निर्णय नं. ४६८७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६८७ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०१/११ २६९२ निर्णय नं.– ४६८७ ने.का.प. २०५० (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको रि.नं.– ७२७, ७२८,७२९ आदेश मिति :– २०५०–१–११–६ निवेदक : का.जि.का.न.पा. वडा नं. १५ बस्ने प्रेम कुमारी लामा । :ऐ. ऐ. बस्ने दोर्जे लामा । :ऐ. ऐ. सानुमाया लामा । विरुद्ध विपक्षी : गुठी लगत तथा तहवील कार्यालय भद्रकाली । : गुठी संस्थान केन्द्रीय कार्यालय । विषय :– उत्प्रेषण । (१) जब कसैका नाउंमा दर्ता रहेको जग्गाका सम्बन्धमा विवाद उठाइन्छ भने त्यस्तो दर्तावालालाई पनि बिपक्षी बनाउनु पर्ने हुन्छ । प्रस्तुत रिट निवेदनमा श्री ५ को सरकारलाई विपक्षी बनाएको देखिन्न । तसर्थ यसरी बिपक्षी नबनाइएको श्री ५ को सरकारको नाउंमा भएको दर्ता विषयमा यस रिट निवेदनबाट केही बोल्न नमिल्ने । (प्र.नं. १०) (२) विवादित जग्गा गुठीको हो होइन भनी तथ्यको निरोपण तथा प्रमाणको मूल्यांकन गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने हुंदा रिट निवेदकहरूको जिकिर पुग्न नसक्ने । (प्र.नं.१०) निवेदिका तर्फबाट: विद्वान अधिवक्ता श्री रेबन्त बहादुर कुंवर आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. का.जि. स्वयम्भू स्थित गुठी संस्थान अधिनस्थ पुरानो स्वयंभु घ्याङ गुठी पाँडे फाँट र देउली भत्रे जग्गा लगतमा दर्ता रहेको साविक मोही सानु हासे लामाको नाउँमा घर १ सेर्मा २।३० र साविक मोहीहरू पसिंह भत्रे सरुप सिंह लामाको नाउँमा घर १ सेर्मा २।५० दर्ता रहेको सेर्मा तिरी भोगचलन गरी आएको जग्गा मध्ये सानु हासे मरी आधी पूर्व तर्फबाट निमा दोर्जेका नाउँमा दर्ता सरी निजको पनि स्वर्गे हुँदा म निवेदिकाको नाउँमा दर्ता सरी भोगचलन गरी आएको नापी हुँदा का.जि.स्वयंभू गा.पं. वडा नं.३(ख) कि. नं. १ क्षे. १–८–० कायम भई मोही महलमा बाँझो ज.ध. महल खाली रहेकोमा ज.ध.प्र.पु. पाउन २०४६।६।२ मा गुठी संस्थानमा दिएको निवेदन गुठी लगत तथा तहबील कार्यालयमा गई मालपोत कार्यालयमा बुझ्दा उक्त जग्गाको मोठ श्रेस्ता खारेज भई कैफियत नदेखिएको भत्रे ब्यहोरा आई तालुकदारले २०४६।१०।१२ मा साविक र हाल वालाको लगत २०४५।८।१२मा गु.सं.के.का. मा बुझाएको र उक्त कि.नं.१ क्षे. १–८–० मध्ये ०–१२–० प्रेम कुमारी र ०–१२–० दोर्जेका नाउँमा ०२१।२२ सालको नापीमा कायम गरेको समेत पत्र लेखि पठाएका । ३. सर्जमिनबाट उक्त जग्गाहरू हाम्रै दर्ताहक भोगमा रहेको भत्रे देखिएको उक्त जग्गा मालपोत कार्यालयको ०४६।८।७ को पत्रले श्री ५ को सरकारका नाउँमा दर्ता देखिंदा यस्ता रैंकर जग्गा गुठीमा दर्ता गर्न नमिल्ने भनी हामीलाई ०४७।३।१९ को पत्रसाथ जानकारी गराइयो । ४. पुरानो घ्याङ गुठीको दर्ता सर्दै आएको जग्गा क्षेत्रीय कितावमा पनि लेखिदैमा अन्यथा हुँदैन । उक्त गुठीको गुठियार तालुकी अष्ट बहादुरले ०४६।१२।३ मा गरी दिनु भएको कागज र ०४६।९।१८ को पत्रबाट पनि हाम्रो देखिएको उक्त जग्गा दर्ता नगरेको कानून विपरीत छ । सर्जमिनको वास्ता गरिएको छैन । गुठी जग्गा रैकरमा दर्ता भएको भए पनि गुठी संस्थान ऐन, २०३३ को दफा ३९ ले गुठीको जग्गामा दर्ता गर्नु पर्ने हो । बाझो पर्ति ऐलानी जे भए पनि गुठी संस्थानले बढीमा ७ वर्ष सम्मको कुत माफी गरी खास किसानलाई मोहियानीमा हाल आबाद गर्न दिन सक्छ । तसर्थ गुठी