निर्णय नं. १३३८ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३३८ - जग्गा खिचोला भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३५/०७/२३ २५८३ निर्णय नं. १३३८ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको देवानी पुनरावेदन नम्बर ९२ फैसला भएको मिति : २०३५।७।२३।५ मा पुनरावेदक : चितवन जिल्ला नारायणगढ गा.पं.वार्ड नं. ६ बस्ने श्रीप्रसाद उपाध्याय समेत विरूद्ध विपक्षी : का.जि.का.न.पं.वार्ड नं. ३ विशालनगर बस्ने विश्वबन्धु थापा मुद्दा : जग्गा खिचोला (१) सामान्य कानुनी व्यवस्था अनुसार दायर नभएकोले, तत्काल प्रचलित न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (२) बमोजिम क्षेत्रीय अदालतमा पुनरावेदन लाग्न नसक्नेमा मध्यमाञ्चल क्षेत्रीय अदालतले पुनरावेदन हेरी कार्यवाही किनारा गरेको बदर हुने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षे.अ.को २०३४।४।२३।१ को फैसला उपर वादीको पुनरावेदन गर्ने अनुमतिपाउँ भन्ने विषयको निवेदन परी, सो निवेदनमा भएका आदेशानुसार पुनरावेदन दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ : २. नारायणगढ हेटौंडा मोटर सडक देखि दक्षिण, अधिवन हाल भरतपुरस्थित विश्वबन्धु थापाको घर क्याम्पको पश्चिम डिलदेखि मुनी, कि.नं. २६ को जग्गा बिगहा ५ हाम्रो भोग आवादीको हुँदा चलन पूर्जि बमोजिम ०१४ सालदेखि मालपोत बुझाई स्थायी दर्ता गरेकोमा कसैको उजूर विरोध छैन विपक्षी थापाले पछि बकस पाउनुभएको भरतपुर जमीन हाम्रो नारायणगढको जग्गा भन्दा ५० सौं हात उचाईमा हुँदा सो दुई मौजाका कित्ता किल्ला मेठबन्दी र जिमीदार समेत बेग्लाबेग्लै कायम भएको थियो, थापाजीले कुनै डरभर नलिई देखादेखी हाम्रो आवादीका माझमा सालको ठूला–ठूला खम्बा गाडी अं.१ बिगहा जग्गा निर्लज्जतासाथ भित्राएर दिउँसै रात पार्न सफल हुनुभएको छ, थापाको प्रभावमा नपरी न्यायको रक्षा गर्ने सर्वोच्च अदालत समेतका कुनै उच्चस्तरीय अङ्गबाट तत्काल कार्यवाही निर्णय हुने विवेकपूर्ण प्रमांगी बक्स पाउँ, भन्ने समेत व्यहोराको श्रीप्रसाद समेतले श्री ५ महाराजाधिराजका हजूरमा चढाएका बिन्तिपत्र श्री नारायणी अञ्चल अदालत, यो बिन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए त्यस अञ्चल अदालतबाट ठाडै बुझी कानुन बमोजिम गरी छिनिदिनु, निवेदकलाई जनाउ दिनु भनी तहाँ पठाई दिनु, भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भएको रहेछ । ३. पूर्व वन जङ्गल कान्लो ठिक, पश्चिम पं.दुर्गाभक्त हाल निजको छोरा नागेश्वर र मेजर छोरा गुरु चरन, उत्तर शुके कुमाल हाल विष्णुकुमारी श्रेष्ठ दक्षिण ज्ञानबहादुर हाल ढकाल बाहुनको साँध, यति ४ किल्लाभित्रको कि.नं. २६ जग्गा बिगहा ५९ नारायणी अञ्चल नारायणी गा.पं.अन्तर्गत जि.चितवन मो.नारायणगढका मेठबन्दी सीमानामा पर्दछ । अघि २०१३ सालमा सर्भे नापी हुँदा हाम्रा हकदार हरिप्रसादका नाममा नापी भई निजका शेषपछि हामीहरूले अवछिन्न भोग चलन गरी आएको २०१४ साल देखिकै मालपोत बुझाउने गरी ०२१।९।१५ मा राप्तीदून चितवन जग्गा बिक्री वितरण व्यवस्था कमिशनबाट अस्थायी चलन पूर्जि र ०२३।२।५।४ मा चितवन मालबाट स्थायी दर्ता गरी भोग चलन गरी ०२५।८।१९ मा जोताहाको निस्सा समेत लिए पाएका छौं, विपक्षीले पाएको पश्चिमतर्फमा एक बिगहा घुसाई ०२५।१०।१० का