निर्णय नं. २८९३ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८९३ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/१९ २४९३ निर्णय नं. २८९३ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. १४३६ आदेश भएको मिति : २०४३।१०।१९।२ मा निवेदक : राजविराज नगर पञ्चायत वडा नं.३ घर भई हाल रा.उ. स्मारक अस्पताल लाहानमा कार्यरत नरेश ठाकुर विरुद्ध विपक्षी : श्री स्वास्थ्य सेवा विभाग, पचली काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) विज्ञापन अनियमित भयो भनी त्यसलाई बदर गर्नु अघी त्यो विज्ञापनको आधारबाट नियुक्ति पाइसकेको व्यक्तिलाई आफ्नो तर्फबाट प्रतिवाद गर्ने मौका दिनु पर्ने । (प्रकरण नं. १६) (२) अनियमित विज्ञापनको आधारमा नियुक्ति दिएकोलाई कानुन बमोजिम हक प्राप्त गरेको भन्न सकिने नदेखिँदा निवेदकको सो नियुक्ति नियमित मान्न मिलेन । (प्रकरण नं. १६) (३) विज्ञापन बदर गर्ने गरी गरेको स्वास्थ्य सेवा विभागको निर्णय प्राकृतिक न्याय विपरीत भएको हुँदा सो आधारमा पुनः विज्ञापन गर्ने भन्ने निर्णय मिल्ने नदेखिने । (प्रकरण नं. १६) रिट निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.महेशरामभक्त माथेमा : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको विवरण यसप्रकार छ । २. ल्याब टेक्निसियन रा.प.अ.प्रथम (प्रा.) पद समेतको पदहरू स्थायी पूर्ति गर्ने स्थानीय पत्रिका गोरेटोमा मिति २०४१।५।४ मा विज्ञापन प्रकाशित भएकोमा उक्त ल्याव टेक्निसियन पदको लागि निर्धारित योग्यता पुगेकोमा मैले पनि दर्खास्त दिई अन्तरवार्तामा सम्मिलित भई उक्त पदको लागि छानिई सगरमाथा अञ्चल जनस्वास्थ्य शाखा कार्यालय सप्तरी राजविराजको प.सं.ले प्र.शा.च.नं. २४८ मिति २०४१।७।३० को गोप्य पत्रानुसार श्री लाहान अस्पताल सिराहाको दरबन्दीको उक्त ल्याब टेक्निसियन पदमा स्थायी नियुक्ति पाई कार्यरत थिएँ । ३. कार्यरत रहेकै अवस्थामा सगरमाथा अञ्चल जनस्वास्थ्य कार्यालयको मिति २०४१।१२।४ को स्वास्थ्य सेवा विभागको मिति २०४१।११।२१ को प्राप्त गोप्य पत्रानुसार यस कार्यालयबाट मिति २०४१ भदौ ४ गते गोरेटोमा प्रकाशित विज्ञापन मिति २०४१।११।२ को निर्णयानुसार रद्द गरिएकोले तपाइले पाएको यस कार्यालयको मिति २०४१।७।३० को नियुक्ति पत्र बदर गरिएको व्यहोरा जानकारी गराइएको छ भन्ने समेत व्यहोराको गोप्य पत्रको साथ सोही मिलानको व्यहोरा उल्लेख गरी विपक्षी रा.उ. स्मारक अस्पताल लाहानबाट मिति २०४२।१।१ गते देखि लागू हुने गरी अवकाश पत्र दिएको छ भन्ने समेत व्यहोराको मिति २०४१।१२।२५ को अवकाश पत्र विषयको पत्र बुझाई मिति २०४२।१।१ गते देखि ल्याब टेक्निसियन पदबाट अवकाश दिइयो । ४. स्थायी नियुक्ति पाई ५ महीना काम गरी सकेको म निवेदकलाई विपक्षीहरूको मिति २०४२।१।१ गते देखि लागू हुने गरी अवकाश दिने निर्णय गर्दा मलाई प्रतिवाद गर्नसम्म मौका नदिई नोकरीबाट अवकाश दिएकोले प्राकृतिक न्यायको सिद्धान्त समेत कुण्ठित भएको छ । साथै निजामती सेवा ऐन, २०१३ र नि.से.नि., ०२१ को परिधि भन्दा बाहिर रहेर कुनै पनि निजामती कर्मचारीलाई सेवाबाट अवकाश जस्तो कठोर सजायँ त परै जावस अन्य सानातिना सजायँ पनि गर्न सकिन्न