निर्णय नं. २९१७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९१७ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/०८/२४ २७८४ निर्णय नं. २९१७ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी २०४१ सालको फौ.पु.नं. ६०७ फैसला भएको मिति : २०४३।८।२४।३ मा पुनरावेदक/वादी : पद्मबहादुर घर्तीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : अर्घाखाँची जि.ठाड गा.पं.वडा नं.३ भेंडामारा बस्ने पद्मबहादुर घर्ती मुद्दा : कर्तव्य ज्यान (१) प्रत्यक्ष र भरपर्दो प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर कसूरको अभियोगमा सजायँ गर्ने भरपर्दो प्रत्यक्ष प्रमाण वादीले पेश गर्न नसकेको अवस्थामा शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं. १६) पुनरावेदक/वादीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : वर्ष २७ को मानबहादुर थापा क्षेत्री जन्मै कान नसुन्ने, नबोल्ने लाटो ०३७।११।१५ गते आफ्नो घरबाट हिंडेको रहेछ खोज तलास गर्दा गर्दै ०३७।१२।१४ मा निजको आमा अकल कुमारीले ठाडा गा.पं.वार्ड नं. ३ उँखारी भन्ने जड्डलमा दाउरा खोज्न गएको अवस्थामा सोही जड्डलको चिलाउनेको रुखमा दाम्लाको पासो लगाई झुण्डिएको देखि निज अकल कुमारीले गाउँमा आई मानिसहरूलाई खबर गरी लाश कुरुवा राखेको र निज अकल कुमारी खुट्टाको घाउले गर्दा जाहेर गर्न आउन नसकेकोले काल कर्तव्य के ले मृत्यु भएको हो सो कुराको निरोपण गर्नका लागि मृतकको भिनाजु नाता पर्ने म पदमबहादुर घर्ती क्षेत्री जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । २. ठाडा गा.पं.वार्ड नं. ३ उखाडी भन्ने जड्डलमा पूर्व खोल्सो, तिलकाको रुख, दक्षिण र उत्तर सालका रुख यति ४ किल्ला भित्र रहेको चिलाउनेको रुखमा जमीन देखि २ हात माथि पटुकाको दाम्लो बाँधी घाँटीमा पासो लगाई पूर्व मोहडा पश्चिम पिठ्यू सम्पूर्ण शरीरको भागले जमीनमा अडेस लगाई मरेको लाश खुट्टा जमीनमा पसारेको मुख खुला दाँतहरू देखिएको हातको पंजा पैताला र टाउकोको केही छाला रहेको अन्य शरीरका छाला मासु नरही हड्डि मात्र देखिएको कपडा खोली नाड्डो रहेको लाश देखि केही टाढा कपडाहरू देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ३. झुण्याइएको व्यक्ति मेरो लाटो छोरा मानबहादुर हो भनी अकल कुमारी थापाले गरी दिएको सनाखत कागज । ४. मृतक मानबहादुर थापा क्षेत्री आफैं आत्महत्या गरी मरेको होइन । अन्य कसैले कर्तव्य गरी मार्नु पर्ने सम्मको कारण रिसईवी समेत नभएको र लाश प्रकृतिबाट कर्तव्य देखिएकोले नजिक घर हुने जाहेरवाला पदमबहादुरले समयमा जाहेर सम्म गर्न नगई २ महीना पछि मात्र जाहेर गरेको देखिएको हुँदा निज पदमबहादुरकै कर्तव्यबाट मृतक लाटो मानबहादुर मारिएको हुनुपर्दछ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ५. मेरा साला नाता पर्ने मानबहादुर मेरै घर नजिकै जड्डलमा मारी झुण्ड्याएको खबर सासू अकल कुमारीले देखे भनेबाट त्यहाँ गई हेरें र सासूको खुट्टा दुखेकोले तपाई जाहेर गर्न गई दिनुहोस् भनेकोले जाहेर गर्न गएको हुँ निज मृतक मानबहादुरलाई मैले कर्तव्य गरी मारेको छैन, मेरी श्रीमतीले कर्तव्य गरी झुण्ड्याएको भए मलाई थाहा छैन, म लाहुरे र व्यापारी समेतको भारी भोकी हिड्छु । म निर्दोष छु भन्ने समेत व्यहोराको पद्मबहादुर घर्ती क्षेत्रीको प्रहरीमा भएको बयान कागज । ६. मृतक मानबहादुर हराएको भन्ने मलाई थाहा थिएन । २०३७।१२।१४ मा मेरो छोरा उखारी जड्डलमा झुण्डिएको छ भनेबाट थाहा पाएकी