निर्णय नं. १३२७ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३२७ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/११/१० २२२७ निर्णय नं. १३२७ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको रिट नं. ११६५ आदेश भएको मिति : २०३६।११।१०।६ मा निवेदक : जिल्ला सिरहा असनपुर गा.पं.वडा नं. ६ बस्ने मनेलाल साहु विरूद्ध विपक्षी : जिल्ला भूमिसुधार कार्यालय सिरहा समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) विवादको जग्गा मोही भई कमाएको निस्सा प्रमाण पेश दाखिल भएको नदेखिएको, वारेसले सनाखत गरी दिएको आधारमा मात्र मोही कायम गरेको देखिन्छ । तसर्थ प्रमाणको अभावमा गरेको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विद्वान अधिवक्ता श्री केदारचरण राय आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी कार्यालयको मिति २०३५।१०।१७।४ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३५।१२।१६।५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : मनेलाल साहुका नाममा दर्ता रहेको गा.पं.असनपुर वडा नं. ९ को कि.नं. १४९ को ०–१७–८ मध्ये पूर्व उत्तर कोणबाट ०–४–१० कि.नं. १३२ को १–१–१३ मध्ये उत्तरतर्फबाट ०–४–० जग्गाको मोही हकको प्रमाणपत्र पाउँ भनी २०३१ साल बारे ०३३ सालको बाली बुझेको भर्पाई साथ राखी भू.सु.कार्यालय सिरहामा निवेदकले दर्ता गराएको रहेछन् । प्रतिवादीका नाममा म्याद जारी गरी म्यादैभित्र प्रतिवादी आई इन्कारी बयान गरेको तर मुद्दा फछ््र्यौट टोली मु.असनपुरमा वादीले वादी दावीको जग्गा ०३४ सालमा जोतेका हुन् भनी निवेदनमा कागज गरी दिएका रहेछन् । वादी दावी बमोजिमको जग्गा ०३४ सालदेखि जोतेको र गरी आएका छन् भनी निवेदनमा सनाखत समेत गरी दिएको देखिँदा गा.पं.असनपुर वार्ड नं. ९ को कि.नं. १४९ को जग्गामध्ये पूर्व उत्तरबाट ०–४–१० कि.नं. १३२ मध्ये उत्तरतर्फबाट ०–४–० जग्गाको वादीका नाममा मोहीको प्रमाणपत्र बनाई दिने ठहर्छ भन्ने समेत विपक्षी कार्यालयले निर्णय गरेको रहेछ । ३. कुनै जग्गाधनीको जग्गामा मोही कायम गर्न विभिन्न ऐनको दफा २५ मा दुइटा अवस्थाहरू वर्णित छ । ४. ऐनको दफा २५(१) अन्तर्गत ऐन लागू भएको अवस्थामा कसैले कसैको लागि मोहीको हैसियतले जोतेको रहेछ भने नियमावलीको नियम ३(२) अन्तर्गत १ नं. अनुसूचीको ढाँचामा मोही लगत भरी ऐनको नियम छ अन्तर्गत २ नं. अनुसूचीको ढाँचामा प्रकाशित भएको र नियम ७(१) अन्तर्गतको म्यादभित्रै जग्गाधनीको उजूर नपरेपछि नियम ९ अन्तर्गत ४ नं. अनुसूचीको ढाँचामा जो.अ.नि.पाएको हुनुपर्छ । दोस्रो अवस्था ऐनको दफा २५(२) अन्तर्गतको छ । त्यस अन्तर्गत कुनै जग्गाधनीले ऐनको दफा ३४ (१) अनुसार दोहोरो कबूलियत गरी एक एक प्रति लिए दिएको हुनुपर्ने र एक प्रति स्थानीय पञ्चायतमा दाखिल गरेको तथा ऐनको दफा २६(१) को प्रतिबन्धात्मक वाक्यांशको देहाय (ख) अन्तर्गत तोकिएको अधिकारी भू.सु.अ.लाई जग्गा मोहीमा जोत्न दिए लिएको कुराको सूचना एक महीनाभित्र दिएको हुनुपर्छ । तर उल्लिखित कानुनी व्यवस्थाहरू अन्तर्गत नं. त.प्रतिरक्षीले १ नं. मोही लगत भरेको नं. २ अनुसूची प्रकाशित भएको र नं. त.४ नं. जो.त.अ.नि.पाएको छ । तसर्थ ऐनको दफा २५(१) अन्तर्गतको मोही भएको भन्ने कुराको पुष्टि हुनसक्ने प्रश्न न