निर्णय नं. २९०८ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९०८ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/१०/२९ २४२२ निर्णय नं. २९०८ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. २२८१ आदेश भएको मिति : २०४३।१०।२९ मा निवेदक : लक्ष्मी पाउरोटी भण्डार प्रा.लि.नागढुड्डा पोखराको अध्यक्ष, जि.कास्की, पोखरा न.पं.वा.नं.९ नागढुड्डा बस्ने गगनचन्द्र पालिखे विरुद्ध विपक्षी : श्री ५ को सरकार, अर्थ मन्त्रालय, कर विभाग लाजिम्पाट काठमाडौंसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) औ.व्य.ऐन, २०३० को दफा १४(२) मा यो ऐन प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरी यो ऐन प्रारम्भ हुँदाको बखत कुनै पनि सुविधा वा सहुलियत उपभोग गर्न नपाएको भए यसै ऐन बमोजिमको सहुलियत वा सुविधा उपभोग गर्न पाउनेछ भन्ने व्यवस्था भएको समेतले निवेदकको उद्योगले आयकर छूट सुविधा पाउने नै देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ : २. कम्पनी ऐन, २०२१ बमोजिम २०३६।१०।७।२ मा श्री ५ को सरकार उद्योग तथा वाणिज्य मन्त्रालय उद्योग विभाग, पश्चिमाञ्चल क्षे.का.पोखरामा रजिष्टर्ड भई आधुनिक मेशिन जडान भई मिति २०३८।४।१ देखि उत्पादन शुरु गरी कारोबार एवं सञ्चालन गर्ने यो निवेदक लक्ष्मी पाउरोटी भण्डार प्रा.लि. सानो उद्योग हो । मिति ०३८।४।१ देखि उत्पादन शुरु गरेको तथ्य उद्योग विभागको मिति ०४०।१।३० र अन्तःशुल्क कार्यालय पोखराको ०३९।११।३ को पत्रबाट स्पष्ट छ । रष्जिटर्ड हुनु पूर्व यसले प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अन्तर्गत श्री लक्ष्मीदेवी पालिखेका नाममा रजिष्टर्ड भई लक्ष्मी पाउरोटी भण्डारको नामबाट हातबाटै पाउरोटी उत्पादन गरी आएको हुँदा आधुनिक मेशीन जडान नभएको घरेलु तथा ग्रामीण उद्योगलाई तत्कालीन, औद्योगिक व्यवसाय ऐन, २०१८ को (२०२५ मा संशोधित) दफा ९(छ) को देहाय (क) ले आयकर मिनाहा नदिने व्यवस्था गरेको भए पनि औद्योगिक व्यवसाय ऐन, २०१८ खारेज भइसकेपछि औ.व्य.ऐन, २०३० लागू रहेको अवस्थामा कम्पनी ऐन, २०२१ अन्तर्गत अनुमति प्राप्त गरी स्थापना भई आधुनिक मेशिन जडान गरी ०३८।४।१ देखि उत्पादन शुरु गरेको यस उद्योगलाई औ.व्य.ऐन, २०३० ले संरक्षण सुविधा तथा सहूलियत प्रदान गरेको हुँदा सो अनुसार आयकर छूट दिलाई पाउँ भनी ०३९।११।१ मा उ.वि.प.क्षे.का.पोखरा र ०४१।१०।३ मा उ.वि.मा.निवेदन चढाएकोमा ०३६।१०।७ मा प्रा.लि.मा परिणत भए पनि ०३०।८।१० देखि उत्पादन शुरु गरेको देखिने र त्यस समयमा औ.व्य.ऐन, २०१८ बहाल रहेकोले औ.व्य.ऐन, २०३८ लागू नहुने कुरा केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशले प्रष्ट गरेकोले औ.व्य.ऐन, २०१८ को संशोधित दफा ९(६)(क) अनुसार आयकर सुविधा नपाउने भन्ने ०४१।३।२।६ मा निर्णय भएको भनी श्री ५ को सरकारले उ.वि.लाई पत्र लेखी निवेदकलाई वोधार्थ दियो । ३. माथि लेखिए अनुसार औद्योधिक व्यवसाय ऐन, २०३० लागू रहेको अवस्थामा कम्पनी ऐन, २०२१ अन्तर्गत अनुमति प्राप्त गरी स्थापित भई ०३८।४।१ देखि उत्पादन शुरु गरेको, निवेदकको उद्योग सानो उद्योग भएकोले औ.व्य.ऐन, २०३० बमोजिम संरक्षण, सुविधा