निर्णय नं. २९१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/०७/२१ २५३४ निर्णय नं. २९१८ ने.का.प. २०४३ अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १७३३ आदेश भएको मिति : २०४३।७।२१।६ मा निवेदक : गुल्मी जिल्ला भनभने गा.पं.वार्ड नं.९ बस्ने ओमबहादुर के.सी. समेत विरुद्ध विपक्षी : पहाडी क्षेत्रमा आवादी र वन जड्डल क्षेत्र छुट्याउने समिति गुल्मी जिल्लासमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कानुनी रुपबाट गठन नभएको समितिबाट भएको निर्णयलाई कानुनद्वारा अधिकार प्राप्त निकायबाट निर्णय भएको भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पूण्यप्रसाद अर्याल आदेश न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी समितिको निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति ०४२।६।२८।२ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन्ः यसै रिट निवेदनमा सुविधा हेतु पहाडी क्षेत्रमा आवादी र वन जड्डल क्षेत्र छुट्याउने समितिलाई विपक्षी नं.१ गुल्मी जिल्ला वन कार्यालयका जिल्ला वन नियन्त्रक श्री बद्रीप्रसादलाई विपक्षी नं.२,९ नं.नापी गोश्वारा निवेदन फछ्र्यौट फाँट गुल्मीका नापी अधिकृत श्री बालेश्वरप्रसाद श्रीवास्तवलाई विपक्षी नं.३ र मालपोत अधिकृत श्री मुरारीदत्त शर्मालाई विपक्षी नं. ४ र गुल्मी भनभने गा.पं.का प्र.पं.श्री गोविन्दप्रसाद पोखरेललाई विपक्षी नं. ५ तत्कालीन ९ नं.नापी गोश्वरा गुल्मीलाई विपक्षी नं. ६ तत्कालीन ९ नं. नापी टोली भनभने गा.पं.गुल्मी वा.नं.विपक्षी ७ नं. भनी सम्बोधन गरिएको छ । म रिट निवेदक ओमबहादुर के.सी. का जिजु बाजे खड्कबहादुरका नाममा ल.नं. १३९ मा घुर्कोट जिल्ला टिमुखेका का.मु.जुद्धवीर मार्फत दर्ता भई मेरा बाजे शोमाखर खत्रीका नाममा भू.सु.७ नं. फाराम समेत ०२३ साल ११।२१।१ मा भरी मेरा बुबा देवीबहादर के.सी. बाट अंश हक भएको पूर्व बाटो पश्चिम ठाडो खोल्सी तालबहादुरको साँध उत्तर बाटो दक्षिण शान्तबहादुरको साँध यति ४ किल्ला भित्रको कित्ता र पूर्व ठाडो बगर पश्चिम उत्तर शान्तबहादुरको साँध दक्षिण गणपतिको साँध र तोष यति ४ किल्ला भित्रको कित्ता १ समेत जम्मा कित्ता २ को ल.नं. १३९ को तिखेचुला जग्गाको म जुद्धवीर मार्फत ०३८ साल सम्म र ०३९ देखि मु.रणबहादुर मार्फत गुल्मी मालमा तिरो रु.१।– दाखेल हुने उक्त जग्गा मेरो हकभोग दर्ता तिरो र आवादको जग्गा हो । सो जग्गाको ०४० सालको तिरो तिरेको रसीदको नक्कल बाजे शोभाखरका नाममा उक्त मितिमा भरिएको ७ नं. फारामको नक्कलको नक्कल यसै साथ पेश गरेको छु । उक्त दफा १ मा उल्लिखित पिता पुर्खाको नाममा ल.नं.१३९ मा दर्ता भई बाबु शोभाखरबाट अंश बापत म रिट निवेदक नेत्रबहादुर के.सी. का हकभोग दर्ता आवाद रहेको उक्त दफा १ मा उल्लिखित मु. मार्फत मैले गुल्मी मालमा तिरो रु.१।– बुझाएको पूर्व इन्द्रबहादुरको साँध पश्चिम इन्द्रबहादुर, ढालबहादुरको साँध उत्तर बगहर दक्षिण हरिप्रसाद पन्थीको साँध यति ४ किल्ला भित्रको तिखे चुली भन्ने जग्गा कित्ता १ र कालु पाध्याको घनश्याम पाध्याको नाममा गुल्मी धूरकोट जिल्ला टिमुखर्कमा ल.नं.१३६ मा दर्ता भई म जुद्धविर खत्री मार्फत तिरो रु.१६।– गुल्मी मालमा दाखेल भएको पूर्व झगरु पाध्यायको ठाडो बगर साँध खोल्सा, पश्चिम गैयारे केशवराज पन्थीको साँध, दक्षिण गणपतिको