निर्णय नं. २९११ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९११ - उत्प्रेषण समेत भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/११/०४ २२३० निर्णय नं. २९११ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रिट नं. २६०२ आदेश भएको मिति : २०४३।११।४ मा निवेदक : भ.पु.जि.बालकुमारी गा.पं.वार्ड नं. १बस्ने लक्ष्मीनारायण न्हुछे श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने तुयसिं फसि श्रेष्ठसमेत विषय : उत्प्रेषण समेत (१) बाली भराई मोहीबाट निष्कासन गरी पाउँ भन्ने निवेदकको उजूरी परेपछि कूत बुझाउन मन्जूर भएको कुरालाई आधार लिएको देखिँदा यस्तो आधारलाई न्यायिक आधार मान्न मिलेन मोही निष्कासन गर्दा अन्य मोहीमा नराम्रो प्रभाव पर्न जाने भनी उल्लेख गरेको आधार पनि न्यायिक एवं कानुनी नभई हचुवा किसिमको देखिने । (प्रकरण नं. ९) विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह उल्लिखित मुद्दा : ने.का.प. २०४२, नि.नं.२४२८ पृ. ६६५ मा प्रकाशित दीपराज आड्डदम्बे निवेदक र भू.सु.का.झापा समेत विपक्षी भएको रिट निवेदनमा यस अदालतबाट सिद्धान्त प्रतिपादित आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ : २. मेरा नाउँ दर्ताको दधिकोट गा.पं.वाड नं. ८(ख) कि.नं.१८५५ को रोपनी १–५–० को ०३७ र ०३८ गरी २ सालको धानबाली बुझाउन नल्याएकोले भू.सु.का.मा फिराद गर्दा ०३९।११।६ मा एकपटकलाई निष्कासन नगर्ने र बाली मात्र भराउने निर्णय भएकोले मलाई चित्त नबुझी सम्मानीत अदालतमा रिट निवेदन गर्दा कारण नै नदेखाई जग्गाधनीलाई बालीमात्र भराउने गरेको निर्णय बदर गरी पुनः कानुन बमोजिम निर्णय गर्नु भनी फिर्ता पठाएकोमा ०४३।२।१९ का दिन कसैलाई रोहवरमा नराखी आफैंले स.अ.को सिद्धान्त उल्लेख गर्ने र आफैंले कानुन अनुसार नगर्ने, कानुन अनुसार गरेमा मोहीलाई नराम्रो प्रभाव पर्छ भनी निर्णय गर्नु अ.बं.१८४(क) अनुसार त्रुटिपूर्ण निर्णय हो । बैशाखको बिस्केट जात्रामा मैले बाली लिन आउँला भनी भनेको भन्ने मौखिक कुरालाई प्रमाणमा लिई निर्णय गरेको स्वतः बदरभागी छ । कानुनी हकलाई वञ्चित गराई मोहीलाई प्रश्चय दिई मोही निष्कासन गर्दा अन्य मोहीलाई नराम्रो प्रभाव पर्ने हुँदा मोही निष्कासन नगर्ने भनी निर्णय फैसला गरेको कानुनी आधार नहुँदा मेरो हनन् भएको हक संरक्षण गरी मोहीलाई जग्गाबाट निष्कासन गरी पाउँ भन्ने समेतको रिट निवेदन जिकिर । ३. विपक्षीबाट लिखितजवाफ मगाउने भन्ने समेतको यस अदालत सिंगलबेञ्चको आदेश । ४. यस कार्यालयबाट मिति ०४३।२।१९ मा भएको निर्णय कार्यक्षेत्र भित्र रही गरेको र न्यायिक पूर्ण हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेतको भू.सु.का.भक्तपुरको लिखितजवाफ । ५. भू.सं.ऐनको दफा २९(१) मा मोहीले कूत नबुझाएमा मोही निष्काशन गर्न आदेश दिन सकिने हो निष्कासन हुने बाध्यात्मक व्यवस्था छैन । भू.सु.का.भक्तपुरबाट ०४३।२।१९ मा भएको निर्णय कानुन बमोजिम अधिकार प्राप्त व्यक्तिबाट कानुनमा निर्धारित तरिका तथा प्रतिपादित नजीरको आधारमा भएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेतको तुईसिं फसी श्रेष्ठको लिखितजवाफ । ६. नियम बमोजिम दैनिक कजलिष्टमा चढी आज यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदन सहितको सक्कलै फायल अध्ययन गरी विपक्षी कार्यालयका तर्फबाट खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंहले गर्नुभएको बहस स