निर्णय नं. ४६८५ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६८५ - परमादेश भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०४९/११/२१ ३०४६ निर्णय नं.– ४६८५ ने.का.प. २०५० (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको रिट नं.– ९६० आदेश मिति: २०४९–११–२१–५ निवेदक : स्वयम् श्रेष्ठ निर्माण सेवा का. जि.का. न. पा. वडा नं. २६ मखन टोल तथा सो का प्रो ऐ बस्ने स्वयंम बाबु श्रेष्ठ । विरुद्ध विपक्षी : कृषि सामाग्री संस्थान प्रधान कार्यालय काठमाडौं सोका कार्यालय प्रमुख समेत । विषय : परमादेश । (१) सम्झौता बमोजिमको निवेदकले दावी गरेको भुक्तानी के कस्तो हो त्यसलाई करारको शर्तले समेट्छ समेट्दैन त्यस्तो तथ्यगत लेखाजोखा गर्नु पर्ने अवस्था पर्दछ सम्झौताबाट श्रृजित हक र दायित्वको कुरामा रिट क्षेत्र आकर्षित हुन सक्ने स्थिति हुंदैन । सम्झौताबाट असर पर्ने पक्षले सम्झौताको शर्त पुरा गराउन कानूनले निर्देश गरेको बाटो अवलम्बन गर्नु पर्ने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री निरन्जन प्रसाद आचार्य आदेश न्या. केशवप्रसाद उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा तथा आदेश यस प्रकार छ :– २. विपक्षी नं. १ अन्तर्गतको ६ नं. हाता छेउमा ग्वाङ खोलाले कटान गरी क्षति पुर्‍याएको क्षेत्रमा ग्याविन वाल निर्माण गर्ने सम्बन्धमा टेण्डर अहवान भै निवेदकको नाउँमा रु १,६९,६७१।०५ मा टेण्डर स्वीकृति भै विपक्षी नं. १ ले धरौटी रकम रु ८,४८३।५४ ने.रा.वैंक विपक्षी नं. १ को खाता नं. १६१ मा जम्मा गर्नु, ३ दिन भित्र उपस्थित हुन भत्रे २०४२।३।५ को पत्र मुताविक विपक्षी नं. १ र निवेदकको बीचमा सम्झौता हुन गयो । विपक्षी नं. ६ ले २०४२।३।१६ मा निवेदक नाउँमा भएको सम्झौता अनुसार काम शुरु गर्न मिति २०४२।३।११ मा कार्य आदेश दिएको अनुसार तत्काल निर्माण कार्य गर्न नसकिने व्यहोरा उल्लेख गरी २०४२।३।१९ मा निवेदन दिइएको कारण समेतबाट निर्माण कार्य स्थगित हुन गएको पुनः २०४२।१०।१४ को प्राविधिक बाहले आउट भएको एक महीना भित्र ग्याविन वाल निर्माण पुरा गर्नु पर्ने पत्र दिए मुताबिक निर्माण कार्य गर्दै आई रनिङ बिलको भुक्तानी समेत पाएको र कार्य सम्पत्र गरी सकी जाँच पास भै फाइनल बिलसमेत बनेको हुँदा सो अनुसार भुक्तानी पाउन अन्तिम बिल संलग्न राखी निवेदन २०४२।१२।११ मा दिएको र सो निवेदन अनुसार विपक्षी नं. ६ ले विपक्षी नं. २ का नाउँमा मिति २०४२।१२।२१ मा पत्राचार गरेको विपक्षी नं. ६ को ०४३।४।६ को पत्र मुताबिक दायित्व पुरा गरी सकेपछि २०४३।५।९,१०,११ गते भएको अविरल वर्षाको कारणले गर्दा उक्त ग्याविन वाललाई ग्याङ खोलामा भिषण वाढी आई जगै देखि खोली १५० (घ) मि. को जाली पर्खाल लगाएको खण्डबाट करीब ८० मिटर पुरै बगाए बाँकी बिग्रेको हुँदा उक्त दैवी प्रकोपले गर्दा मर्मत सम्भार गर्न काबु बाहिरको भएकोले सो सर्जमिन मुचुल्का समेत गरी पाउनु पर्ने रकम फिर्ता दिलाई पाउँ भत्रे २०४३।६।१९ मा विपक्षी नं. ६ मा निवेदन गरेको थिएँ । ३. निवेदक तर्फबाट मर्मत सम्भार भएको भत्रे २०४४।६।१९ मा विपक्षी नं. ६ का नि.सा.प्र. दिनेश चन्द्रले मर्मत भएको भत्रे समेत पत्र विपक्षी नं. १ लाई पठाएको छ । सो अनुसार भए गरेको काम कार्यमा सम्झौता र पत्रहरू उलंघन भएको भनी विपक्षीहरूले भत्र र तर्क गर्न पाउने ठाउँ छैन । निरीक्षण जाँचबुझ समेत भई सकेपछि फइनल बिट र धरौटी रकम विपक्षीहरूले रोकी राख्न क