निर्णय नं. १३३६ - राजीनामा खोसी झुक्याई सही गरायो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३३६ - राजीनामा खोसी झुक्याई सही गरायो भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०२२/०८/२२ २३७९ निर्णय नं. १३३६ ने.का.प. २०३७ फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री लोकराज जोशी माननीय न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत ०२० सालको फु.नं. ५९ फैसला भएको मिति : ०२२।८।२२।३ मा निवेदक : घा.ई.दी.सी. लाफ बस्ने तारलामा तामाङ मर्दा सकार गर्ने छोरा रुञ्चे तामाङ विरूद्ध प्रतिवादी : ऐ चिलाउने बस्ने रामे तामाङ समेत मुद्दा : राजीनामा खोसी झुक्याई सही गरायो (१) वादीको फिराद लेखाइमा राजीनामा कागजको पीठमा सहिछाप गराई लगेको भन्ने लेखेको छ प्रतिवादीले पेश गरेको लिखतमा बन्धकी भन्ने देखिएको हुँदा वादी दावीको कागज देखिन नआएको र थैलीको अंक पनि नमिलेको यो यति थान कागजमा सही गराएको भन्ने वादीले लेख्नसकेको नदेखिएको उक्त पेश भएको लिखतममा बन्धकी तमसुक बमोजिमको रूपैयाँ बुझी लिई भन्ने लेखी ल्याप्चे सहिछाप परेको सो सहिछाप भिडाउँदा विशेषज्ञले वादीको सहिछापसँग भिड्छ भन्ने राय व्यक्त गरेको र उक्त कागज वादीलाई सुनाउँदा पनि मेरो सहिछाप होइन भन्नसकेको नदेखिएको सो बाहेक अरू दरपीठ भएको कागज छ भनी भन्न पनि नसकेको हुनाले समेत उक्त कागजबाट प्रतिवादीले राजीनामा गरी दिएको भन्ने देखिन नआई बन्धकी दिएको भन्नेसम्म देखिने । (प्रकरण नं. २४) (२) भोगबन्धकी कागजको आधारमा वादीका नाउँमा खान्गी खारेज हुँदा दर्ता गराएको देखिएकोले बन्धकी जग्गालाई दर्ताको प्रमाणले मात्र राजीनामा ठहराउन उचित नपर्ने र झुक्यान पारी राजीनामा हात लगाई लिई पीठमा सही गराई लिई गएको भन्ने कुराको पत्यारलायकको सबूत पनि वादीबाट पेश दाखिल हुन नसकेकोबाट समेत निवेदकको जिकिर पुग्न नसक्ने । (प्रकरण नं. २५) निवेदक तर्फबाट : विद्वान वकील एडभोकेट मुकुन्द रेग्मी र प्लीडर ठाकुरप्रसाद खरेल र विपक्षी तर्फबाट : विद्वान वकील प्लीडर सुधानाथ फैसला १. अन्यायहरूको अघि नै भिन्न भएको माईला बाबु चन्द्रमान तामाङको छोरा काँसी गुरुङतामाङले मबाट मो.रु.१९०।– लिई निजको हकभोगको २४ नं. ४७३ दाँसी काली मिझार सिमले चिलाउने २ ठाउँ गरी भन्ने खेत ।२८ को धान ९।१०, घ्यू ।०२।१ मध्येको जी राजमनी जिम्मा धादिङ मालमा तिरो तिर्न पर्ने पूर्व भेटी तमाङनीको खेत, पश्चिम पञ्चेको खेत, उत्तर जङ्गेको खेत, दक्षिण मरी तमाङनीको बारी यति ४ किल्लाभित्रको खेत १४ को धान ४।५, घ्यू ।३५।२ लागेको खेत कित्ता १ मितिको सम्झना रहेन ९५ सालमा यही महीनामा खेत ७ को धान २।२।४ लागेको कलम १ र खेत ।७ को धान २।२।४ को कलम १ गरी पृथक–पृथकको रु.९५।– का दरले २ राजीनामा गरी दिएबाट भोग गरी खाइआएका थियौं यही ०१० साल फाल्गुण २७ गतेको अं.१ बजेका टायममा मेरो घरमा आई उक्त लेखिएको खेत के परिबन्दबाट खाएको हो भनी भन्न आएकाले राजीनामा गरी खाएका हुँ भनी भन्दा कागज हेरुँ भनी जिकिर गरेकोले राजीनामा यही हो भनी देखाएमा मेरो हातबाट पञ्चेले लिएपछि रामेले आफ्नो पोल्टाबाट छाप मसी झिकी मेरो दायाँ बुढी औंलामा कालो मसी लगाई पञ्चेले सही गराउने गरी राजीनामा पीठमा मलाई सहिछाप गराई लिएकोले के गरेको कागज देउ भन्दा अब जग्गा र कागजको आशा नगर भनी म ७० वर्षको बृद्ध बुढो मानिसलाई झुक्यान पारी राजीनामा हात लगाई लिई पीठमा सही गराई अन्याय गरेमा सजाय गरी राजीनामा थान २ मलाई दिलाई उक्त लेखिएका जग्गा मेरै हकभोग सदर थामी पाउने हुँ