निर्णय नं. १३३७ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३३७ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३५/०२/०८ २५५४ निर्णय नं. १३३७ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र सम्वत् २०३३ सालको रिट नम्बर १२५९ आदेश भएको मिति : २०३५।२।८।१ मा निवेदक : का.न.पं.वार्ड नं. १९ बस्ने मेजर नरबहादुर गुरुङ विरूद्ध विपक्षी : श्री शाखा अधिकृत भूमिप्रशासन कार्यालय,काठमाडौं समेत विषय : उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं (१) अनाधिकार रूपबाट अधिकारक्षेत्र ग्रहण गरी एक कित्ता जग्गाको हकमा सम्म रैकरमा परिणत गरी नाउँसारी गरिदिने ठहर्छ भनी विपक्षी भू.प्र.का. काठमाडौंका शाखा अधिकृतले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी विपक्षी तर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषणको आदेशद्वारा विपक्षी भूमिप्रशासन कार्यालयको ०३३।६।१ को निर्णय बदर गरी परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत मिति ०३३।७।२३ मा रिट निवेदन दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य यस प्रकार छ : मेरो माइजू बज्यै मिश्रीनानी श्रेष्ठनीले ०२२।१२।९ मा रजिष्ट्रेशन मार्फत हालै देखि बकसपत्र गरी दिई मेरो समेत हकभोगको साविक जैशीदेवल नं. २२।२४ जोती पाकु भन्ने रोपनी १२ भिडाई हाल नापी का.न.पं.१९(क) वडा कि.नं. ३०३।३०४।३०५।२२४।२२५।२१७।२१८ र २२३ जग्गा नामसारी गरी रैकरमा परिणत गरी ज.ध.द.प्र.पू.पाउँ भन्ने समेत विपक्षी नानीमैजूको ०३०।१०।१७ र ०३१।१।४ को निवेदन कि.नं. २२४, २२५ को जग्गासँग हाम्रो सम्बन्ध छैन कि.नं. ३०४ को विर्तावार इन्द्रबहादुर थापा मोही शिवसरण कि.नं. ३०५ को जग्गाको विर्तावार लोकनाथ र पुरुषोत्तम भट्ट मोही म नरबहादुर गुरुङभई विपक्षीका नाउँमा दर्ता नामसारी हुनुपर्ने होइन कि.नं. ३०३ को जग्गा कित्ता १ को विपक्षीलाई रु.७।५० बुझाइआएको क.विर्ता हो म मोहीका नाउँमा दर्ता हुनुपर्ने भन्ने समेत नरबहादुर गुरुङको वारेस इश्वरलालको कागज र उजूरी निवेदन भएकोमा कि.नं. ३०४ र ३०५ को जग्गा इन्द्रबहादुर पुरुषोत्तम भट्टको फिल्डबुकबाट देखिएकोले आफ्नो हक भए अदालतबाट हक कायम गराई ल्याउनु भनी निवेदिकालाई सुनाई दिने अरू कि.नं. २१७।२१८।३०३।२२३ को जग्गा साविक दर्तावाला ललितमान र मिश्रीनानी श्रेष्ठबाट खारेज गरी निवेदिका समेत जवान ६ का नाउँमा रैकर परिणत नाउँसारी समेत हुने ठहर्छ भन्ने समेत विपक्षी भूमिप्रशासन कार्यालयको मिति ०३३।६।१ को निर्णय पर्चा रहेछ । ३. रिट निवेदन जिकिर यस प्रकार छ : सो कि.नं. ३०३ को जग्गा क.श्रेणी भनी मैले र ख.श्रेणी भन्ने विपक्षीको भनाई भएपछि क.वा ख.कुन श्रेणीको हो भन्ने कुरा तोकिएको अदालतले हेरी निर्णय गर्नेछ भन्ने विर्ता उन्मुलन ऐन, २०१६ को दफा २ को २०२४ सालमा संशोधित उपदफा (२) मा उल्लेख भएको र ०२४।११।२१ मा प्रकाशित राजपत्रमा जिल्ला अदालतलाई शुरूमा सो मुद्दा मामिला हेर्न तोकिएको छ यस किसिम क.वा ख.श्रेणी मध्ये कुन हो भन्ने प्रश्न समावेश हुनासाथ जिल्ला अदालतमा फिराद दिन जानु भनी सुनाउनुपर्ने नसुनाई भूमिप्रशासन कार्यालय काठमाडौंका शाखा अधिकृतले अधिकारक्षेत्र नाघी ख.श्रेणी मानी गरिएको निर्णय अ.बं.३५ ले बदर हुनुपर्छ गैरकानुनी निर्णय