निर्णय नं. २८९६ - खिचोला समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८९६ - खिचोला समेत भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/०५ २६७५ निर्णय नं. २८९६ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ६५९ फैसला भएको मिति : २०४३।१०।५।२ मा पुनरावेदक/वादी : ल.पु.न.पं.वडा नं.१९ पूर्ण चण्डी बला बस्ने डम्बरकुमारी श्रेष्ठनी स्वर्गीय हुनु भई मु.स.गर्ने निजका छोरा चन्द्रशेखर श्रेष्ठको अ.वा.भई आफ्नो हकमा समेत निवेदन गर्ने हरिशेखर श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.वडा नं.२१ इखाछें बस्ने भाइचा भन्ने सिद्धिबहादुर महर्जन मुद्दा : खिचोला समेत (१) वादीको कुरालाई इन्कार गरी वादीको हकको साझा चोक हो भन्ने कुरामा विवाद उठाएपछि सोही मौकामा कानुन बमोजिम जो जसको उपर उजूर दिनु पर्ने हो उजूर दिई आफ्नो साझा हक कायम गराई राख्नु पर्ने । (प्रकरण नं. १६) विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री वारकृष्ण श्रेष्ठ फैसला न्या.हिरण्येश्वरमान प्रधान : श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. पूर्व चन्द्रलाल श्रेष्ठको घरको किलास मोहन मायाकी छोरी नानी मैयाँको विपक्षी बसी आएको घर, पश्चिम मेरै पर्खाल समेतको केबबारी जग्गा उत्तर इखाछें टोल र कान्ति टोल आवत जावत गर्ने बाटो मेरो पर्खाल समेतको केबबारी जग्गा दक्षिण निज नानी मैयाँको बाँकी विपक्षी बसी आएको घर कृष्ण चोकमा आवत जावत गर्ने बाटो मेरै पर्खाल समेतको केबबारी जग्गा यति ४ किल्ला भित्रको ल.पु.न.पं.वार्ड नं. २२ इखाछें टोलको बाटो र चोक समेत मेरो साझा हकमै भोग गरी आएको मेरो पुर्खाले स्थापना गरी राखेको श्रीकृष्णलाई कृष्ण अष्टमीको भोलि नवमीको दिन भक्तजनहरू पूजा गर्न सोही ४ किल्ला भित्रको बाटो र चोकबाट हाल चन्द्रलालको र निजको बहिनी मोतीदेवी श्रेष्ठको झगडा भएको घर मुनिको ढोका भित्रबाट पसी कृष्ण चोकमा गई भगवान श्रीकृष्णको पूजा समेत गरी निजै चन्द्रलाल समेतको साझा चोकबाट निजै चन्द्रलालको घर मुनिको ढोकाबाट बाहिर निस्कन जाने गरी आएको चलन चल्ती रोहवर नहुने उक्त बाटो र चोक समेत विपक्षीले एकलौटी पूरा अधिकार जमाइसकेको छ भन्दै मलाई अधिकार छैन भनी बलजफती गरी बाटो र चोक समेत कब्जा गरी लिएकोले खिचोला गरेको मेटाई सो बाटो र चोक मेरा हक साझा कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. विपक्षीले साझा भनेको उक्त ४ किल्ला भित्रको चोक समेत विपक्षी समेतको साझा होइन उक्त बाटो मिति २०३२।११।१८ मा नानी मैयाँ मास्के र विष्णुबहादुर श्रेष्ठबाट राजीनामा पारित गरिलिएको घर जग्गा मध्येको हो । सोही मितिदेखि मैले एकलौटी भोग गरी आएको छु वादी बिल्कूलै झुठ्ठा हो, म्याद नाघी आएको फिराद खारेजभागी छ झुठ्ठा दावीबाट मुक्त गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. नक्शामा हेर्दा वादीको अचल सम्पत्ति घर जग्गा समेत उक्त बाटोबाट प्रवेश गर्नु पर्ने समेत निकास नक्शाबाट देखिन नआउने समेत कारण र परिबन्दबाट वादी दावी बमोजिमको उक्त बाटो र चोक प्र. ले खिचोला गरेको ठहर्दैन भन्ने समेत व्यहोराको मिति २०३८।५।१० को ललितपुर जिल्ला अदालतको फैसला । ५. उपरोक्त फैसलामा चित्त बुझेन ल.पु.जि.अ.बाट गर्नुभएको सो कानुनी त्रुटिपूर्ण फैसला बदर गरी इन्साफ गरिपाउँ भन्ने समेत व्यहोराको बा.अं.अदालतमा पर्न आएको वादी