निर्णय नं. १३२४ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३२४ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: बैशाख अंक: १ फैसला मिति :२०३७/०१/१२ २२९९ निर्णय नं. १३२४ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३६ सालको रिट नम्बर ७८७ आदेश भएको मिति : ०३७।१।१२।५ मा निवेदक : का.जि.न.पं.वडा नं. १४ बस्ने रत्नमाया भन्ने लन्तमाया प्रजापती विरूद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत डिल्लीबजार समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) गुठी संस्थान अन्तर्गत गुठीको लगतमा दर्ता भएको जग्गा दर्तावाला मोहीद्वारा समेत किनबेच हुनसक्ने स्थितिमा दर्तावाला मोहीकै हक सिर्जना भएकोमा लिलाम हुनसक्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा वा पूर्जि जारी गरी मिति ०३५।११।२७ को लिलाम बदर गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै मिति २०३६।५।७ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य यस प्रकारका रहेछन् : २. लेनदेन मुद्दामा का.जि.अ.का ०३४।९।२१ का फैसलाले प्रतिवादी निवेदिकाबाट वादी विपक्षी कृष्णकुमारी महर्जनीले भरी पाउने ठहरेको बिगो रु.१४,०२७।५० को कोर्टफी रु.५८९।०६ समेत जम्मा रु.१४,६१९।५६ मा निवेदिकाको हकभोगको कालीमाटी गा.पं.वडा नं. ८(क) कि.नं. ११ को लन्तमाया प्रजापती समेतका नाममा का.गु.त.मा ल.नं. १९ को दर्ता गुठी नं. ३४ मा दर्ता भएको जग्गामध्ये पूर्व पश्चिम लम्बाई फिट १५–६” उत्तर दक्षिण चौ.फिट २८.६” भएको ३ तल्ले टायल छाना र जस्ता छाना भएको दक्षिण मोहडाको घर बाहेक कि.नं. १० हाल कि.नं. १८९ को जग्गा कित्ता एक मात्र मिति २०३५।११।२७ मा काठमाडौं जिल्ला अदालतबाट भएको लिलाम बढाबढमा विपक्षी कृष्णमोहन रंजितकारले सबैभन्दा बढी रु.२५०५०।– बोल कबोल गरी लिलाम सकार गरेको रहेछ, र सो जग्गा चलन पाउन नसकेको भन्ने निज कृष्णमोहन रंजितकारको दरखास्त परेकोमा कृष्णमोहनलाई चलन छाडी दिनु होला भनी का.जि.अ.बाट निवेदिकाको नाममा १५ दिने जनाउ म्याद पठाएको ०३६।४।३ गते आएबाट आश्चर्यचकित भए कसैसँग रूपैयाँ पैसा सापटी लिई तिर्नुपर्ने कुनै छैन । म उपर लेनदेन मुद्दा चली फैसला तथा लिलाम भएको कुरा केही थाहा जानकारी थिएन के रहेछ भनी खोज तलास गर्दा विपक्षी कृष्णकुमारीले मबाट रु.१४०२७।५० भरी पाउने गरी एकतर्फी फैसला गराई सो बिगो र अन्य दस्तूर समेतमा उक्त जग्गा विपक्षी मध्येको कृष्णमोहन रंजितकारले रु.२५०५०।– मा कबूल गरेको भनी ०३५।११।२७ मा लिलाम गरिएको रहेछ । यसबारे म.क्षे.अ.मा निवेदन दिएकोमा पनि कानुन बमोजिम गर्नु भन्ने ०३६।४।२५ गते आदेश भई केही भएन भन्ने समेतका कुराको तथ्य र निम्न जिकिरसाथ प्रस्तुत रिट निवेदन दर्ता हुनआएको रहेछ । ३. उक्त लिलाम गर्दा मलाई कुनै जानकारी सूचना केही दिइएको छैन अ.बं.११० नं. विपरीत बीच–बीचमा अनियमितसँग काम काम कारवाही गरेको बुझिन्छ । यसरी सम्बन्धित व्यक्तिलाई सूचना नदिई लिलाम गर्नु प्राकृतिक न्याय सिद्धान्त विरूद्ध हो । गुठी संस्थान अधिनस्थ वा गुठी संस्था धनी भएको गुठी जग्गा लिलाम गर्दा गुठी संस्थानलाई खबर नगरी लिलाम गर्नु पनि गलत तथा प्राकृतिक न्याय सिद्धान्त विपरीत हो एउटाको लेनामा अरूको सम्पत्ति लिलाम बिक्री गर्नु पनि अनधिकृत हो । अर्को कुरा मेरो मोहियान