निर्णय नं. १३४० - कुलो हर्जना समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३४० - कुलो हर्जना समेत भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३५/०३/०५ २४६४ निर्णय नं. १३४० ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् ०३४ सालको देवानी पुनरावेदन नम्बर १४७ फैसला भएको मिति : २०३५।३।५।२ मा पुनरावेदक : जिल्ला धादिङ केवलपुर गा.पं.वडा नं. १ केवलपुर मुसुरेकोट पिताम्बर पाण्डे विरूद्ध विपक्षी : ऐ ऐ. वडा नं. ८ छार्केछाप बस्ने हरिप्रसाद अधिकारी समेत मुद्दा : कुलो हर्जना समेत (१) खेतको साँधबाट अहड बाली लगाउन पानी ल्याएको कुलो भत्काई बेमाख गरी दिएको दावा भएकोमा सामुहिक कुलो पानी विषयको मुद्दा नभएकोले म.क्षे.अ.ले अधिकारक्षेत्रको अभावमा गरेको निर्णय बदर हुने । (प्रकरण नं. ८) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छतकुली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षे.अदालतका फैसला उपर वादीले पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ । २. खेत माटो मुरी ३९ मध्ये माटो मुरी –१९–१० को स्वति भन्ने खेत मेरा बाबु लक्ष्मीप्रसादका नाउँमा दर्ता भई विपक्षी हरिप्रसाद समेतको साँधबाट अहड बनाई महेश खोला घट्टको पानी लगाउने गरी आएको ०३० सालको हिउँदे मकै बाली लगाउन खनजोत गर्न पानी ल्याई जग्गा भिजाइराखेकोमा ०२९।१२।१ गते उक्त कुलोबाट पानी ल्याउन दिँदैनौ भनी कुलो खनी भत्काई पानी नआउने गरी रु.३०। खर्च लाग्ने कुलो नोक्सान पारी जग्गा आवाद गर्नेका १ नं. बमोजिम मेरो जग्गामा अघि देखि लगाइआएको पानी कुलो नदिएकोले हर्जाना रु.३०। भराई कुलोबाट पानी लगी खेत रोपी पाउँ, भन्ने समेत ०३०।१।७ को वादी पिताम्बर पाण्डेको फिरादपत्र परेको रहेछ । ३. वादी दावी झुठ्ठा हो वादीको खेतमा पानी लाने कुलो भत्काई नोक्सान समेत हामीले पारेको छैनौं दावी गरेको ठाउँमा वादीको कुलो नभई अलग्गै अर्को रवीलाल समेतको कुलो हामीहरूको खेतको दक्षिण हुँदै गई सिंचाईको काम पूरा गरी आएका छौं निजको कुलो छुट्टै छ भन्ने समेत हरिप्रसाद, खडानन्द, ताराप्रसादसमेत जना ३ को संयुक्त प्रतिवादी रहेछ । ४. नक्सा नं. १ मा वादीको नक्सा नं. ६ मा हरिप्रसादको नं. ७ मा ताराप्रसादको खेत जनी नक्सा नं. ६ को खेत वरिपरि झगडा भन्ने जनिएको कुलोको अहड डोवहरू नदेखिएको हुनाले समेत वादी दावी पुग्न नसक्ने भन्ने समेत ०३०।१२।२८ को शुरू धादिङ जिल्ला अदालतको फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा शुरू धादिङ जिल्ला अदालतले कुलो र हर्जाना नपाउने गरी गरेको इन्साफ मनासिव छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३२।५।१।१ को फैसला । ६. परम्परा देखि पानी लाने गरी आएको सो पानी नदी खिचोला गरे भन्ने मेरो दावा र निजको कुलो छुट्टै छ भन्ने प्रतिवादी भएकोमा त्यसको निराकरण नगरी गरिएको निर्णयले अ.बं.१८४ नं. र जग्गा आवाद गर्नेको १ नं. को ऐनको गम्भीर कानुनी त्रुटि गरेको छ, साविक बमोजिम भाग शान्ति पानी लग्न पाउने ठहर गरी अहड कुलो नोक्सानी बिगो समेत दिलाई भराई पाउँ भन्ने समेत कुराको जिकिर गर्दै पुनरावेदनको अनुमति माग निमित्त परेको वादीको निवेदन पेश हुँदा सामूहिक कुलो पानी मुद्दा देखिन नआई पानी लिने सम्बन्धको झगडा देखिएकोले शुरूको निर्णय उपर अञ्चल अदालतबाट पुनरावेदन हेरिने मुद्दाको पुनरावेदन क्षेत्रीय अदालतबाट हेरी अधिकारक्षेत्रको