निर्णय नं. २९०१ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९०१ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/०८/१६ २०८५ निर्णय नं. २९०१ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४२ सालको रि.नं. १३५८ आदेश भएको मिति : २०४३।८।१६।२ मा निवेदक : जि.कपिलवस्तु गा.पं.निगलिहवा वार्ड नं. ७ बस्ने इन्द्रदेव केवटसमेत विरुद्ध विपक्षी : जि.कपिलवस्तु गा.पं.निगलिहवा वार्ड नं.७ बस्ने फौजदार केवटसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) रिट निवेदकहरूले भू.सु.का.कपिलवस्तुको निर्णय चित्त बुझाई बसेको भन्ने तथा जो.अ.नि.समेतको प्रमाणको आधारमा छुट मोही दर्ता हुने ठहराएको निर्णयलाई त्रुटिपूर्ण भन्न नसकिने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह तथा विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरह आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. हामीहरूले ४ नं.जो.अ.नि.समेत प्राप्त गरी मोहियानीमा जोती आएको जग्गामा हामी निवेदकहरू मध्ये तेनुवा माज्रे, वार्ड नं. ७(ग) कि.नं.२०४ ज.वि.०–३–१७, फेदराट वार्ड नं. ७(ग) कि.नं.२४१ ज.वि.०–५–२, ऐ.कि.नं.२५३ को ज.वि.७–५–२, जग्गा निवेदक मध्येका इन्द्रदेव केवटले, फेदराट वार्ड नं.७(ग) कि.नं.२२ को ज.वि.०–०–१० ऐ.ऐ.कि.नं.७८ को ज.वि.०–३–१२ जग्गा वनवारी केवटले, फेदराट वार्ड नं. ७(ग) कि.नं.१९२ को ज.वि.०–३–४ ऐ.ऐ.कि.नं.६२ को ज.वि.०–३–१० ऐ.ऐ.कि.नं.५८ को ज.वि.०–४–१५ ऐ.ऐ.कि.नं.२२४ को ज.वि.०–०–८ ऐ.वार्ड नं. ७(ख) को कि.नं.१६३ को ज.वि.०–६–१५ जग्गा लालमन केवटले, फेदराट वार्ड नं. ७(ख) कि.नं.५३२ को ज.वि.०–०–१२ ऐ.ऐ.वार्ड नं.७(ग) कि.नं.२८२ ज.वि.०–१–१२, ऐ.ऐ.कि.नं.१४५ को ज.वि.०–१–१३ ऐ.ऐ.कि.नं.५३ को ज.वि.०–२–१४ को जग्गा झिनकन केवट मर्दा निजको छोरा भुन्नु भन्ने फुलचन्द केवटले, फेदराट वार्ड नं. ७(ग) कि.नं.२५७ को ज.वि.०–४–१५ ऐ.ऐ.कि.नं.२१२ को ज.वि.०–०–९ ऐ.ऐ.वार्ड नं. ७(ख) कि.नं.१६५ मध्ये पूर्वतर्फ ज.वि.०–२–१० जग्गा समेत दशरथ केवटले, फेदराट वार्ड नं. ७(ग) कि.नं.१७ को ज.वि.०–०–१६ ऐ.ऐ.कि.नं.२१४ को ज.वि.०–०–१५ जग्गा समेत बलिकरण चमारले, फेदराट वार्ड नं. ७(ग) कि.नं.१५६ को ज.वि ०–४–१० को जग्गा मरिल चमार मर्दा निजको छोरा दयाराम चमारले जोती आएकोमा विपक्षीहरूले हाम्रो मोहियानी हकको जग्गा आफ्नो भनी बिना कुनै सबूद प्रमाण २०३१ सालमा भू.सु.अ.मा निवेदन दिनु भयो सो निवेदन उपर कारवाही चल्दा चल्दैको अवस्थामा पुनः २०३७ चैत्रमा सोही विषयलाई लिएर अर्को निवेदन दिनु भयो । सो निवेदनको आधारमा सरजमीन बुझ्ने आदेश भयो र सरजमीन गर्दा हामीलाई जानकारी नै नदिई विपक्षीहरू रोहवरमा बसी सरजमीन गराउनु भयो । उक्त मुद्दामा २०३८।८।२१ मा फैसला भयो । त्यो फैसलाबाट हामीलाई कुनै असर परेन । ३. हामी निवेदकहरूले पुनः २०३८।९।८ गतेमा मोहियानीको स्थायी निस्सा पाउन भू.सु.का.मा निवेदन दिँदा विपक्षीहरूले उक्त जग्गा हाम्रो जोत भोगको हो भनी छुट्टै निवेदन दिनु भयो भू.सु.का.बाट मिति २०३९।९।२२ मा निर्णय हुँदा मिसिल तामेलीमा राखी दिने भनी निर्णय भएकोमा विपक्षीहरूको रिट निवेदन गरी सर्वोच्च अदालतबाट तामेली राख्‍ने गरेको भू.सु.का.क