निर्णय नं. ४६८६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६८६ - कर्तव्य ज्यान भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०४९/१२/०४ ३२०४ निर्णय नं. – ४६८६ ने.का.प. २०५० (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य २०४७ सालको फौ.पु.नं. २६१ ऐ.को.फौ.सा.नं. ७८ फैसला मिति :– २०४९।१२।४।४ पुनरावेदक/प्रतिवादी: जि.कास्की घान्द्रुक गा.पं. वर्डा नं. ९ घर भै हाल कारागार शाखा काठमाडौंमा थुनामा रहेको जगन सिं राना मगर । विरुद्ध विपक्षी/वादी: जित वहादुर गुरुङ समेतको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रतिवादी: जि. कास्की घान्द्रुक गा.पं. वडा नं. ९ छुमरुङ घर भै हाल जि. का. कारागार शाखा स्याङजामा थुनामा रहेको जगत प्रसाद गुरुङ । मुद्दा : कर्तव्य ज्यान । (१) सामूहिक क्रियाको परिणामबाट कर्तव्य हुन्छ भने कसैले घटी वा कसैले बढी बल प्रयोग गरेको भत्रे आधारमा प्रतिवादीको भूमिका न्यून रहेको भनि सजायको मात्रामा घटी बढी हुन सक्ने होइन । वारदात सम्बन्धी सम्पूर्ण तथ्यबाट अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयान समर्थित भएको देखिएको स्थितिमा अदालतमा इन्कार रहेकोले मात्र अधिकार प्राप्त अधिकारी समक्ष स्वेच्छाले सावित भएको रहेनछ भत्र मिल्ने देखिन नआउने । (प्र.नं.४०) निवेदकको तर्फबाट: विद्वान अधिवक्ता श्री होमनाथ ढुङ्गान विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री मोहन बहादुर थपलिया फैसला न्या. अरविन्दनाथ आचार्य १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।३।४ को फैसला उपर प्रतिवादी जगन सिं राना मगरको पुनरावेदन परेको र प्रतिवादी जगत प्रसाद गुरुङको हकमा साधक सदरको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा फैसला यस प्रकार छ :– २. जर्मन नागरिक पा. पो.नं. इ ६७९५५१८ बाहक हर्मन म्युडिगर २३ मार्च १९८५ देखि अत्रपूर्ण वेशक्याम्पको एरियामा हराएकोले निजलाई खोजतलास गर्न नागर्जुन सेर्पा र लाकपा सेर्पालाई यस राजदुतावासबाट खोजतलास गर्न खटाइएको छ हराइरहेको व्यक्तिको पास पोर्ट छुमरुङ खोला स्थित होटल हिमचुल्किो मालिक संग छ निजको बरेमा केही खबर ल्याएका छन् अपराध भएको शंका हुँदा एक प्रहरी टोली अनुसन्धान गर्न त्यस तर्फ सेर्पाहरू साथ खटाई अनुसन्धान काठमाडौं स्थित इन्टरपोललाई जानकारी दिंदा यस एम्बेसीलाई चाहिने सहयोगहरू उपलब्ध गराई दिने कुराको आश्वासन समेत पाएको छ भत्रे समेत ब्यहोराको काठमाडौं स्थित जर्मन एम्बेसीको अंग्रेजी हरफको आरक ५११ को पत्र । ३. ह्र्मनम्युडीगर ०४१।१२।१० गते अत्रपूर्ण आधार क्याम्प तर्फ गएको फर्की नआएको हुँदा काठमाडौंबाट आएका वाकपा जेल सेर्पा समेतलाई प्रहरी साथ पठाएको छ । हिमचुली होटलमा पासपोर्ट राखेको र सिलपिङ ब्याग लगेको र साहिला गुरुङसँग छ भत्रे बुझिएको हुँदा सो समेत बुझी निजलाई यस कार्यालयमा ल्याउनु भत्रे समेतको प्रहरी चौकी घान्द्रुकलाई लेखेको पत्र । ४. जर्मन नागरिक हर्मनम्युडीगरको खोज तलासको लागि खटी जाँदा छुमरुङ होटल हिमचुलीमा ०४१।१२।१२ गते निज जर्मन पुगी क्याप्टेन थमस गुरुङलाई भेटी मेरो सिलपिङ ब्याग पातलो छ अत्रपूर्ण बेस क्याम्प जान्छु भनी एउटा सिलपिङ ब्याग म्युडीगरले लिई गएका रहेछन् । सोही घान्द्रुक गा.पं. वडा नं. ९ मा पर्ने बम्बु जंगल भित्र बम्बु लज रहेको सोही लजमा काम गर्ने साहिँला भत्रे केटाले बम्बु खोलामा सिलपिङ ब्याग एउटा भेटिएको बुझिएकोले एम्वेसीबाट आएका सेर्पाहरूलाई सोध्दा सिलपिङ ब्याग यही भनेका हुँदा सोही जंगलमा खोजतलास गर्दा बम्बु लज देखि २५ गज पूर