निर्णय नं. २९१४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९१४ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/११/२६ २५१२ निर्णय नं. २९१४ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४३ सालको रि.नं. २३५२ आदेश भएको मिति : २०४३।११।२६।१ मा रिट/निवेदक : भ.पु.न.पं.वार्ड नं. १तौलाछे टोल बस्ने न्हुच्छेकुमार प्रजापतीसमेत विरुद्ध विपक्षी : भ.पु.जि.सुडाल गा.पं.वा.नं.३ बस्ने रामबहादुर प्रजापतीसमेत विषय : उत्प्रेषण (१) दिने दाताले चित्त नबुझी धर्मपुत्रले शर्त पूरा नगरेमा त्यस्तो धर्मपुत्रलाई बदर गर्न पाउने लिखतको आधारमा धर्मपुत्रलाई छोरा सरहको मानी जग्गाधनीलाई समेत नबुझी कानुन विपरीत जोत नामसारी गर्ने गरी गरेको निर्णय अनधिकृत हुँदा उत्प्रेषणको आदेश द्वारा बदर हुने । (प्रकरण नं. ११) रिट/निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षीतर्फबाट : विद्वान सरकारी अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल उल्लिखित मुद्दा : १. सम्वत् ०४१ सालको रिट नं. २२२९ मा मिति ०४२।५।९ मा डिभिजनबेञ्चबाट सिद्धान्त प्रतिपादित २. ०४२ सालको रिट नं. २२५३ मा ०४३।४।१७।६ मा डिभिजनबेञ्चबाट निर्णय भएको ३. ०४३ सालको रि.फु.नं. ४३ निवेदक शेषप्रसाद कुर्मी विरुद्ध भू.सु.का.पर्सा भएको रिट निवेदनमा पूर्णइजलासबाट ०४३।११।१५ मा निर्णय भएको आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६ तथा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्नानुसार छ । २. हामी निवेदक समेत ६२ जवान गुठियारहरू भएको दुनिया गुठीका गुठियार मध्ये थकाली चन्द्रवीर कुमार प्रजापतीको नाउँमा दर्ता भ.पु.जि.सुडाल गा.पं.वा.नं.३(ङ) को कि.नं.१७ को क्षे.फ. ५–२–० जग्गाको जोताहा मोही माहिला प्रजापती जनिएको छ । सो गुठी जग्गाको दर्तावाला थकाली चन्द्रवीर कुमार प्रजापती परलोक हुनु भएपछि उक्त जग्गा हामी निवेदकको नाउँमा दर्ता गरी पाउँ भनी मालपोत कार्यालय भक्तपुरमा निवेदन परी कारवाही चली हामीहरूको नाउँमा नामसारी भई संयुक्त दर्ताको ज.ध.प्रमाणपूर्जा पाएका छौं । ३. विपक्षी रामबहादुरले सो जग्गाको मोही माहिला प्रजापतीले मलाई मिति २०४१।११।१४ मा धर्म पुत्र पास गरी दिएको निज माहिला प्रजापती २०४२।५।४ मा परलोक भएकोले सो मोहियानी हक नामसारी गरी पाउँ भन्ने निवेदन र रामबहादुर नाबालख भएको भन्दै निवेदकको बाबु कान्छा प्रजापतीले निवेदनमा सनाखत सही गरी मिति ०४२।६।७ मा निवेदन दर्ता गराएको र महेन्द्र सुडाल गा.पं.ले सिफारिश गरिदिएका रहेछन् । ४. भू.सु.का.भक्तपुरको शा.अ.ज्यूले उक्त जग्गाको दर्तावाला जग्गाधनीलाई बुझ्दै नबुझी कानुन व्यवस्था सम्बन्धी ऐन, २०१० को दफा २(क) बमोजिम पुत्र शब्दले धर्मपुत्र राख्न पाउनेले धर्मपुत्र राखेकोलाई समेत छोरा मान्न पर्ने भन्दै धर्मपुत्र राख्नेको आफ्नै सहोदर भाइ नै निवेदक रामबहादुर प्रजापतीको आफ्नै खास बाबु नै अभिभावक अर्थात् संरक्षक देखिएको मात्र नभई जग्गाधनीले अरुलाई पत्याउन मोहीको अरु कोही परिवार समेत नभएको र कूत बाली बुझाउनमा संरक्षक जिम्मेवारी हुने नै र उमेर पुगेपछि वादी निवेदक रामबहादुर प्रजापती स्वयं जिम्मेवारी हुने कुरामा विवाद नभएको समेत हुँदा गा.पं.को सिफारिशबाट पनि कमाई आएको होइन भन्न नमिल्ने हुँदा साविक मोही माहिला प्रजापतीको नाउँबाट उमेर नपुगेसम्म निज नाबालखको खास आफ्नै बाबु कान्छा प्रजापतीले