निर्णय नं. १३३५ - मुद्दा सकार गरिपाउं भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३३५ - मुद्दा सकार गरिपाउं भन्ने भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३५/१२/१७ २७२४ निर्णय नं. १३३५ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल मानीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको निवेदन नम्बर ७२१ आदेश भएको मिति : २०३५।१२।१७।६ मा निवेदक : श्यामबहादुर पन्त समेत विरूद्ध विपक्षी : उपेन्द्रलाल श्रेष्ठ समेत विषय : मुद्दा सकार गरिपाउं भन्ने (१) यसमा ०३५।९।५ बाट ०३५।१०।२५ को तारेख तोकिएको सो तारेखमा हाजिर हुने म्याद छँदै ०३५।९।९ मा वादी मध्येको रत्नकुमारीको मृत्यु भएकोले म्याद तारेख गुज्रेको नभई तारेखमा हाजिर हुनुपर्ने ०३५।१०।२५ गतेकै दिन मुद्दा सकार गरिपाउँ भन्ने निवेदन पर्न आएकोले मुद्दा सकार गराई कानुन बमोजिम गर्नुपर्ने । (प्रकरण नं. २) १. आमा रत्नकुमारी स्वर्ग भयो तारेख नगुज्री सकार गर्ने व्यवस्था ऐनमा नभएको समेत हुँदा तारेखका दिन मुद्दा सकारको लागि निवेदन गरेको थियो ३५ दिनभित्र निवेदन परेको नदेखिँदा कानुन बमोजिम गर्नु भनी सर्वोच्च अदालतबाट आदेश भएको छ रजिष्ट्रारको उक्त आदेश त्रुटिपूर्ण भएको छ सो आदेश बदर गरी मुद्दा सकार गर्न दिनु भन्ने आदेश पाउँ भन्ने प्रस्तुत निवेदनको व्यहोरा पेश भयो । २. यसमा ०३५।९।५ बाट ०३५।१०।२५ को तारेख तोकिएको सो तारेखमा हाजिर हुने म्याद छँदै ०३५।९।९ मा वादी मध्येकी रत्नकुमारीको मृत्यु भएकोले म्याद तारेख गुज्रेको नभई तारेखमा हाजिर हुनुपर्ने ०३५।१०।२५ गतेका दिन मुद्दा सकार गरिपाउँ भन्ने निवेदन पर्न आएकोले मुद्दा सकार गराई कानुन बमोजिम गर्नु । न्यायाधीश, न्यायाधीश न्यायाधीश इति सम्वत् २०३५ साल चैत्र १७ गते रोज ६ शुभम् । भर्खरै प्रकाशित नजिरहरू ११५२० - जबरजस्ती करणी फैसला मिति : २०८१/०१/०४ | मुद्दा नं : ०७४-CR-०१७१ ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान फैसला मिति : २०८०/१२/२१ | मुद्दा नं : ०७५-CR-२१८९ ११५१८ - उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ फैसला मिति : २०८१/०३/१९ | मुद्दा नं : ०७९-WO-०९९१ ११५१७ - उत्प्रेषणसमेत फैसला मिति : २०८०/१०/०४ | मुद्दा नं : ०७५-WO-००३४ ११५१६ - सम्पत्ति शुद्धीकरण फैसला मिति : २०८०/११/०२ | मुद्दा नं : ०७८-CR-०२३६ धेरै हेरिएका नजिरहरु निर्णय नं: # ९३४६ - मानव बेचबिखन, बालविवाह, जबर्जस्ती करणी फैसला मिति : २०७१/१०/१९ | मुद्दा नं : ०६७-CR-१२८८ निर्णय नं: # ९३१७ - हालैदेखिको बकसपत्र लिखत बदर फैसला मिति : २०७१/०७/१९ | मुद्दा नं : ०६७-CI-०९०३ निर्णय नं: # ९२७४ - लागु औषध (नरफिन) फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : २०६७-CR-०९९२ निर्णय नं: # ९२७३ - मानाचामल फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : ०६८-CI-०२१६ निर्णय नं: # ९३१९ - उत्प्रेषण फैसला मिति : 2070/10/20 | मुद्दा नं : ०६९–WS–००३५