निर्णय नं. २९२३ - दर्ता बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९२३ - दर्ता बदर हक कायम भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/०१/१४ २५२६ निर्णय नं. २९२३ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.फु.नं. ८२ फैसला भएको मिति : २०४२।१।१४।६ मा पुनरावेदक/वादी : भरतपुर नगर पञ्चायत वा.नं.९ बस्ने लाला बुद्धिमान श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने पूर्णकला उपाध्याय मुद्दा : दर्ता बदर हक कायम (१) सर्भे नाप जाँचको क्रममा एकाको हकभोग दर्ताको जग्गाको अर्काको नाममा नापी दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नु पर्ने कारणको श्रृजना भएको मान्नु पर्ने हुन्छ । किन भने जग्गा नापजाँच भएपछि हक प्रमाणको प्रमाणित अभिलेखको श्रृजना दर्ता श्रेस्ताबाटै हुन्छ । (प्रकरण नं. १२) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत फुलबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा व्यहोरा साँचो हो र जग्गाधनी प्रमाणपूर्जा वितरण भएको मितिबाट गुज्रेको हदम्याद थामी फिरादपत्र दर्ता भइसकेको मुद्दा खारेज भएको हो र साहूले कपालीमा दावी गरी फिरादपत्र दिइसकेको रहेछ भने त्यस अदालतको फुलबेञ्चबाट निर्णय भएका बिन्तिपत्रमा लेखिएका निवेदक वादी भएका दर्ता बदर हक कायम मुद्दाहरूको मिसिल झिकी मिसिल दाखिल भएको तीन महीना भित्र फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गरी नतिजा जाहेर गर्नु भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएका हुकुम प्रमाड्डी बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. भरतपुर गा.पं.वडा नं.७ कठासक्रि मौजामा रा.दु.वि.भूमि वितरण कमिटिबाट ०१७।१।२२ मा जि.मनिराम दरै जिम्मा मैले चलानी पूर्जा प्राप्त गरी हक भएको कि.नं.१२–१४ को ज.वि.२९–११–१६ को मैले मूल्य बुझाई भोगी आएकोमा विपक्ष पूर्णकला समेत जवान ११ जनाबाट रु.१।४७।९५०।– थैलीमा उक्त २ कित्ता जग्गा मध्ये कि.नं.१४ को जग्गा २७–११–१६ मैले मिति ०२४।२।१२।६ मा एउटै राजीनामा दिएको विपक्षीबाट रु.५,०००।– थैली परेको उक्त लेखत पास गराउन चि.मालमा दाखिल भएकोमा पास नगरी दिँदा चि. माल र अर्थ मन्त्रालय मालपोत उपर साहूहरू मध्ये विपक्षी पूर्णकला १ समेत ३ जनाको मात्र सर्वोच्च अदालतमा रिट निवेदन परी लिखत पास गरी दिनु पर्ने ०२७।१२।१०।३ मा र रजिष्ट्रेशन दस्तूरको सम्बन्धमा कानुन बमोजिम गर्नु भन्ने ०२९।१।१४ मा निर्णय भएकोमा लिखत पास गराई लिने पक्षमा कुनै पनि साहूहरू नगई लेखत कपाली गराई रजिष्ट्रेशन दस्तूर समेत फिर्ता बुझी सकेकोमा नापी गर्ने सरकारी कर्मचारीलाई झुक्यानमा पारी कि.नं.१४ को जग्गामा बेग्ला बेग्लै कित्ता काटी कि.नं.६९।७०।७९ को ज.वि.१–५–३ समेत विपक्षले दर्ता गराएकोमा जग्गाधनी पू