निर्णय नं. २९१६ - परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९१६ - परमादेशको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/११/२८ २३३६ निर्णय नं. २९१६ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रि. नं. १५३८ आदेश भएको मिति : २०४३।११।२८।५ मा निवेदक : जि.बाग्लुङ् कालिका आदर्श गा.पं.वा.नं.२ बस्ने बाल्लुड्ड जि.अ.का.वि.बिदुरबहादुर मल्ल विरुद्ध विपक्षी : पश्चिमाञ्चल क्षेत्रीय अदालत, पोखरासमेत विषय : परमादेशको आदेश जारी गरिपाउँ (१) निजामती सेवाको कुनै पनि पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सो भन्दा माथिको एक शैक्षिक उपाधिको मात्र अंक दिइने छ भन्ने व्यवस्था मुताविक विचारी पदबाट डिठ्ठामा बढुवा गर्ने न्यूनतम शैक्षिक योग्यता पनि विचारी पदमा प्रवेश गर्न आवश्यक दशम् कक्षा उत्तीर्णलाई र सो भन्दा माथिको एक शैक्षिक उपाधि भित्र एस.एल.सी.लाई मान्नु पर्ने स्थिति देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुनिल अधिकारी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादर कार्की र विद्वान अधिवक्ता श्री जुक्तिजंग लामिछाने आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. बाग्लुङ् जि.अ.को विचारी पदमा सेवा गर्दै आएकोमा बढुवा समितिले १९९.८ प्राप्तांक भएको म निवेदकलाई पर्वत जि.अ.को रिक्त डिठ्ठा १ पदमा मिति ०४२।२।२७ गते बढुवा सिफारिश गरे उपर विपक्षी सुनुकुमारी भारीले बढुवा समितिको निर्णय बदर गरी पाउँ भनी प.क्षे.अ.मा उजूर गरेकोमा विपक्षी सुनु कुमारीले एस.एल.सी टेष्ट परीक्षा द्वितीय श्रेणीमा उर्तीण गरेको हुँदा नि.से.नि., २०२१ को परिच्छेद ३ नियम ३.५.६ (क) २ अनुसारको २६ अंक पाउने, निवेदक विदुरबहादुर मल्लले ३२ अंक पाउने ऐ.ऐ.(ख) बमोजिमको १४ अंक नपाउने भनी बढुवा समितिको सिफारिश बदर गर्ने निर्णय भयो । ३. नि.से.नि, २०२१ को परिच्छेद ३ नियम ३.५(६)(क) मा निजामती सेवाको कुनै पनि पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सो भन्दा माथिको एक शैक्षिक उपाधी बापतको मात्र अंक दिइने छ भन्ने स्पष्ट व्यवस्था छ र सोही नियमको (क)१ मा सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यता प्रथम श्रेणी, द्वितीय श्रेणी, तृतीय श्रेणी क्रमशः ४०, ३६, ३२ उल्लेख भएको सोही महलको कैफियतमा हाल बहाल रहेको पदमा नयाँ नियुक्ति गरिँदा आवश्यक पर्ने शैक्षिक योग्यतालाई सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यता मानिने छ भन्ने वाध्यात्मक व्यवस्था भएको र विचारी रा.प.अ.तृतीय श्रेणीलाई सेवा प्रवेशको निमित्त एस.एल.सी. टेष्ट परीक्षा उत्तीर्ण निर्धारण गरिएको हुँदा विपक्षीलाई उक्त नियमको (क)(२) बमोजिम झुठ्ठा लब्धांकपत्रको २६ अंक दिन मिल्दैन । म निवेदकले एस.एल.सी परीक्षा तृतीय श्रेणीमा उत्तीर्ण गरेको हुँदा उक्त नियमको (क)(१) बमोजिम ३२ अंक र ऐ.(ख) बमोजिमको १४ अंक पाउने निर्विवाद भएकोले नियम (ख) अनुसारको १४ अंक दिन नमिल्ने भन्ने निर्णय स्पष्ट त्रुटिपूर्ण हुँदा प.क्षे.अ.को त्यस्तो त्रुटिपूर्ण निर्णय बदर गरी पाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । ५. विदुरबहादुर मल्लले एस.एल.सी.तृतीय श्रेणीमा उत्तीर्ण गरेक