निर्णय नं. २८९७ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८९७ - अंश दपोट भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/१२ २४४९ निर्णय नं. २८९७ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ७१२ फैसला भएको मिति : २०४३।१०।१२।२ मा पुनरावेदक/वादी : का.जि.बलम्बू गा.पं.वा.नं.१ लाछीटोल बस्ने कृष्णकुमारी श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.गछेटोल बस्ने मंगलदास श्रेष्ठ मुद्दा : अंश दपोट (१) वादी आफैंले जालसाजीमा दावी गरेको लिखतको जानकारी वादीलाई नभएको भन्न नमिल्ने । (प्रकरण नं. १२) फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।१२।२४।५ को फैसला उपर यस अदालतबाट मिति २०४२।१।५।४ मा पनुरावेदनको अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. मिति २०३२।५।८।१ मा पति मोहनलाल समेतका नाउँमा मैले अंश दिलाई पाउँ भनी फिराद दिएकोमा २०३२ जेठ महीनामा पतिको मृत्यु भएपछि विपक्षी मंगलदास मेरा सौतेनी छोराले तायदाती दिँदा कृष्णबहादुर श्रेष्ठलाई मंगलदास श्रेष्ठले २०२९।२।८ मा दिएको रु.१,६६६।– र विपक्षीका भाइ कान्छा श्रेष्ठले निज कृष्णबहादुरलाई दिएको रु.१,६६६।– समेत जम्मा रु.३,३३२।– उक्त अंश मुद्दाको तायदातीमा नदेखाई अंश दपोट गरेकाले अंशबण्डाको महलको २७ नं. बमोजिम विपक्षीले दपोट गरेको एकलौटी मलाई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको मिति २०३५।६।८।१ को कृष्णकुमारीको फिरादपत्र । ३. उक्त अंश मुद्दामा अन्तिम फैसला भइसकेको छैन, अहिलेसम्म सर्वोच्च अदालतमा तारिख मै छु तसर्थ अ.बं.८२ नं.ले नालिश खारेज हुनुपर्ने, विपक्षीले दावा गरेको सम्पत्ति विपक्षीको जानकारीमा भएको सम्पत्ति हो उक्त दुवै लिखतमा विपक्षी ऋणीकी आमा कृष्णकुमारी भनी र मोहनलाल ऋणीको झट्केलो बाबु भनी साक्षी बसेका छन् । तसर्थ तायदाती नदिई दबाएको होइन उक्त लिखतहरूको सम्पत्ति म मंगलदास र भाइ कान्छाको निजी सम्पत्ति हुँदा अंशबण्डाको १८ नं.ले बण्डा गर्न कर लाग्ने होइन यसर्थ झुठ्ठा वादी दावीबाट अलग गरी न्याय पाउँ भन्ने समेतको मंगलदास श्रेष्ठको मिति २०३५।८।३० को प्रतिउत्तरपत्र । ४. वादी दावीको २०२९।२।८ को लिखतको रुपैयाँ सगोलको सम्पत्ति भन्ने देखिन आएको र उक्त मितिको लिखतमा वादी कृष्णकुमारी र निजका लोग्ने मोहनलाल समेत साक्षी बसेको देखिँदा यो सम्पत्ति मौकामा वादीलाई थाहा नभएको भन्न नमिली दपोट भन्न मिलेन सो लिखतको सम्पत्ति सबै अंशियारको साझा देखिन्छ भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको मिति २०३८।३।२९ को फैसला । ५. सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको कृष्णकुमारी श्रेष्ठको बागमती अञ्चल अदालतमा मिति २०३८।५।३१।४ मा परेको पुनरावेदनपत्र । ६. विवादका दुबै लिखतमा वादी पुनरावेदक अन्तरसाक्षी बसेको देखिँदा मिति २०३३।४।१३ मा तायदाती फाँटवारी लिने आदेश हुँदा वादी प्रतिवादीबाट तायदाती लिने आदेश भएकोमा पुनरावेदकलाई थाहा भएको आसामी भएपछि निजले पनि तायदाती दिन सक्ने अवस्था देखिँदा दपोट नठहराएको शुरु इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको मिति २०३८।८।१४ को फैसला । ७. सो फैसला उपर पुनरावेदनको अनुमतिको माग भई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति प्रदान गरेको मिति २०३९।१२।३।५ को आदेश । ८. विवाद उठाएको रुपैयाँको लिखतमा वादी साक्षी बसेको कुरामा विवाद देखिँदैन, आफू साक्षी बसेको लिखतको व्यवहार वादीलाई थाहा नभ