध सीमाना सम्बन्धी विवाद भएकोले त्यसैमा फैसला गरिएको छ । मिलापत्र ब