निर्णय नं. २८९८ - नाता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८९८ - नाता कायम भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/१०/१८ २५८६ निर्णय नं. २८९८ ने.का.प. २०४३ अङ्क १० संयुक्तइजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ४९६ फैसला भएको मिति : २०४३।१०।१८।१ मा पुनरावेदक/वादी : जि.झापा शरणामती गा.पं.वार्ड नं. ८ बस्ने मनहरी उप्रेती विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.गारामनी गा.पं.वार्ड नं. ९ बस्ने खगेन्द्र उप्रेती मुद्दा : नाता कायम (१) कुनै कुरामा नालिश गर्नु पर्ने कारण परी सो कुरा देखाई अदालतमा फिराद लिई गएपछि पर्न आएको फिराद कानुनले तोकेको व्यवस्था बमोजिम रीत नपुगेको भन्ने आधारमा इन्साफ दिन नमिल्ने भन्ने ठहर भएपछि सो ठहरमा आफ्नो चित्त नबुझे ऐनका म्यादभित्र पुनरावेदन दिई बदर गराउनु पर्ने । (प्रकरण नं. ११) (२) फिराद कानुनको रीत नपुगेको भन्ने आधारमा निर्णय दिन नमिल्ने भनी खारेज गरेपछि सो निर्णय भएको मितिले अदालतको प्रचलन बमोजिम ३५ दिनभित्रमा कानुन बमोजिमको अर्को फिराद दिई आफूलाई आवश्यक परेको कानुनी उपचार लिन जानु पर्ने । (प्रकरण नं. ११) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल तथा विद्वान अधिवक्ता श्री पवनकुमार ओझा फैसला न्या.हिरण्येश्वरमान प्रधान : श्री पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति २०४२।१।२३ को फैसला उपर यस अदालतमा पनुरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. सम्वत् १९९९ सालमा विपक्षीसंग मेरो आमा इन्द्रा भन्ने चित्र रेखाको विवाह भएको थियो । विपक्षीकै विर्यबाट दाजु मोहनलाललाई जन्माई त्यसपछि विपक्षीकै विर्यबाट गर्भ रही करिब ५ महीनाको गर्भ बोकी आमा हरिमान सिटौलासंग पोइल गइछन् । सिटौलाकै घरमा म जन्मेछु । विपक्ष खगेन्द्र मधेशतिर हुँदा नामाकरण गर्न बाजे नरप्रसाद, तीन पुस्ताभित्रका बंश बडा बाबु, नागेन्द्र उप्रेतीले पानी समाई नामाकरण धर्मशास्त्र र ऐन कानुन अनुसार गरेछन् । म ५ वर्षको हुँदा खगेन्द्रको जिम्मा दिएछन् । विपक्षी खगेन्द्रको घरमा छोरा होस् भनी स्वीकार गरी बस्तै जाँदा सौतेनी आमासंग नमिली म भित्र बस्छु भन्दा विपक्षीले दाजु मोहनलाल समेतलाई हातमा लिई घरबाट निस्की त मेरो छोरा होइनस् भनी बेइज्जत गरेकोले गाली बेइज्जती, जालसाज र नाता कायम गरी पाउँ भन्ने विपक्षी खगेन्द्र उपर एउटै फिराद दिएकोमा अ.बं.७२ नं.ले एउटै फिराद नलाग्ने हुँदा जालसाज र गाली बेइज्जती नठहर्ने नाता कायमतर्फ इन्साफ दिन नमिल्ने हुँदा खारेज हुने भनी फैसला भएकोले अदालती बन्दोवस्तको ३६ नं. ले नाता कायमतर्फ जहिलेसुकै नालेश लाग्ने हुँदा अ.बं.को ११ नं.अनुसार विपक्षी खगेन्द्र उप्रेती संग नाता कामय गरी पाउँ भनी फिराद गर्न आएको छु भन्ने मनहरी उप्रेतीको फिराद । ३. फिरादीले जिल्ला कार्यालय चन्द्रगढीमा बाबु पत्ता लगाई पाउँ भनी निवेदन दिएकोमा वादीको मामा पुष्पलाल मैनाली, कूलप्रसाद मैनाली, माइजु जसमाया मैनाली, हरिमाया समेतले जिल्ला कार्यालयमा कागज गर्दा वादीकी आमा हरिमान शिटौलासंग पोइल गएकी हुन् । वादी हरिमन सिटौलाका छोरा हुन् भनी कागज गरेका छन् । सो कागज उपर जालसाज र गाली बेइज्जती अनि नाता कायमको मुद्दा दायर हुँदा दावी नठहरी फैसला भएको सो मुद्दाबाट फिराद दावी झुठ्ठा हो भन्ने प्रष्ट भएकै छ । वा