निर्णय नं. २९०७ - करार बमोजिम साँवा ब्याज भराई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९०७ - करार बमोजिम साँवा ब्याज भराई पाउँ भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/०८/१९ २५६६ निर्णय नं. २९०७ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.नं. ७३७ फैसला भएको मिति : २०४३।८।१९।५ मा पुनरावेदक/वादी : का.न.पं.वडा नं.१० बानेश्वर महादेवस्थान विद्यासदन बस्ने प्रभा श्री अग्रवाल विरुद्ध विपक्षी/प्रतिवादी : का.न.पं.वा.नं.२५ मखन गल्ली हिल भ्यू होटल बस्ने सुरजमान शर्मासमेत विषय : करार बमोजिम साँवा ब्याज भराई पाउँ (१) सम्बन्धित विशेषज्ञले प्रष्टरुपमा राय व्यक्त गरी सकेकोलाई अदालतले अन्यथा सम्झने स्थिति नरहने । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतीकाजी स्थापित फैसला न्या.पृथ्वीबहादुर सिंह : म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ : २. मिति २०३५।२।९ को लिखत अनुसार मिति ०३५।९।१७ देखि मासिक बहाल रु.८,५००।– ३१ मई १९८० भित्र बुझाउनु पर्नेमा ताकेता गर्दा पनि नबुझाएको सम्झौता बमोजिम मेरो सामानको मुल्य रु.१,००,०००।– सो को ०३४।१०।१५ गते देखिको ०३७।४।१४ गते सम्मको २ वर्ष ५ महीना २७ दिनको ब्याज मासिक सयकडा १ को दरले रु.२९,८६७।– बहालमा रु.४,०००।– फेब्रुअरी १९७८ देखि ३१ मई १९८० सम्म २ वर्ष ४ महीनाको रु.१,१२,०००।– एवं सो को मार्च १९७८ देखिको ३१ मई १९८० सम्मको २ वर्ष ३ महीनाको ब्याज मासिक रु.२।– को दरले रु.३०,२४० समेत जम्मा साँवा ब्याज समेत जम्मा साँवा ब्याज बहाल ब्याज सम्पूर्ण मिलाउँदा रु.२,७२,१०७।– र सो नबुझाए सम्मको अरु ब्याज पनि शर्त अनुसार उल्लिखित क्षतिपूर्ति दिनको रु.२००।– का दरले समेत १ जुन १९८० तदनुसार ०३७।२।१९ देखि घरबाट नउठुञ्जेलसम्म रतनलालबाट दिलाई भराई पाउँ र सम्झौता बमोजिम शर्तको पालना रतनलालबाट गर्न गराउन सुरजमान जमानत बस्नु भएकोले रतनलालबाट नउठेकोमा सुरजमानबाट उठाई दिन लगाई भराई पाउँ भन्ने समेत व्यहोराको प्रभा श्री अग्रवालको फिरादपत्र । ३. वादीसंग मेरो कुनै करार भएको छैन । वादी दावी करार सम्बन्धी ऐन, ०२३ को दफा २, ४ को विरुद्ध छ । वादीले उल्लेख गरेको मिति ०३५।२।९ को लिखत प्रमाण खण्ड कागजातहरू अ.बं.७८ अनुसार देखाएका बखत बयान गर्नेछु भन्ने समेत रतनलालको प्रतिउत्तर । ४. वादी दावी अनुसार ०३५।२।९ मा रतनलालसंग शर्तनामा लिखत भएको र म जमानी बसेको छैन । वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.सु.रतनमानको प्रतिउत्तर । ५. लिखत नगरेको हुँदा लिखत कीर्ते हो भन्ने समेत प्रतिवादीको वारेसको बयान । ६. आपसमा मिली हस्ताक्षर गरेको कागज सद्दे हो भन्ने वादीको वारेसको बयान । ७. वादी दावी बमोजिम बहाल साँवा ब्याज क्षतिपूर्ति भराई पाउँ भन्ने समेत वादी दावी पुग्न सक्दैन, लिखत कीर्ते ठहर्छ भन्ने समेत का.जि.अ.को फैसला । ८. सो फैसला उपर म.क्षे.अ.मा वादीको पुनरावेदन परेकोमा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको का.जि.अ.को इन्साफ मनासिब छ भन्ने म.क्षे.अ.को फैसला । ९. म.क्षे.अ.को फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा लगाउको बहाल भराई पाउँ भन्ने मुद्दामा पुनरावेदन गर्दा अनुमति भएको आधारमा अनुमति प्रदान भ