निर्णय नं. १३३२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३३२ - उत्प्रेषण भाग: २२ साल: २०३७ महिना: बैशाख अंक: १ फैसला मिति :२०३७/०१/१५ २२२५ निर्णय नं. १३३२ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको रिट नम्बर १००७ आदेश भएको मिति : २०३७।१।१५।१ मा निवेदक : कपिलवस्तु तिलौराकोट गा.पं.वडा नं. १ बस्ने भगवानी कुर्मीनी समेत विरूद्ध विपक्षी : ऐ बस्ने शिवराजी नाउनी समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) लोग्नेको देहान्त पछि मोही हुनलाई जग्गावालाले पत्याएको हुनुपर्ने । (प्रकरण नं. ९) आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी कार्यालयको ०३५।४।२०।६ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३५।९।१७।२ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : ज.ध.जै जै राम बढैको नाउँमा दर्ता रहेको कि.नं. ७२४, ७३९, ७४० र महन्तप्रसाद कुर्मीको स्वास्नी भगवानीदेवी कुर्मीनीको नाममा दर्ता रहेको गा.पं.गोवरी वा.नं. २(क) को कि.नं. ८०४ समेतको जग्गा मेरो लोग्ने छब्बा नाउँले मोहीमा जोती आएकोमा कि.नं. ७२४ मा मात्र मोही कायम भई प्रमाणपत्र पाएको, बाँकी कि.नं. ७३९।७४० मा मोही दर्ता भएन दर्ता गरी लोग्ने स्वर्गवास भएकोले मोही दर्ता गरी मोही नामसारी गरिपाउँ भनी वादीको निवेदन । ज.ध.को नाउँमा म्याद जारी गर्दा विपक्षीले कहिले पनि कुनै शर्तमा जग्गा जोतेको छैन । वादी शिवराजी नाउनीको छोरा भुन्नु नाउँले म भगवानी कुर्मीनीसँग रु.१७००१। बुझी निजको नाउँमा दर्ता रहेको ९–१७–४ जग्गा २०३१।९।१ मा घरसारमा राजीनामा गरी दिएको सो लिखत पारित गरिपाउँ भन्ने मुद्दा क.व.जि.अ.मा चलिरहेको, रिसइवीबाट उजूर दिएको हो कि.नं. ७४० को जग्गा बेकारु अहिरले जोतेको हो भनी भगवानी कुर्मीनी जै जै बढैसमेत जना २ को वा. बलरामप्रसाद कुर्मीको प्रतिउत्तरपत्र । वादीले दावी गरेको कित्ताको फिल्डबुक उतार मगाई हेर्दा कि.नं. ७३९ को किसानको महलमा वादी छब्बा नाउँ दर्ता देखिने कि.नं. ७४० को किसानको महलमा बेकरु अहिरको नाम दर्ता छ, कि.नं. ८०४ को किसानको महलमा कसैको नाउँ दर्ता छैन । उक्त कित्ताहरूको सम्बन्धमा सरजमीन मुचुल्काबाट देखिएकोले कि.नं. ७४० को किसानको महलमा बेकरु अहिरको नाम दर्ता देखिएकोले सो सम्बन्धमा केही गरिरहनु परेन । कि.नं. ७३९, ८०४ को जग्गा वादी छब्बा नाउँले प्राप्त गरेको मोहियानी हकको प्रमाणपत्रमा दर्तावाला छब्बा नाउँको नाउँ कट्टा गरी निजको स्वास्नी शिवराजी नाउनीको नाउँमा मोही नामसारी गरी दिने ठहर्छ, भन्ने समेत विपक्षी कार्यालयले निर्णय गरेको रहेछ । ३. कि.नं. ७३९ र ८०४ को फिल्डबुकको मोही महलमा छब्बाको नाउँ लेखिएको छैन । कि.नं. ७३९ को फिल्डबुकमा छब्बाको नाम लेखिएको छ भन्ने कुरा गलत छ । म जै जै रामले पाएको लालपूर्जामा छब्बाको नाम मोही महलमा छैन । कि.नं. ८०४ को फिल्डबुकको मोही महलमा छब्बाको नाम छैन । हाम्रो यो जग्गाको ४ नं. जो.अ नि. पनि छब्बाले पाएको होइन । २ नं. कहाँ र कहिले प्रकाशित भयो त्यसतर्फको सबूत प्रमाण नबुझी फैसला भएकोले अ.बं.को १८५।१८९ को विपरीत निर्णय हुँदा बदर भागी छ । ४. हामी छुट्टाछुट्टै जग्गाधनी उपर परेको एउटा उजूरीबाट कार्यवाही र निर्णय भएकोले अ.बं.को ७२ नं. को विपरीतको बदरभागी छ । ५. गा.पं.को सिफारिशमा नजोतेको जग्गामा कसैले मोहियानी हक प्राप्त गर्नसक्ने कानुन छैन । सरजमीनमा बक्ने मानिसहरूलाई भू.सु.का.मा नबु