निर्णय नं. २९०९ - उत्प्रेषणको आदेश वा अन्य आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९०९ - उत्प्रेषणको आदेश वा अन्य आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/११/०३ २४१० निर्णय नं. २९०९ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं. १८८९ आदेश भएको मिति : २०४३।११।३।१ मा निवेदक : जि.झापा शनिश्चरे गा.पं.वडा नं.२ बस्ने अमरदास नेपाल विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने जङ्गली चौधरीसमेत विषय : उत्प्रेषणको आदेश वा अन्य आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) एउटै जग्गा दुई पक्षले बिक्री वितरणमा पाउँ भनी आफ्नो आफ्नो सबूद प्रमाण पेश गरी निवेदन दिएपछि सो दुवै निवेदन साथै राखी दुबै पक्षको सबूद प्रमाणको मूल्यांकन गरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री हरि न्यौपाने विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की विद्वान अधिवक्ता वेदप्रसाद सिवाकोटी आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यसप्रकार रहेछ : २. म निवेदक जि. झापा शनिश्चरे गा.पं.वार्ड नं. २ को कि.नं.१६५ र कि.नं.७१ को समेत जम्मा ज.वि.०–१९–० मा २०३० सालदेखि जग्गाधनी संग कूत कबूलियत गरी सो जग्गामा घरबास गरी अवछिन्न रुपमा जोतभोग गर्दै आएको थिएँ । मैले उक्त जग्गामा बसोबास गर्दा पञ्चायत तथा जग्गा विकास कर समेत बुझाएको थिएँ । उपरोक्त जग्गा हदभन्दा बढी भएको कारणबाट जफत भएको भन्ने जानकारी पाएको पछि म निवेदकले विपक्षी समिति समक्ष बिभिन्न आफ्नो भएका सबूद प्रमाण संलग्न राखी मिति ०३६।५।३ मा निवेदन दिएको थिएँ । उक्त जग्गा साविक मोही महन्थी चौधरीले आफ्नो राजीखुसी साथ २०२३।१२।१४ मा पञ्चायत छोडपत्रको कागज गरी जोतभोग छाडी दिनु भएको थियो । तत्पश्चात उक्त जग्गा मैले नै अविछिन्न रुपमा जोतभोग र बसोबास गरी आएको थिएँ । यस्तो अवस्थामा उक्त जग्गाको साविक मोही हुँ भन्ने महन्थी चौधरीले ०४०।६।३ मा जग्गा वितरणमा मेरो नाउँमा गरी पाउँ भनी ०४०।६।३ मा निवेदन दिनु भएको र निजको मृत्यु पश्चात निजको छोराहरू विपक्षी जङ्गली चौधरी र लक्षु चौधरीले ०४१।७।२४ मा विपक्षी समितिमा निवेदन दिनु भएको थियो । यसरी मैले उक्त जग्गा मेरो हक, भोगचलनमा रहेको सम्बन्धित गा.पं.ले गरी दिएको सिफारिश पत्र जग्गाधनीले बाली बुझी गरी दिएको भर्पाई समेतको यथार्थ प्रमाण संलग्न राखी निवेदन गर्दा गर्दै पनि विपक्षी समितिबाट मेरो निवेदनको कार्यवाहीको सम्बन्धमा केही उल्लेख नै नगरी मलाई अ.बं.१३९ नं. बमोजिम बुझ्ने कामसम्म पनि नगरी मेरो प्रतिवाद गर्ने नैसर्गिक कानुनी हकबाट वञ्चित गरी साविक मोही महन्थी चौधरीको छोरा विपक्षी जङ्गली चौधरी र लक्षु चौधरीलाई बिक्री वितरणमा जग्गा दिने भनी विपक्षी समितिबाट भएको निर्णय गैरकानुनी हुनुका साथै सो निर्णयले मेरो संविधान प्रदत्त सम्पत्ति विषयक मौलिक हक अधिकार माथि आघात पुर्याएको हुँदा अन्य कानुनी उपचारको मार्ग विद्यमान नभएकोले आघातित हक संरक्षण र प्रचलन गराई माग्नको लागि सम्मानीत अदालतको शरण पर्न आएको छु । विपक्षी समितिको उक्त उक्त मिति ०४१।९।१९ को निर्णय र तत्सम्बन्धी कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी म निवेदकको निवेदन माग बमोजिम पुनः बिक्री वितरणको सम्बन्धमा निर्णय गरी दिनु भन्ने परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत व्यहो