निर्णय नं. १३२८ - उत्प्रेषण लगायतको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३२८ - उत्प्रेषण लगायतको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/१०/२२ २७७८ निर्णय नं. १३२८ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३५ सालको रिट नं. ११७६ आदेश भएको मिति : २०३६।१०।२२।३ मा निवेदिका : भ.पु.जि. छार्लिङ गा.पं. वडा नं. १ बस्ने बुद्धकुमारी पुरी विरूद्ध विपक्षी : ऐ ऐ. ऐ. पिखेल बस्ने प्रेमबहादुर खत्री समेत विषय : उत्प्रेषण लगायतको आदेश जारी गरिपाउं (१) न्यायिक तथा अर्धन्यायिक अधिकारीले आफ्नो तजबिजको प्रयोग गर्दा सो निर्णयमा मनासिव माफिकको कारण उल्लेख गरेको हुनुपर्छ त्यसको अभावमा गरेको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. ८) विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. बासुदेव शर्मा : विपक्षी शाखाबाट ०३५।५।१५ मा भएको फैसला बदर गराई माग्न नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।१२।२१।३ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य यस प्रकारको रहेछ : २. निवेदिकाका नाउँमा दर्ता भएको छालिङ गा.पं.वडा नं. १ कि.नं. २२७ को २–०–० जग्गाको ०३४ सालको बाली नदिएकोले विपक्षी प्रेमबहादुरबाट बाली भराई निष्कासन गरिपाउँ भन्ने वादी फिराद परेको रहेछ प्रतिवादी प्रेमबहादुरको नाउँमा तामेल भएको म्यादमा प्रतिउत्तर दर्ता गर्न नआई म्याद गुजारी बसेको रहेछ । विपक्षी भूमिसुधार शाखाबाट प्रतिवादीले कूत भूमिसम्बन्धी ऐन, २०२१ को दफा २३ अनुसार बुझाउनुपर्नेमा हाजिर नभई स्वीकार नै गरेको हुँदा आफ्नो गल्तीलाई एकपटक सुधार मौका दिन उचित हुने भएकोले मोही निष्कासन नहुने ठहर्छ भनी मिति ०३५।५।१५ मा निर्णय फैसला भएको रहेछ सो निर्णय फैसला बदर गराई माग्न प्रस्तुत रिट पर्न आएको छ । ३. संक्षिप्त जिकिर यस प्रकारको रहेछ : भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९ को कानुनको अर्थ दुनियाँलाई देखाई मात्र, भएका कानुन तोकी अधिकारी प्रशासकज्यूलाई मनोमानी अर्थ गरी इन्साफ गर्न पाउने कानुन हो सो कानुनको अर्थ मान्ने हामी भोकै मरिरहेका जग्गावालाले केही बुझ्न सकेन सो कानुन बमोजिम इन्साफ पाउँ भनी अनुरोध गर्दछु । ४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चका मिति ०३६।१।५।४ का आदेशानुसार विपक्षीद्वारा प्राप्त लिखितजवाफमा लिएका जिकिर यस प्रकारको रहेछन् : ५. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९(१) मा कूत बुझाएन भन्ने कुराको जग्गावालाले उजूरी दिएमा तोकिएको अधिकारीले मोहीलाई निष्कासनको आदेश दिन सक्नेछ भन्ने भई निष्कासन नै गर्नुपर्ने गरी व्यवस्था नभएको र एकपटक कूत दिन नसकेको कारणबाट जग्गाबाट निष्कासन गर्ने गरी निर्णय भएमा भूल सच्याउन मौका नपाउने भएकोले एकपटक भूल सच्याउन मौका रहनु उपर्युक्त हुने हुँदा निष्कासन नगरिएको र जग्गाधनीलाई पनि भू.सं.ऐन, २०२१ को दफा ३३ अनुसार पाउने कूत भराई दिने गरी दफा २९(३) अनुसार निर्णय भएको हुँदा ऐन नियम अन्तर्गत नै फैसला भएकोले बदर हुन नपर्ने व्यहोरा सादर अनुरोध गर्दछु भन्ने समेत भूमिसुधार अधिकारी भू.सु.शाखा भक्तपुर । ६. विपक्षीको रिट सर्वोच्च अदालत नियमावली, ०२१ को सामान्य नियम प्रतिकूल छ । भूमिसुधार अधिकारीले कानुनबमोजिम गरेको फैसला उपर अस्पष्ट र बेरीतको निवेदनबाट कुनै आदेश जारी हुनु नपर्ने हुँदा खारेज गरिपाउँ भन्ने समेत प्रेमबहादुर खत्री । ७. तारेखमा रहेका निवेदिका बुद्धकुमारी पुरीको वारेस भरत पुरी र विपक्षी प्रेमबहादुर खत्रीलाई