निर्णय नं. २९१२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९१२ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/११/०६ २२७९ निर्णय नं. २९१२ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको फौ.सा.नं. ७० फैसला भएको मिति : २०४३।११।६ मा वादी : सतन धोवीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : नेपालगञ्ज न.पं.वार्ड नं. १० बस्ने हरिराम धोवीसमेत मुद्दा : कर्तव्य ज्यान (१) अदालत समक्ष आएर कसूर गरेमा इन्कार रहे तापनि निजहरूको प्रहरीमा गरेको बयानमा उल्लिखित परिस्थिति र पोष्र्टमार्टम एवं जाँच मुचुल्काबाट लाशमा पाइएका लक्षणहरू मेल खान आएबाट उक्त बयान समर्थित भएको देखिन आयो । (प्रकरण नं. २४) (२) प्र.को भान्जी नाताको भएको साथै निजले अवैध गर्भ माइतमा बसी बोकेको कारण सो गर्भपतन गराई लोकलज्जाबाट बच्ना खातिर औषधी खुवाएको, सो औषधीबाट ज्यान मर्ला जस्तो लागि खुवाएको समेत मिसिलबाट नदेखिएकोले ज्यान मार्ने मनसाय प्रतिवादीहरूमा भएको नदेखिने । (प्रकरण नं. २४) फैसला न्या.पृथ्वीबहादुर सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर साधक निकाशाको लागि पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ : २. ०३६।८।१९ मा मेरो श्रीमती रामबच्चीलाई माइत ल्याई प्र.हरिराम र बाबुराम धोवी मिली म उपर सम्बन्ध विच्छेद मुद्दा दायर गराई रामबच्चीलाई ०३९।४।२५ मा बगियामा लगी माटो दिएको थाहा पाई जाहेर गरेको छु । कर्तव्य गरेमा शंका लाग्छ भन्ने समेतको जाहेरी दर्खास्त । ३. रामबच्चीको गर्भ खसाल्न मिति ०३९।४।२१ मा औषधी १ टिकिया र भोलिपल्ट १ टिकिया खुवाएकोमा २४ गतेसम्म रगत बगी २४ गते राती रामबच्चीको मृत्यु भएको भन्ने समेतको हरिराम धोवीको प्रहरीमा गरेको कागज । ४. साला हरिराम र स्वास्नी गुल्वी मिली रामबच्चीलाई मारेमा शंका लाग्छ भन्ने समेतको मृतकको बाबुको प्रहरी कागज । ५. भाइ हरिरामको चिनेको मान्छेले गर्भ खसाल्न औषधी ल्याई १ टिकिया २१ गते २२ गते १ टिकिया खाएकोमा २४ गते राती रामबच्चीको मृत्यु भयो भन्ने समेतको गुल्बी धोवीले प्रहरीमा गरेका कागज । ६. रामबच्ची हरिरामको घरमा विरामी भई मरेकी हुन् पेटमा गर्भ रहे नरहेको थाहा भएन भन्ने केही र रामबच्चीलाई कर्तव्य गरी मारेमा शंका लाग्छ भन्ने कृपाराम समेत भएको सरजमीन मुचुल्का । ७. रामबच्चीको सदगत गर्नसम्म गएका हौं अरु कुरा हामीलाई थाहा भएन भन्ने समेतको जानकीप्रसाद समेतका मलामीहरूको बयान कागज । ८. ५ दिनसम्म गाडेको लाश हुँदा मृत्युको कारण यकीन गर्न नसकिने भन्ने पोष्टमार्टस रिपोर्ट । ९. हरिराम धोवी तथा गुल्वी धोविनीलाई ज्यानसम्बन्धीको १३(२), मलामी गोपाल धोवी समेतलाई ज्यानसम्बन्धीको २, ५ नं.र ४ नं.एवं बाबुराम धोवीलाई द.स.को १२ नं.बमोजिम कारवाही भई सजायँ गरी पाउँ भन्ने प्रहरीको दावी भएको र प्र.बाबु धोवीलाई द.स.को १२ नं.बमोजिम समेत सजायँ हुनुपर्ने भन्ने स.स.अ.को राय भएको प्रहरी प्रतिवेदन । १०. पेट दर्दको कारण रामबच्चीको मृत्यु भएको हो । गर्भपतनको लागि टिकिया खाएको खुवाएको होइन भन्ने समेतको गुल्वी धोविनीको अदालतको भएको बयान । ११. रामबच्ची पेट दुखेर मरेकी हुन प्रहरीले कुटपिट गरी मलाई बयान गराएका हुन् भन्ने समेतको हरिराम धोवीको अदालतमा भएको बयान । १२. छोरीलाई कसैले मारेको मराएको होइन कालगतिले मरेकी हुन् भन्ने समेतको बाबुराम धोवीले अदालतमा गरेको बयान । १३. रामबच्ची कसरी मरिन् थाहा छैन, आगो दिन जान