निर्णय नं. १३२५ - डाँका ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३२५ - डाँका ज्यान भाग: २२ साल: २०३७ महिना: बैशाख अंक: १ फैसला मिति :२०३७/०१/०८ २५४३ निर्णय नं. १३२५ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३४ सालको फौजदारी पुनरावेदन नम्बर १५८ फैसला भएको मिति : ०३७।१।८।१ मा पुनरावेदक : अब्दुल अजीमको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी : जि. बाँके सोनपुर गा.पं.वार्ड नं. २ सोनबर्सा बस्ने दुलारे कुर्मी मुद्दा : डाँका ज्यान (१) शंकाको आधारमा डाँका खुन जस्तो अभियोगमा सजायको भागी बनाउन न्यायोचित नपर्ने। (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे फैसला न्या. बासुदेव शर्मा : १. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतका ०३४।८।७ का फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ । २. २०३१।१०।२ का रात अं.११।। बजेका समयमा मेरो बढवा मदभट्टिमा नमालुम कहाँको १४–१५ जना डाँकाहरू आई भट्टिको मुनिम अहिर समेतलाई कुटपिट गरी रक्सी बिक्री गरेको रूपैयाँ समेत बिगो रु.२३९०। का धनमाल लुटी भट्टिदेखि उत्तर पूर्वतर्फ भागी गएको र गाउँले समेत आई घाइते निज मुनिम जमिर महमदलाई अस्पतालमा दाखिल गरेको ०३१।१०।३ को रात मृत्यु भएकोले अपराधी पत्ता लगाई ऐन बमोजिम सजाय गरिपाउँ भन्ने समेत ०३१।१०।४।६ को अब्दुल अजिमको जाहेरी दरखास्त रहेछ । ३. डाँकाहरूले हानेको गोलीबाटै निज जमिर अहमद मरेछन् । दुलारेको रिसइवी बढ्दै गएको थियो । यो डाँकाबाट वारदात हुँदाका वखत दुलारे कुर्मीले पछ्यौरा ओढेको र कछाड लगाएको थियो । यो भट्टीमा बराबर आउने जाने मानिस हुँदा निजलाई राम्ररी चिने यसको साथमा डण्डा थियो र जमिरसँग लड्ने मध्यको एकजना दुलारे कुर्मी नै थियो अरू डाँकाहरू मैले नचिनेकोले खुलाउन सकिँदैन भन्ने नारदानन्द डाँकाको डरले निदाए जस्तै गरी सुती आँखा खोली हेर्दा दुलारे कुर्मीलाई चिने अरू डाँकाहरू मैले चिन्न सकिन भन्ने प्रेम दुलारी, दुलारे कुर्मीको हातमा लाठी थियो तर पछाडि पट्टि बन्दुक भिरी राखेको मैले देखेको थिएँ बन्दुक फायर गर्दा कसले गर्‍यो देख्न पाइन भन्ने मोहमद जहिर दुलारे कुर्मी डाँका गर्न आएको होला भन्ने हामीलाई पनि शंका लाग्छ भन्ने धेरै जसो र दुलारे कुर्मीलाई चिने जानेको पनि छैन । निज आयो आएन सो पनि खुलाउन सक्दिन भन्ने सुन्देर कुलिया अहेरनी समेतको सरजमीन मुचुल्का भएको रहेछ । ४. २०३१।१०।२ का रात म सोनबर्साको हनुमान दासको घरमा किर्तन भएकोले सो ठाँउमा छु मेरो गाउँबाट वारदात भएको भट्टी करीब १ माइल फरक पर्छ । मैले सो दिन रक्सी ल्याएको र उक्त वारदातमा गई डाँका गरी जमीर अहमदलाई गोली हानी मारेको हैन झुठ्ठा सरजमीन पोल गरेको हो भन्ने समेत प्रहरीमा र प्रहरी प्रतिवेदन दावी अनुसार डाँका खुन गरेको छैन भन्ने समेत दुलारे कुर्मीको अदालतमा भएको कागज बयान रहेछ । ५. डाँका गर्न आए मध्ये दुलारे कुर्मीलाई चिनेको किटानी गरी दिएको हुँदा निजले डाँका गरेको र निज समेत भई मुनिम जहिर अहमदलाई बन्दुकले हानी कर्तव्य गरी मारेको संकलित मिसिलबाट देखिन आउँछ सो हुँदा निजलाई चोरीका १४(४) मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) अनुसार कार्यवाही र सजाय हुन अनुरोध गर्दै मिति ०३१।१०।२८ मा प्रहरी प्रतिवेदन पेश भएको रहेछ । ६. ०३१।१०।२ का रात मेरो मदभट्टिमा डाँका वारदात खुन समेत भएको भट्टिमा काम गर्ने नारदानन्द र अरू गाउँका मानिसले भनेकाले जाहेर गरेको हुँ मौका घटन