निर्णय नं. २८९५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८९५ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/१९ २६१५ निर्णय नं. २८९५ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको फौ.पु.नं. ४३७, ४९२ सम्वत् २०४२ सालको फौ.सा.नं. १०६ फैसला भएको मिति : ०४३।१०।१९।२ मा पुनरावेदक/प्रतिवादी : भ.पु.जि.सिपाडोल गा.पं.वडा नं.५ घर भई हाल थुनामा रहेका आले ख्यापा भन्ने धनबहादुर तामाङसमेत विरुद्ध विपक्षी/वादी : बलराम गिरीको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/वादी : बलराम गिरीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : भ.पु.जि.सिपाडोल गा.पं.वडा नं.५ बस्ने धनबहादुर तामाङसमेत मुद्दा : कर्तव्य ज्यान (१) पेटमा विभिन्न खष्कअभचब हरूमा भएको चोटले अतिसय रक्तश्राव भएर र टाउकोमा गिदीमा लागेको चोटले रक्तश्रावबाट क्षोभ भएर मृत्यु भएको हो भन्ने कुरा देखिनाले एकपटक मात्र चोट छाडेको भन्न सकिने अवस्थाको देखिन नआउने । (प्रकरण नं. ३७) (२) धेरैजनाले हुल भई धेरैपटक चोट छाडेको देखिन आउँदा ज्यानसम्बन्धीको १४ नं.नै यसमा प्रयोग हुनसक्ने भन्ने भन्न नमिल्ने । (प्रकरण नं. ३७) (३) रक्सी खाई गिलास फुटेको कारणबाट कुटपिट भई मृतक भुण्टे देउजा मर्न गएको देखिन आउँदा उपरोक्त अपराध भएको अवस्था र परिस्थिति समेतलाई विचार गर्दा ज्या.सं.को १३(३) को सजायँ गर्दा चर्को पर्ने । (प्रकरण नं. ३७) पुनरावेदन/प्रतिवादीकातर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का विपक्षीतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.हरिहरलाल राजभण्डारी : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदक प्रतिवादी धनबहादुर तामाङ समेतको र वादी श्री ५ को सरकारको पुनरावेदन यस अदालतमा पर्न आई बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् । २. २०३७।१०।१ का दिन भ.पु.जि.अ.गुण्डु गा.पं.वडा नं.३ को भाइ नाताको भुन्टे देउजा महादेवको दर्शन गर्न भनी बिहान गएकोमा साँझसम्म पनि घर नफर्केको हुँदा खोजतलास गर्दा मिति ०३७।१०।२ का दिन भ.पु.जि. सिपाडोल रानी कोट वनको बाटो मुनि खोल्सामा मृतक अवस्थामा निज भुण्टे देउजाको नाक मुखबाट रगत बगी घा चोट समेत देखिएको फेला परेको हुँदा कर्तव्य गरी मारेको शंका लागि जाहेर गरेको व्यहोराको बलराम गिरीको ०३७।१०।२ को जाहेरी दर्खास्त । ३. महादेवस्थान जाने गोरेटो बाटोमा हेर्दा ३ गते खोल्साकै भत्कारोमा भुण्टे देउजाको लाश भएको पाखो लाशको बायाँ आँखा मुनि अं.२ इन्च जति २ वटा घाउ भएको लाशको दायाँ कानमा निल परेको लाश प्रकृति ठीक छ भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४. माघ २ गते एक जना स्वास्नी मानिसले भुण्टे देउजाको लाश आसापुरी बीच बाटो बाहिर छ भन्ने सुनिन्छ भन्दा मृतकको दाजु लगायत अरु केही व्यक्ति खोजी गर्न गएका छन् तिनीहरू आएपछि जाऔंला भनी चिया पसलमा चर्चा चलेकोले र त्यहीं बसे केही समयपछि रामबहादुर देउजा चाहीं लाश भएकै ठाउँमा बसी अरु मानिस आई पुगेर त्यसपछि धेरै मानिसहरू लिई लाश भएको ठाउँमा गई यकीन गरी मृतक शम्भूप्रसाद समेतको ५ जनाका साथ आसापुरी महादेव स्थानमा गएका थिए भन्ने बुझिएको भन्ने समेत व्यहोराको जाहेरवालाले ०३७।१०।१४ मा सनाखत कागज गरी दिएको । ५. विभिन्न भोसेराहरूमा भएको चोटले अतिशय रक्तश्राव भएर