निर्णय नं. २९१३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९१३ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/११/११ २३४५ निर्णय नं. २९१३ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ५९५ फैसला भएको मिति : २०४३।११।११।२ मा पुनरावेदकवादी : तुलजंग गुरुङको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षीप्रतिवादी : जि.लमजुड्ड पस गा.पं.वा.नं.६ बस्ने रामबहादुर गुरुङसमेत मुद्दा : कर्तव्य ज्यान (१) चस्मदिद साक्षी एवं ठोस सबुद प्रमाणको अभावमा लाश बरामद नभएको वा मरे बाँचेको स्पष्ट नभएको अवस्थामा ज्यान जस्तो गम्भीर अपराधमा सजायँ गर्नु न्याय एवं कानुनसंगत नहुने । (प्रकरण नं. २३) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की फैसला न्या.पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ : २. मिति ०३७ साल बैशाख २८ गते दिउँसो रामबहादुर र निजका भिनाजु शेरबहादुर गुरुङ जना २ भई म घरमा नभएको अवस्था मेरो घर धन पोखरामा आउँदा मेरी आमाले रामबहादुरलाई तिम्रो स्वास्नी लिएर बद्रीमान तिम्रो घरमा गएको छ । तिमी कहाँबाट आयौ भन्दा जेठी स्वास्नीलाई पार गर्न माइत गएको पार नगर्ने भएर आएँ भनी दुबै साला भेना पास गाउँमा जान्छौं भनी गए । बैशाख २९ गते ३ बजे तिर शेरबहादुरको हस्ताले रामबहादुरको नामबाट मेरो नाममा लेखेको पत्र पस गाउँका काजी गुरुङले लिएर आयो । राती बद्रीमान सुतेको, विहान उठी हेर्दा विछ्यौनामा नभएकोले हाल कता गए, ससुरालीबाट विदा नभई किन आउँथे । बिहान उठी कसै कहाँ गए होलान् पल्टनको मान्छे सबेरै उठ्छन्, यस गाउँमा होलान् खबर पठाई दिनु यहाँ घर छैन भनी पठाए, त्यसपछि कुनै खबर केही आएन, दाजु बद्रीमान र साङ दाजु शेरबहादुर रामबहादुर एकै ठाउँ सोही घरमा सुतेका रहेछन् दाजु हराएको थाहा पाई खोजी गर्दा दाजु बद्रीमान आफ्नो पल्टनमा हाजिर हुन गए भन्ने चिठ्ठी शेरबहादुर कहाँ गएको छ भनेकोले शेरबहादुर कहाँ गएर चिठ्ठी हेर्दा टि. ०२० द्वारा आत्महत्या गरे भन्ने लेखिएको रहेछ, सो चिठ्ठी बद्रीमानले लेखेको नभई शेरबहादुर आफूले लेखी पठाएको हो, यदि राती उठी अन्यत्र गएको भए साथको लाइट बत्ती लानु पर्ने नलगेकोले र भाउजु पञ्चकुमारीले खोजी गर्नु पर्ने खोजी नगरेकोले भाउजु पञ्चकुमारी, रामबहादुर, शेरबहादुर समेत जम्मा ३ भई दाजु बद्रीमानको लाश दबाई, छिपाई कर्तव्य गरी मारेका हुन् निजहरूलाई ज्यानसम्बन्धीको कारवाही गरी पाउँ भन्ने समेत तुलजंग गुरुङको जाहेरी दर्खास्त । ३. बद्रीमानसंग साडु दाजु साडु भाइको नाता छ, सम्बन्ध राम्रो थियो । हामी दुबै बीच कुनै रीसइवी छैन । मैले बद्रीमानलाई कर्तव्य गरी मारी लाश लुकाई छिपाई गुम पार्ने कारण छैन, बद्रीमान मरे, जीवित रहेको थाहा छैन भन्ने शेरबहादुरले प्रहरीमा गरेको कागज । ४. भिनाजु बद्रीमान ०३७।१।२८ गते मेरो घरमा सुत्नु भएको हो, भोलिपल्ट बिहान देखि हराएको साँचो हो जीउँदो छन् वा मरे भन्न सक्तिन, निजसंग मेरो केही रीसइवी छैन, निजहरूलाई मैले कर्तव्य गरी मारी लाश गुम पारेको छैन, अरुमा शंका लाग्दैन भन्ने समेत रामबहादुर गुरुङको प्रहरीमा कागज । ५. लोग्ने बद्रीमानसंग मेरो विवाह भएको १५ वर्ष जति भयो निजबाट १ छोरा १ छोरी भएका छन् । लोग्नेसंग कुनै कल झगडा भएको थिएन, जाहेरवालाको जाहेरी अनुसार अपराध गरेको छैन भन्ने समेत प्रहरीम