निर्णय नं. ८९११ - गैंडा मारी खाग बिक्री व्यवसाय
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९११ - गैंडा मारी खाग बिक्री व्यवसाय भाग: ५४ साल: २०६९ महिना: फागुन अंक: ११ फैसला मिति :२०६९/०५/२८ ५२७६ ने.का.प. २०६९, अङ्क ११ निर्णय नं. ८९११ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री तर्कराज भट्ट फौ.पु.नं. २०६८–CF–०००१ फैसला मितिः २०६९।५।२८।५ मुद्दाः– गैंडा मारी खाग बिक्री व्यवसाय । पुनरावेदक वादीः रेञ्जर माधव खड्काको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः नवलपरासी जिल्ला देउराली गा.वि.स.वडा नं. ६ बस्ने ओमबहादुर राना समेत शुरु फैसला गर्ने : प्रमुख संरक्षण अधिकृत श्री शिवराज भट्ट पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री पोषनाथ शर्मा · आरोपित कसूर गरेको तथ्यमा साबित भई एकअर्कालाई पोलसमेत गरी अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गरेको र उक्त बयान व्यहोरा सर्जमीनका मानिस तथा बरामदी मुचुल्काका मानिसहरूको बकपत्र समेतबाट समर्थित भएको अवस्थामा साबिती वयानलाई प्रमाणमा लिन मिल्ने । · पटक पटक गैंडाको खाग बिक्री गरेको र गैंडाको खाग आफ्नो घरमा नै राखेको देखिएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९(१) को कसूरमा ऐ. को दफा २६(१) बमोजिम पाँच वर्ष कैद र पचास हजार रूपैयाँ जरीवाना हुने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय कृष्ण सापकोटा र सविता बराल अवलम्बित नजीरः सम्बद्ध कानूनः · राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क), १९(१), २६(१) आदेश न्या.सुशीला कार्कीः यस अदालतको संयुक्त इजलासमा माननीय न्यायाधीशहरूका वीच राय नमिली सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :– जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. २ बस्ने सुन्दरसिंह ठकुरी र स्याङ्गजा घर भई हाल जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं. ९ सुन्दरपुर बस्ने विजय भन्ने लव मल्लसमेतले गंैडा मारी बिक्री व्यवसाय गर्छन् भन्ने सुराक पाई गस्तीको क्रममा जिल्ला नवलपरासीको कावासोती बजारमा खाग किन्न भनी आएको अवस्थामा पक्राउ गरी सोधपुछ गर्दा दोग्ला भन्ने छिरिङ्ग लामा र तिब्वत ल्हासा घर भई का.न.पा.६ बौद्ध बस्ने तान्जिङ निमा तथा जिल्ला नवलपरासी देउराली गा.वि.स. ४ पुरानो बेलहानी बस्ने गजबहादुर फाल मगर समेतलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाऊँ भनी रे. माधव खड्काको मिति २०६०।१।९ को जाहेरी प्रतिवेदन । तिब्बत ल्हासा घर बताउने नेपाली भाषा बोल्न नजान्ने हाल का.म.न.पा.वडा नं. ६ बौद्धमा डेरा गरी बस्ने तान्जिङ निमालाई पक्राउ गरी जीउ खानतलासी गर्दा कालो कपडामा पटुका जस्तो बनाई कम्मरमा बाँधेको अवस्थामा बरामद भएको रु.७,५०,०००। (अक्षेरूपी सात लाख पचास हजार) को बरामदी मुचुल्काको कागज । २०५९ साल माघ महिनामा जिल्ला नवलपरासी देउराली–६ बस्ने ओमबहादुर राना मगरले गैंडाको खाग बिक्री गराइदिन अनुरोध गरेकोले जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नं. ८ शरदपुर बस्ने लव मल्लसँग चिनजान भएकोले गैंडाको खाग किन्ने साहू खोज भनी सुन्दरसिंह ठकुरीमार्फत् दोग्ला भन्ने छिरिङ्ग लामा मेरो घरमा वि.सं. २०५९ फागुन १५, १६ गतेतिर आई माल हेरी पछि आउँछु भनी गएकोमा २०५९ साल चैत्र महिनाको दोस्रो हप्तातिर