निर्णय नं. २९०३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९०३ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/०८/१२ २३६७ निर्णय नं. २९०३ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४१ सालको रिट नं. २००० आदेश भएको मिति : २०४३।८।१२।५ मा निवेदक : जि.झापा घैलाडुब्बा गा.पं.वार्ड नं.४बस्ने वर्ष ७१को थितुलाला राजवंशी विरुद्ध विपक्षी : श्री भूमिसुधार कार्यालय झापासमेत विषय : उत्प्रेषण (१) कानुन बमोजिम जग्गावालाले कूत बुझी नलिएको अवस्थामा मोहीले स्थानीय पञ्चायतमा कूत बमोजिम भन्दा बढी रकम धरौट राखेकोमा जग्गाधनीले सो कूत बुझी लिन पर्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नैनविनोद न्यौपाने विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य र विद्वान अधिवक्ता श्री हरिहर दाहाल आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा निम्नानुसार छ : २. थितुलालका नाबालख छोरा अर्जुनकुमार राजवंशीको नाउँमा दर्ता रहेको जि.झापा घैलाडुब्बा गा.पं.वा.नं.४ को कि.नं.०९० र ०९३ समेतको जम्मा ज.वि.३–८–० जग्गाको विपक्षी अम्बरराज दर्तावाला मोही भई जग्गाधनीले पाउन पर्ने किसिम अनुसारको कूत बाली बुझाउँदै आउनु भएको थियो । ०४१ सालको कूत बाली साविक बमोजिम नबुझाई एकलौटी खाने प्रयत्‍न गर्नुभएकोले भू.सु.का.झापामा निवेदन गर्दा मिति ०४२।४।१६ को निर्णयमा पञ्चायत बुझ्दा रु.३,८१३।– धरौट रहेको छ भनी जवाफ प्राप्त भएको दर भाउमा मिलान नहुँदा झापा संस्था बुझी हिसाब गर्दा किसिम अनुसार हुन आउने धानको रु.३,७०३।८८ सो धरौटीबाट वादीले बुझी लिनु पर्ने र बढी हुनआएको रु.१०९।१२ मोही अम्बरराज खतिवडाले फिर्ता लान पाउने ठहर्छ भन्ने निर्णय गरेकोले सो निर्णय त्रुटिपूर्ण भएकोले संविधानले २०१९ को धारा १०, ११ र १५ ले पदत्त गरेको हक र अधिकारमा आघात पुर्‍याएकोले सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पाउँ भन्ने रिट निवेदकको निवेदन जिकिर । ३. भू.सु.झापाले विपक्षी अम्बरराज खतिवडा प्रतिउत्तरमा अंश फरक पारी व्यहोरा झुठ्ठा देखाई कूत नगदमा परिणत गरी राखिएको भनिएको धरौटीलाई मुख्य आधार बनाई जग्गाधनीले कानुन बमोजिम किसिम अनुसारको कति कूत पाउने हो, सो कुरालाई मूल्याङ्कन तथा विवेचना नगरी विपक्षी मोहीलाई मोहियानी हकबाट निष्कासन गर्नुपर्ने हो वा होइन त्यसतर्फ केही नबोली सबूद प्रमाणको आधार बेगर हचुवा रुपमा मोहीले देखाएको धरौटी मध्ये पनि कम रकम जग्गाधनीले बुझी लिनु पर्ने गरी मनोगत निर्णय गरेको हो । मिति ०४२।३।१६ मा गरेको रु.३,७०३।८८ बुझी लिनु पर्ने निर्णयले भू.सु.ऐन, २०२१ को दफा ३३ का साथै राजपत्रमा प्रकाशित सूचना र प्रमाण ऐनको २०३१ को दफा ३ को उल्लंघन गरेकोले दैवी परी बाली नाश भएमा वा उब्जाउ हुन नसके बाहेक मोहीले जग्गाधनीलाई कानुनले निर्धारण गरेको कूत बुझाउनु प्रमुख दायित्व भएकोले मोही अम्बरराजले कुनै कारण नदेखाई घटी पारी कूत बुझाउने प्रयासलाई उक्त रकम बुझी लिन पर्ने भन्ने हचुवा निर्णय त्रुटिपूर्ण भएको भन्ने निवेदकको जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश । ५. ०४१ सालको कूत नदिएकोले दिलाई भराई मोही हकबाट समेत निष्कासन गरी पाउँ भनी निवेदकको निवेदन परी मोही अम्बरराजसंग बुझ्दा गा.पं.मा धरौट राखेको र साझा संस्था चन्द्रगढी बुझी