निर्णय नं. २९०४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९०४ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/०८/२६ २३२८ निर्णय नं. २९०४ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको रि.नं. १८७० आदेश भएको मिति : २०४३।८।२६।५ मा निवेदक : ओखलढुड्डा जिल्ला कुन्तादेवी गा.पं.वार्ड नं. ४ गहने गाउँ बस्ने नरबहादुर राई विरुद्ध विपक्षी : सोलुखुम्बू जिल्ला नेचावतासे गाउँ पञ्चायत स्थित श्री हिमालय दर्शन माध्यमिक विद्यालयका प्रधानाध्यापक हुतराज बस्नेतसमेत विषय : उत्प्रेषण (१) लिखत सही निवेदकको हो होइन भनी सद्दे किर्ते रिट क्षेत्रबाट छुट्याउन नमिल्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ : २. म निवेदक नरबहादुर राईलाई जिल्ला कार्यालय शिक्षा शाखा सोलुखुम्बुको मिति ०३१।५।१७ को पत्रबाट नि.मा.वि.को शिक्षकमा अस्थायी नियुक्त गरियो । म निवेदकले दक्ष तथा इमान्दारीका साथ कार्य कुशलता पूर्वक काम गरी आएको पुष्टि मिति ०३२।१।२७ को म्याद थपको पत्र जसबाट मलाई स्थायी गरिएको ०३९।१०।१३ को प्रत्यर्थी १ नं.को पत्रबाट मलाई मा.वि.स्तरको शिक्षक बनाइएको कुराहरू तथा मेरो व्यक्तिगत अभिलेख समेतबाट पुष्टि हुन्छ । ३. प्रत्यर्थी १ नं.विद्यालयको सञ्चालक समितिको स्वतः पदेन सदस्य–सचिव हुन् । निजले पद अनुकूलको आचरण नगरेको र विद्यालयमा गुटबन्दी र दुराषित राजनैतिक वातावरण फैलाई रहेका थिए । विद्यालयको सम्पत्ति सम्बन्धी धाँधली र असुरक्षित समेत निजले गरेकोमा म निवेदक लगायत अन्य शिक्षकहरूले बारम्बार यसो नगर्नुस् भनी अनुरोध गरेका थियौं । त्यसैलाई रिस साध्न विपक्षी १ नं.ले हाम्रो कार्यलाई गलत रुपले पेश गर्ने हामी विरुद्ध झुठ्ठा प्रचार गर्ने कार्य शुरु गरे । उक्त सम्बन्धमा हामीले मिति २०४१।६।२८ मा सञ्चालक समितिका अध्यक्षज्यू समक्ष निवेदन पनि गरेका थियौं । ४. यस्तो अवस्थामा एक्कासी मिति २०४१।७।५ मा म निवेदकलाई राजीनामा स्वीकृत गरिएको जानकारी दिएको बारे भनी पत्र प्रत्यर्थी नं. १ ले दिनु भयो । म निवेदकले राजीनामा दिएको छैन म समेत भई मिति २०४१।६।२८ मा निवेदनसम्म दिएका छौं । मिति ०४१।७।१ मा वि.सं.स. ले राजीनामा स्वीकृत गरेको भनी मलाई पत्र दिनु सरासर अन्यायपूर्ण छ । उक्त पत्रमा मिति ०४१।६।२८ र २९ गते विद्यालयमा भएको जुलुस समेतमा मेरो संलग्नता भएको भनी अर्को झुठ्ठा आरोप लगाई निन्दा गरेको भन्ने बोली पनि छ । मेरो संलग्नता उक्त जुलुसमा छैन । मेरो संलग्नता जुलुसमा भएको भए शिक्षा नियमावली अनुरुप म उपर कारवाही गर्नु पर्ने । एकातिर जुलुसमा संलग्नता भन्ने तर सो तर्फ कारवाही नगरी राजीनामा स्वीकृत गरेको भनी अर्कै तर्फ कुरा मोडी हामीले सफाइको सबूद पेश गर्ला भन्ने डरले प्रत्यर्थी नं. १–२ ले त्यस्तो दुराशयपूर्ण कार्य गरेको प्रष्ट छ । ५. म समेत भई राजीनामा दिएको छैन, त्यो कस्तो राजीनामा हो लेखी सुन्ने अवसर मलाई प्रत्यर्थीहरूले दिनु पर्ने थियो । सर्वप्रथम राजीनामा दिएको हो होइन निरोपण गर्न त्यस्तोले लेख्नेलाई बोलाई यसै सिद्धान्तलाई अंगाली अ.बं.७८ नं. अनुरुप कागज देखाई बयान गराउने र अ.बं.९०, ९१ अनुरुप सनाखत गराउने प्रावधान कानुनले गरेको हो । राजीनामा स्वीकृत गरेको प्रतिलिप