निर्णय नं. २९२२ - निषेधाज्ञा जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९२२ - निषेधाज्ञा जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/१०/१९ २४०८ निर्णय नं. २९२२ ने.का.प. २०४३ अङ्क ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.नं. ५५२ फैसला भएको मिति : २०४३।१०।१९।२ मा पुनरावेदक/प्रतिवादी : जनकपुर अञ्चल गुठी विकास परियोजना विघठन हुँदा गुठी संस्थानका तर्फबाट अध्यक्ष विष्णुप्रसाद खनाल विरुद्ध विपक्षी/वादी : ज.न.पं.वार्ड नं. १२ बस्ने शिवशरण यादव मुद्दा : निषेधाज्ञा जारी गरिपाउँ (१) संस्थानले असूल उपर गर्नु पर्ने कूत ठेक्का बाँकी बक्यौता संस्थानले सरकारी बाँकी सरह सम्बन्धित व्यक्तिको धितो वा अन्य जायजेथा लिलाम बिक्री गरी असूल उपर गर्न सक्नेछ भन्ने गुठी संस्थान ऐन, २०३३ को दफा ४१ मा व्यवस्था भएकोले कूत ठेक्का बाँकी बक्यौतामा लिलाम गर्न पाउने कानुनी अधिकार गुठी संस्थानमा निहित भएकै देखिने । (प्रकरण नं. ९) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला न्या.रुद्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. विपक्षीले लिलामीको लागि प्रकाशित गरेको सूचना अनुसार जिन्सी तर्फ १३७ मन ३६ सेर बाँकी देखिएको छ । सो काल्पनिक अंक मैले तिर्नु पर्ने नतिरी बुझाइसकेको छु । नगदी तर्फ पनि सबै भुक्तानी गरी सकेको छु । म उपर हुँदै नभएको रकम देखाई मेरो रु.८०,०००।– मूल्यको जग्गा ०३५।१२।२८ गते लिलाम डाँक बढाबढ गरी बिक्री गर्ने सुरसार गरेको हुँदा निषेधाज्ञा जारी गरिपाउँ भन्ने वादीको निवेदनपत्र । ३. यस कार्यालय तालुकको मौजे ओरहा हतिसरका जिरायत १५–१३–४ ऐ.ऐ.शिवनगरको २–१४–१६ सरकटवा विकास मौजाको ६१–१२–११ गलही निकासको १०–१९–१४ औरिहा काला बन्जरको ४–०–१५ समेत ९५–६–१ जग्गा ०२७ सालको बालीदेखि ठेक्का बन्दोवस्त गर्न मुकरर गरिएका दिन ०३६।८।१२ मा सबैभन्दा बढी ७६६ मन धान बुझाउने कबूलियत गरी ठेक्का सकार गरेको मध्ये केही बुझाई ११० मन र २ शेर सोही मौजाको २०२७ सालको ६ मन २३ सेर १ कनुवा धान र हाल ०–२२–७ समेत जम्मा धान १२३ मन २९ सेर १ कनुवा र २–६–१५ दाल तथा कुटानी धान मध्येको चामल बाँकी १२–०–० जिन्सी बाँकी भएको र निज विपक्षीले जनकपुर विसहरा सहोद्र पट्टि हनुमान नगर, कुआ प्रहामपुरी समेत मौजाहरूको गुमस्ता गरी लिई रैतानहरूबाट असूल तहसील गरी लिएको रकम मध्ये पटक पटक बुझाई बाँकी रहेको रकम ताड्खजुर पोखरीको भरवाल बालीको रकम समेत गरी जम्मा ४१,४८३।४ निजसंग नगद जिम्मा रहेको हुँदा सो रकम दाखेल गर्न पटक पटक ताकेता गर्दा नबुझाई खाने पचाउने नियत गरेकोले निजको हक अधिकारमा रहेको जेथा लिलाम बिक्री गरी असूल उपर गर्न गुठी संस्थान ऐन, ०३३ को दफा ४१(१) ले लिलाम बिक्री गर्ने सूचना प्रकाशित गरेको हो । निवेदन खारेज गरी पाउँ भन्ने विपक्षीको लिखितजवाफ रहेछ । ४. निवेदकसंग बक्यौता रहेको भए कानुनी रीत पुर्‍याई मात्र असूल उपर गर्नु पर्नेमा सो बमोजिम नभई हचुवा किसिमबाट प्रमाणित कागजको आधार बेगर लिलाम बिक्री गर्ने विपक्षीले आफ्नो सबूद प्रमाण दाखेल गर्नसकेको देखिँदैन । बक्यौता बाँकी भए निजलाई समेत जानकारी गराई बाँकी ठहरेको रकम कानुनी रीत पुर्‍याई लिन पाउने र यदि बाँकी ठहरेमा निवेदकले बुझाउन मञ्जूरै गरे