निर्णय नं. २९०० - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९०० - जालसाजी भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/१०/१६ ३८३५ निर्णय नं. २९०० ने.का.प. २०४३ अङ्क ११ पूर्णइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् ०४१ सालको फौ.पु.नं. २३ फैसला भएको मिति : २०४३।१०।१६।६ मा निवेदक/प्रतिवादी : का.जि.पाको पोखलड्याड्ड बस्ने कृष्णप्रसाद श्रेष्ठसमेत विरुद्ध विपक्षी/वादी : का.जि. भोसिको सवलबहाल बस्ने सर्वज्ञमुनी बज्राचार्य मुद्दा : जालसाजी (१) विवादीत घर अंश भागमा परेको भन्ने कुनै सबूद प्रमाण प्रतिवादीबाट आउन नसकेको स्थितिमा विवादको घरमा वादीहरू समेतको हक लाग्ने रहेछ भनी मान्नु पर्ने । (प्रकरण नं. १४) (२) वादीहरूको मञ्जूरी लिएको कुनै लिखत प्रतिवादीले पेश गर्नसकेको छैन, विवादीत ०२९।१०।५ को लिखतमा वादीहरू साक्षी बसेको पनि देखिँदैन, यस्तो अवस्थामा २०१२ साल देखी भोगबन्धकी लिई विवादीत घर जग्गा भोग गर्ने प्र.लाई विवादीत घरमा वादीहरूको समेत हक लाग्ने कुरा थाहा थिएन भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. १५) (३) हक लाग्ने कुनै व्यक्तिले उजूर नगर्दैमा मौकैमा उजूरी गर्ने व्यक्तिको समेत हक जान्छ भन्न नमिल्ने । (प्रकरण नं. १६) (४) जहाँ कानुनले दुई उपचारको व्यवस्था गरेको हुन्छ, त्यहाँ दुई उपचार मध्ये कुन उपचारको मार्ग अवलम्बन गर्ने हो सो वादीहरूको इच्छामा निर्भर रहने कुरा हो, दुई मध्ये एक उपचारको मार्ग अवलम्बन गरी आएकोमा आर्को मार्गतर्फ जानु पर्ने भनी अदालतले भन्न नमिल्ने । (प्रकरण नं. १८) (५) वादी दावी र प्रतिउत्तर जिकिरबाट मुख नमिलेका कुराहरूमा मात्र अ.बं.१८४(क) तथा १८५ नं.बमोजिम निर्णय निरोपण गरिनु पर्ने । (प्रकरण नं. १९) (६) वादी प्रतिवादीले विवाद नउठाएपछि त्यस विषयमा अदालतले बोलिरहने अवस्थै नरहने । (प्रकरण नं. १९) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला न्या.बब्बरप्रसाद सिंह : सर्वोच्च अदालत फुलबेञ्चको ०४०।९।१२ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा व्यहोरा साँचो हो र २०१२।५।१३ मा दिएको भोगबन्धकीका सम्बन्धमा निर्णय भएको रहेनछ भने त्यस अदालतको फुलबेञ्चबाट किनारा भएको बिन्तिपत्रमा लेखिएको जालसाजी मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट देहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. पिता तेजमुनी आमा पुनमायाको गर्भबाट जितमुनी १, सर्वज्ञमुनी १ र सूर्यमुनी १, समेत ३ जना छोरा जन्म भई आमा २००६ सालमा नै परलोक हुनुभएकोले पिता तेजमुनीले सौतेनी आमा पञ्चमायालाई ल्याउनु भएको थियो । तेजमुनीले विपक्षी कृष्णप्रसादसंग रु.७,५००।– कर्जा लिनु भई का.जि.पाको पोखलड्याड्डको पूर्व पश्चिम लङ उत्तर मोहडा २ नाले कवले ५ तल्ले पक्की झिंगटी छाना भएको घर मध्ये उत्तरपट्टिको ४ तल्ले कोठामा कूल देवता रहेकोले सो कोठा १ बाहेक गरी बाँकी घर ०१२।५।२३।५ मा रजिष्ट्रेशन पास गरी दिनु भई सो घर कृष्णप