निर्णय नं. २९१९ - दर्ता बदर खिचोला, बाटो कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९१९ - दर्ता बदर खिचोला, बाटो कायम भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/११/०४ २९८७ निर्णय नं. २९१९ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको दे.पु.नं. ७२७ फैसला भएको मिति : २०४३।११।४।२ मा पुनरावेदक/प्रतिवादी : का.न.पं.वडा नं.११ त्रिपुरेश्वर बस्ने मदनबहादुर श्रेष्ठसमेत विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ.बस्ने हरिप्रसाद खत्री मुद्दा : दर्ता बदर खिचोला, बाटो कायम (१) बाटो समेतको जग्गा प्रतिवादीहरूले लिए पाएको भन्ने कानुनी सबूद प्रमाण समेत प्रतिवादीहरूबाट पेश हुनसकेको देखिँदैन । यस्तो स्थितिमा उक्त उल्लिखित विवादास्पद जग्गालाई सार्वजनिक बाटो ठहराई बागमती अञ्चल अदालतले गरेको फैसलालाई सदर गर्ने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेकै देखिने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.हरिहरलाल राजभण्डारी : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त बुझेन, पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा निवेदनपत्र पेश गरेकोमा अनुमति प्राप्त भएकोले प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा निम्नानुसार छ : २. मेरो स्वबासी हकभोगचलनको का.जि.त्रिपुरेश्वर स्थित घर जग्गाको उत्तर भागमा पर्खाल बनाउनु पर्ने आवश्यक भई पूर्व आफ्नै पर्खाल पश्चिम आफ्नै पर्खाल, उत्तर राष्ट्रिय रड्डशाला जाने बाटो, दक्षिण आफ्नै जग्गा भन्ने ४ किल्ला राखी का.न.पं.मा नक्शा दर्खास्त गरे अनुसार ७ वटा ढोका राखी पर्खाल बनाउन स्वीकृत दिएकोले २०२१ सालमा पर्खाल बनाई ति पर्खालका ढोकाहरूबाट बाहिर निस्की उत्तरतर्फ रहेको १०, १२ फिटको बाटोमा हिंडी आएकोमा शहरी क्षेत्रको सर्भे नापी हुँदा विपक्षीहरूले कुनियत चिताई निजहरूको उपत्यका निर्माण समितिबाट घर बसोबासको लागि पाएको जग्गा नापी गराउँदा, सो बाटोलाई आफ्नो घरको सिधा पारी कृष्णकुमारीले दक्षिणका साथै पूर्व भाग तर्फको ४ फिट बाटो समेतलाई आफ्नो जग्गा हो भनी नाप जाँच गराई कि.नं.४२७ मा नानी मायाले कि.नं.४२८ मा मदनबहादुरले कि.नं.४२९ मा मिश्री मायाले कि.नं.४३० मा, शान्ती देवीले कि.नं.४३१, लक्ष्मणले कि.नं.४३२ मा देवलक्ष्मीले कि.नं.४३३ बाट नापी गराउन खोज्नु भएको थाहा पाई उजूर गर्दा श्री ५ को सरकारको निर्णयले उपत्यका निर्माण समितिबाट पाएको कागज बमोजिम का.न.पं बाट पाएको घर बनाउने स्वीकृती र पास भएको जग्गाको आधारबाट जग्गा नाप जाँच ऐन, ०१९ को संशोधन ०३३ को दफा ६ को उपदफा (७) बमोजिम विपक्षीहरूका नाउँमा अस्थायी दर्ता गरी मलाई चित्त नबुझे अदालतमा उजूर गर्न जानु भनी ३ नं. नापी गोश्वराबाट सूचना दिएकोले यो फिराद गर्न आएको छु । अतः अघिदेखि चली आएको निकासा कसैले थुन्नु हुँदैन भनी घर बनाउनेको ३ नं. मा र पुरापूर्वदेखि हिंडी आएको बाटो दर्ता गराउन नहुने कानुनी व्यवस्था जग्गा आवाद गर्नेको ४ नं.समेतले स्पष्ट व्यवस्था गरेको हुँदा मैले २०२१ सालमा नक्शा पास गर्दा उत्तर किल्ला बाटो भनी प्रष्ट लेखी पर्खाल बनाएको छु र विपक्षीहरूले पनि घर बनाउँदा समेत दक्षिणतर्फ बाटो छोडी बनाउनु भएको छ भने त्यस्तो बाटोलाई आफ्नो हो भनी विपक्षीहरूले कुनै बलियो प्रमाण बिना नै सर्भेबाट अस्थाई दर्ता गरेपछि मिति २०३४।५।२० गते देखि बाटोमा हिड्न दिँदैनौ भनी विपक्षीहरूले हटक खिचोला गरेकोले विपक्षीहरूको