निर्णय नं. २९०६ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९०६ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/०८/१५ २२७७ निर्णय नं. २९०६ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रि.नं. १४९६ आदेश भएको मिति : २०४३।८।१५।१ मा निवेदक : जि.का.कारागार शाखा काठमाडौंमा थुनामा रहेको माधव श्रेष्ठ विरुद्ध विपक्षी : मा.मु.न्यायाधीश मध्यमाञ्चल क्षेत्रीय अदालत, तत्कालीन केन्द्रीय कारागार निरीक्षक प्रमुखसमेत विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने (१) एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सबभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ : २. वादी श्री ५ सरकार प्रतिवादी म भएको नकवजनी चोरी मुद्दामा का.जि.अ.का ०३९।२।६ का फैसला र ०३९।८।८ का लगतले जरिवाना रु.१,९५५।– र कैद १ महीना पहिलो, ऐ.ऐ.का फैसलाले जरिवाना ६७५ र कैद ४ महीना १५ दिन दोश्रोपटक, ऐ.ऐ.को फैसलाले जरिवाना रु.२,८७२।५० र कैद १ वर्ष ६ महीना चौथोपटक पारी चोरी गरेको र ऐ.का ०३९।५।२५ का फैसला र ०३९।८।६ का लगतले जरिवाना रु.३,०००।– कैद ९ महीना हुने भनी जम्मा रु.८,५०२।५० र जम्मा कैद २ वर्ष ८ महीना १५ दिन भएको र जरिवाना बापत चोरीको २८ नं. ले हुने कैद वर्ष ४ समेत जम्मा कैद वर्ष ६।८।१५ हुने हुँदा बन्दी मिति ०३७।६।१९ गते देखि हिरासतमा रहेको हुँदा २०४४।९।१५ मा छुटी जाने भन्ने कैद म्याद ठेकी राखेकोमा केन्द्रीय कारागार निरीक्षणको सिलसिलामा कैद ठेकिएको माधव श्रेष्ठलाई चोरीको १४ नं.ले कैद वर्ष २।९ हुन पर्नेमा म्यादी कैद २।८।१५ मात्र गर्ने गरेकोले र म्यादी कैद २।९ र जरिवाना बापत थप कैद वर्ष ४ गर्दा २०४४।३।१९ मा छुटी जानेमा कैद म्याद किन फरक परेको हो हेर्ने श्रेस्ता हेरी प्रतिवेदन पेश गर्नु भनी माननीय मुख्य न्यायाधीशज्यूका आदेशानुसार यस अदालतबाट प्रतिवेदन गर्दा ०४४।३।९ मा छुटी जाने भनी लेखिएको भनी सो बमोजिम कारागार, शाखा काठमाडौंलाई र मलाई लेखी पठाएको छ । विपक्षी जि.अ.बाट मलाई दिएको कैदी पुर्जीमा म उपर लगाइएको चोरी मुद्दामा कैद जोडी खापिएको छ । माननीय मुख्य न्यायाधीशज्यूले कारागार निरीक्षण गरी आदेश दिएकोमा पनि उक्त कैद जोडी खापिएको छ । एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको ठूलो हद छ सो ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी ठेक्नु पर्दछ भन्ने दण्ड सजायँको ४१ नं.को प्रष्ट कानुनी व्यवस्था भएको र जि.अ.बाट सो विपरीत सम्पूर्ण कलमको कैद जोडी कैद ठेकेको छ । का.जि.अ.का फैसलाले चौथोपटक कायम गरी १ वर्ष ६ महीना कैद तोकी सबैभन्दा ठूलो हद कायम भएको र जरिवाना बापत ४ वर्ष गरी ०४२।१२।१८ गते थुनाबाट मुक्त गर्नु पर्नेमा मलाई ०४४।३।३ सम्म बस्नु पर्ने भनी कैद तोकिई थुनामा राखेको गैरकानुनी हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनाबाट मुक्त गरी पाउँ भन्ने समेतको रिट निवेदन जिकिर । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाउने भन्ने समेतको यस अदालत स