निर्णय नं. १३३० - उत्प्रेषणको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३३० - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/११/०९ २२९३ निर्णय नं. १३३० ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नं. ७६३ आदेश भएको मिति : २०३६।११।९।५ मा निवेदक : जिल्ला सर्लाही हेमपुर गा.पं.वार्ड नं. ९ बस्ने रिझन मण्डल धानुक विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय सर्लाहीका भूमिसुधार अधिकारी राम असिस समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) दुवै पक्ष मञ्जूर भई मुद्दा मिलापत्र गरी पाउने अधिकार प्राप्त अधिकारी समक्ष निवेदन दिई मिलापत्र भए गरेको कुरालाई बदर गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छतकुली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी मिति ०३५।११।२७ को मिलापत्र बदर गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै मिति २०३६।४।२२ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारका रहेछन् : २. निवेदकले हेमपुर गा.पं.वडा नं. ८ कि.नं. ७९ समेतका ४ कित्ता जग्गा जोती जग्गावाला महलमा गोकुल सिंह राजपुत भन्ने जनाई मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको रहेछ । उक्त जग्गाको मोही कायम गरिपाउँ भनी विपक्षी मुनेश्वर राय यादवको विपक्षी कार्यालयमा निवेदन परेकोमा निवेदकलाई झिकाई कार्यवाही हुँदा आखिर कि.नं. ८५ को –४– कठ्ठा जग्गा मात्र मोही हकमा निवेदक रिझनका नाममा कायम रही अरू बाँकी ४ कित्ता जग्गाको मोही लगत कट्टा गरी विपक्षी मेनेश्वरको नाममा मोही कायम गर्ने सम्पूर्ण रोक्का बालीको कूत बाहेक बाली रकम निवेदकले पाउने समेत गरी दुबै पक्षको संयुक्त दरखास्त अनुसार विपक्षी कार्यालयमा मिति २०३५।११।२७।१ मा मिलापत्र भएको रहेछ सो मिलापत्र गैरकानुनी हुँदा बदर गराई पाउँ भन्ने कुराको माग गर्दै प्रस्तुत रिट निवेदन पर्न आएको छ । ३. ऐनमा कुनै व्यहोराले जग्गा छाड्न छोडाउन परे मधेशको जग्गा फाल्गुण मसान्त देखि जेष्ठ मसान्तसम्म र अन्यत्रको जग्गा पौषदेखि चैत्र मसान्तसम्म छोड्न छोडाउन हुन्छ त्यसपछिलाई कुयाम ठहर्छ, भन्ने लेखिएको पाइन्छ, ऐनको दफा २६ अनुसार मोहीले जग्गा छाड्ने र सो छाडेको अवस्थामा जग्गाधनीले मोहियानीहरू ऐनको दफा २५ अनुसार आफ्नो नाममा सच्याउन लाउने बाहेक अन्य मोहीमा हस्तान्तरण गराउने क्रिया गर्न पाउने कुनै पनि अधिकार विपक्षी अधिकारीलाई छैन । गैरकानुनी तरीकाबाट सुरक्षित किसानको मोहियानी हक हत्याउन पाउने अधिकार विपक्षी मुनेश्वरलाई छैन र त्यस्तै विदेशी नागरिक विपक्षी रामबाबुलाई नेपाल अधिराज्यभित्रको जग्गाको आयस्ता खाने दर्ता गराउने समेत कुनै पनि प्रचलित कानुनले प्रदान गरेको छैन । ऐनको दफा २९ र ३१(क) को अधिकारक्षेत्रभित्र आफूलाई सीमाबद्ध नगरी खास जोताहा म निवेदकको मोहियानी हक छोडाउने काम कार्यवाही गर्ने अधिकार विपक्षी भू.सु.अधिकारीलाई छैन, विपक्षी मुनेश्वर गाउँको प्रधानपञ्च र धनी व्यक्ति हुन् निज अघिदेखि नै मेरो मोही हक छुटाउन तल्लीन रहनुभएका झगडीया हुन विपक्षी रामबाबु विदेशी हुँदा यसै जग्गाको सम्बन्धमा सरकार वादी मुद्दा चलाएकोमा सर्लाही मालपोत कार्यालयमा डायरै छ । मैले आजसम्म जोती आएको जग्गाको म