निर्णय नं. १३३४ - फिल्डबुक सच्याएको दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३३४ - फिल्डबुक सच्याएको दर्ता भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०२९/०५/२१ २७४१ निर्णय नं. १३३४ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत २०२८ सालको देवानी पू.ल नं. ११५ फैसला भएको मिति : २०२९।५।२१।३ मा निवेदक : जि.रौ.प्र. दोस्तीया मौजे वगही बस्ने जयनारायण चौधरी थारु समेत विरूद्ध विपक्षी : धनुषा जिल्ला ५ नं. सर्भे गोटोली नं. ७ को अमीन क्षेत्रप्रसाद गिरी मुद्दा : फिल्डबुक सच्याएको दर्ता (१) निजामती कर्मचारीले आफ्नो ओहदाको कर्तव्य पालनमा वा ओहदाको कर्तव्य पालन सम्झी गरेको कुनै सरकारी कामको सम्बन्धमा निजामती कर्मचारी उपर उजूर गर्दा मात्र उक्त दफा १० को व्यवस्था लागू हुने हो फिल्डबुक सच्याई, पहिले एउटाको नाम लेखिएको काटी अर्काको नाम थपी दिएको भन्ने कुरालाई आफ्नो ओहदाको कर्तव्य पालन सम्झी गरेको भन्न नमिल्ने हुनाले उपदफा (१०) लागू हुने कुरै भएन उक्त कसूर कीर्ते कागजको २ नं. भित्र पर्ने हुनाले सोही कीर्ते कागजको १८ नं. बमोजिम काम भए गरेको मितिले २ वर्षको हदम्याद लाग्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णजङ्ग रायमाझी फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुनआएको छ । २. मुद्दाको तथ्य यस प्रकार छ : मौजे वगहीको म महिन्द्रका नाउँको नं. २८५ को जग्गा बिगहा ९।४।।। म राजेन्द्रका नाउँको नं. १८८ को ९।४।।। म जयनारायणका नाउँको नं. १०६।१२२।१३०।१३१।१३२।१४७। १२८ १३३। को बिगहा १।।२।२ समेत नापी नक्सा फिल्डबुक हाम्रो नाउँ लेखी ०२२ साल जेष्ठमा जोताहा पूर्जि पाएकोमा हरिप्रसादको उजूरीबाट झिकाई नापीमा उल्लोपाल्टो परेकोले सच्याउनु पर्यो भनी पछि फिल्डबुकमा सच्याई हाम्रो नाउँ काटी हरिप्रसादको नाउँ लेखी सहिछाप गराई जग्गामा तिमीहरूको हक छैन भनी अन्याय गरेकोले भू.प्र.वि.अ.मा उजूरी निवेदन दिई मुद्दा चलेकोमा अदालतमा जानु भनी सूचना दिने गरी ०२२।८।१ गते विशेष अदालतबाट किनारा भएको जिल्ला अदालतमा नालेश गरेकोमा कर्मचारी उपरको उजूर नहुँदा खारेज हुने भनी ०२३।३।९ गते रौतहट जिल्ला अदालतबाट सोही सदर गरी नारायणी अञ्चल अदालतबाट ०२४।२।१९ गते फैसला भएकोले निजामती सेवा ऐन, ०१३ को दफा १० को उपदफा २(क) बमोजिम ०२४।३।२१ गते अमीन क्षेत्र गिरीका नाममा नालेश गर्नुपर्ने कारण परे बमोजिम २ महीनाको सूचना दिई ८ महीनाभित्र नालेश गर्न आएका छौं । हाम्रो हकको जग्गालाई हरिप्रसादका नाउँमा दर्ता गरी दिएको पछि काटी सच्याई बनाइएको फिल्डबुक बदर गरी हामीहरूको नाउँ दर्ता गरिपाउँ भन्ने वादी । ३. वादीका दावी बमोजिम मैले फिल्डबुक झिकी सच्याएको समेत कौने कुरा होइन सो फिल्डबुकमा मैले आफ्नो हस्ताक्षरले जग्गाधनी कायम गरेको छैन जग्गाधनी कायम गर्ने व्यक्ति ४ नं. टोलीको इन्स्पेक्टरले अराएबमोजिम टोलीको मुखिया खरिदारले सबूत प्रमाण हेरी जग्गाधनी कायम गरेको हो मैले जग्गाको नाप नक्सा गरी जोताहा र जोताहाको बयान फिल्डबुकमा लेखेको छु । त्यो लेखेका अक्षरहरू कुनै पनि बनाए सच्याएको छैन भन्ने समेत प्रतिवादी । ४. फिल्डबुक झिकी ०२२।५।२७ गते लेखी लेखाई सच्याई पछि बनाए भन्ने फिरादपत्रमा लेखिएको सो मितिले जग्गा सम्बन्धी कुरामा जग्गा मिच्नेको १८ नं. ले