निर्णय नं. १३२६ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३२६ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: बैशाख अंक: १ फैसला मिति :२०३७/०१/१० २३३४ निर्णय नं. १३२६ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नं. ८४८ आदेश भएको मिति : २०३७।१।१०।३ मा निवेदक : जि. बाँके नेपालगञ्ज न.पं.वार्ड नं. १५ सदरलैन बस्ने मंगलप्रसाद वैश्य विरूद्ध विपक्षी : श्री नेपालगञ्ज नगरपञ्चायत न्याय समिति समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) हक बेहकको प्रश्न उपस्थित हुनआएको विषयमा नगरपञ्चायत ऐन, २०१९ (संशोधन सहित) को दफा १७(ढ) तथा ४९(२) मा भएका व्यवस्था बमोजिम अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र कार्यवाही निर्णय गर्नुपर्नेमा सो नगरी निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी प्रधानपञ्च र न्याय समितिबाट गरेको निर्णय समेत बदर गराई पाउँ भन्ने समेतका कुराको माग गर्दै मिति ०३५।७।९।५ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदन सम्बन्धित संक्षिप्त तथ्य यस प्रकारको रहेछ । २. जलालुदिन सिद्धिकी घरको उत्तर सार्वजनिक सडक बाटो २४ फुट जति घेरी सो बाटो र मेरो निकासा समेत बन्द गरी नक्सा पास नगराई इजाजत समेत नदिई मलमूत्र राख्ने सेफ्टी टैंक बनाउन लाग्नुभएकोमा आमजनतालाई बाधा पर्न जाने भएको व्यहोरा अनुरोध भन्ने निवेदक मंगलप्रसादको निवेदन र समेत अ.स.ई. दलबहादुर शाहीको प्रतिवेदन परेको रहेछ । मैले बाटो घेरेको छैन २४ फुट बाटो भएको जग्गा सार्वजनिक होइन आफ्नो जग्गा हो सेफ्टी टैंक बनाउन लागेको छैन झुठ्ठा उजूर दिएको हो भन्ने समेत जलालुदिन सिद्धिको कागज र आफ्नै घर जग्गामा सेफ्टी टैंक बनाउने इजाजत पाउँ भन्ने समेत विपक्षी जलालुदिनको विपक्षी न.पं.मा निवेदन परेको रहेछ । अ.स.ई.दलबहादुर तथा मंगलप्रसाद समेतका निवेदनबाट जलालुदिनले सेफ्टी टैंक बनाउनको लागि देखिन आएकाले न.पं.ऐन, २०१९ को परिच्छेद ७ को दफा ४६ को उल्लंघन गरेको देखिन आएकोले ऐनको परिच्छेद ८ को दफा ५४ को (क) बमोजिम, निजलाई तजविजी रु.११ जरीवाना हुन्छ । जलालुदिनले बनाउन लागेको सेफ्टी टंैक निजको घरदेखि उत्तर ८ फुट बाटो छाडी बनाउन दिने ठहराई विपक्षी नगरपञ्चायतबाट ०३४।६।६ मा पर्चा भएको रहेछ । सो पर्चा उपर निवेदकको पुनरावेदन परेकोमा दावी जग्गा सार्वजनिक हो कि भन्नालाई दर्ता श्रेस्ता हेर्दा नं. ५१२ को जग्गा सफिक अहमद सिद्धिका नाउँमा दर्ता भएको देखिएको र निजले कार्यालयमा उपस्थित भई सो जग्गा जलालुदिनको पनि हक भएकोले निजले सेफ्टी टैंक बनाएमा मञ्जूर छ भनी कागज गरी दिएकोले सो जग्गा सार्वजनिक ठहर्दैन । इन्साफ शुरूको मनासिव भन्ने समेत विपक्षी नेपालगञ्ज न्याय समितिबाट ०३५।६।१५ मा फैसला भएको रहेछ । सो दुवै पर्चा फैसला बदर गराई माग्न प्रस्तुत रिट निवेदनपत्र पर्न आएको देखिन्छ । ३. प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त जिकिर यस प्रकारको रहेछ । ४. सर्वप्रथम सेफ्टी टैंक बनाउन थालेको भनेको जग्गा सार्वजनिक बाटो जग्गा हो भन्ने म र सार्वजनिक होइन आफ्नै जग्गा हो भन्ने विपक्षीको बयान भएपछि विवादग्रस्त जग्गा सार्वजनिक या विपक्षीको दर्ता के हो भनी हक बेहकमा ठहर गर्नुपर्ने स्थिति आएपछि नगरपञ्चायत ऐन, २०१९ को दफा १७(ढ) बमोजिम विपक्षी नगर