निर्णय नं. १३२२ - लुटपिटबाट उठेको हक बेहक, छोरा कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३२२ - लुटपिटबाट उठेको हक बेहक, छोरा कायम भाग: २६ साल: २०३७ महिना: बैशाख अंक: १ फैसला मिति :२०३७/०१/०३ २४९७ निर्णय नं. १३२२ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको फौ.पु.नं. १३ फैसला भएको मिति : २०३७।१।३।३ मा पुनरावेदक : का.जि.न.पं.वडा नं. १० वटुटोल बस्ने बेगमविवि मुसलमान समेत विरूद्ध विपक्षी : ल.पु.जि.न.पं.वडा नं. २० टफालोह बस्ने नैनकुमारी थापा क्षेत्रीसमेत मुद्दा : लुटपिटबाट उठेको हक बेहक, छोरा कायम (१) वैवाहिक सम्बन्ध कायम रहकै अवस्थामा ९८ सालमा अब्दुल रहीमको जन्म भएको भन्ने मिसिलबाट देखिएको अन्यथा प्रमाणित हुन नआएकोले अब्दुल रहीम सो ऐसाको लोग्ने अब्दुल रेहमानकै सन्तान हो भनी प्रमाण ऐन, ०३१ को दफा ६ अनुसार अदालतले अनुमान गर्नुपर्ने । (प्रकरण नं. २७) (२) ९८ सालमा अब्दुल रहीम जन्मेको भन्ने हुँदा ९७ सालको बकसपत्रमा छोरा नभएको भन्ने उल्लेख भएको कुराले त्यसभन्दा पछिको अवस्थाको कुरालाई कुनै असर पुर्‍याउन नसक्ने । (प्रकरण नं. २७) प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या. धनेन्द्रबहादुर सिंह : अब्दुल रहमान मियाँले राजीनामा गरी दिएको जग्गामा मैले १० कर्म गरी लगाएको बाली बाबुलाल समेतले लुटपिट गरी लगेकोले बिगो भराई पाउँ भन्ने समेत व्यहोराको नैनकुमारीको वादी । २. वादीले जग्गा किनेको थाहा छैन जग्गा वेगम विविको र अस्मा विविको हो म मोही भई कमाएको हुँ भन्ने समेत व्यहोराको लालचा र बाबुलाल दिपीको प्रतिवादी । ३. बाबुकी जेठी श्रीमतीतर्फका आस्मा र वेगम विवि २ छोरी र मेरी आमाबाट मेरो जायजन्म भएकोले जग्गा मैले बिक्री गरी दिएको हो भन्ने समेत व्यहोराको अब्दुल रहीमको प्रतिवादी । ४. वादीको दाता हामीहरूको बाबुको छोरा होइन ३ पूस्ता भित्रका हकदार कोही नभएकोले हामीहरूको हक भएको जग्गा बाबुलाललाई कमाउन दिएको हो भन्ने समेत व्यहोराको आस्मा र बेगमको बयान । ५. लिखत बदरमा उजूर नपरेकोले जग्गा वादीको ठहर्छ भन्ने समेत व्यहोराको ल.पु.जि.अ.को फैसला । ६. १९९७।६।११ मा कान्छी आमा समेतलाई बाबुले पास गरी दिएको बकसपत्र समेतबाट अरू सन्तान नदेखिएकोले जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको आस्मा र बेगमको पुनरावदेन । ७. १९९७।६।१६ गतेको बकसपत्रको लिखतबाट अब्दुल रेहमानको पुनरावेदक बाहेक अरू सन्तान नदेखिएकोले जग्गा नैनकुमारीको हक ठहराएको शुरूको इन्साफ गल्ती ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०२६।९।१० को फैसला । ८. उक्त फैसला उपर चित्त बुझेन इन्साफ जाँच गरिपाउँ भन्ने व्यहोराको नैनकुमारी थापा क्षेत्रीको निवेदन पेश हुँदा इन्साफ जाँची दिनु भन्ने स.अ.इष्टेन्डिङ्ग कमिटिको निर्णय आदेश । वादी दावीको जग्गामा प्रतिवादीहरूको हक भएको प्रमाण प्रतिवादी तर्फबाट पेश हुन नसकेको वादी दावी झुठ्ठा ठहर्‍याएको बा.अं.अ.को ठहर नमिलेकोले छलफलको लागि अ.बं.२०२ र सर्वोच्च अदालत नियमावली बमोजिम प्रतिवादीहरूका नाउँमा नोटिस म्याद दिई झिकाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम गरी पेश गर्नु भन्ने आदेश । ९. यसमा जग्गा बिक्री गर्ने अब्दुल रहिम मियाँ रहेमन राकीको छोरा हैन भन्ने प्रतिवादी बेगम असमान समेतको जिकिर देखिनाले जग्गा बिक्री गर्ने अब्दुल रहिम कसको छोरा हुनुहुन्छ त्यसतर्फ निर्णय नगरिएमा