निर्णय नं. २९२४ - दर्ता बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९२४ - दर्ता बदर हक कायम भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०८/०९ २१६९ निर्णय नं. २९२४ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको दे.फु.नं. ३४ फैसला भएको मिति : २०४०।८।९।६ मा निवेदक/वादी : भरतपुर गा.पं.वडा नं.७ कठासिक्रि बस्ने लाला बुद्धिमान श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने कृष्णराज उपाध्याय मुद्दा : दर्ता बदर हक कायम (१) सर्भे नाप जाँचको परिणाम स्वरुप एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापी दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नु पर्ने कारणको श्रृजना भएको मान्नु पर्ने हुन्छ, किन भने जग्गा नाप जाँच भएपछि हक प्रमाणको प्रमाणिक अभिलेखको श्रृजना दर्ता श्रेस्ताबाटै हुन्छ । (प्रकरण नं. १२) निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल विद्वान अधिवक्ता श्री यादवप्रसाद फैसला प्र.न्या.नयनबहादुर खत्री : सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३६।११।१ को फैसला उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा डिभिजनबेञ्चबाट छिनिएको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम गरी छिनिदिनु भन्ने मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. चितवन भरतपुर गा.पं.वडा नं.७ कठसिक्री मौजामा रा.दु.वि.भूमि वितरण कमिटिबाट १७–१–२२ मा जि.मनिराज जिम्मा मैले प्राप्त गरी कमाएको कि.नं.१२।१४ को ज.वि.२९–११–१६ को प्रति मुल्य भुक्तानी र मालपोत समेत बुझाई भोगी आएकोमा विपक्षी कृष्णराज समेत ११ जनाबाट रु.१,४७,९५०।– मा २ कित्ता मध्ये कि.नं.१४ को जग्गा विगहा १७–११–१६ राजीनामा गरिदिएकोमा विपक्षबाट रु.१०,०००।– थैली परेको उक्त लिखत पास गराउन दाखिल भएकोमा पास हुन नसक्ने अड्चन देखाई पास नगरी दिँदा चि.माल र अर्थ मन्त्रालय मालपोत विभाग उपर कृष्णराज, मेघराज र पूर्ण कलाको सर्वोच्चमा रिट निवेदन परी पास गरी दिने ०२७।१२।१० मा र रजिष्ट्रेशन दस्तूरका सम्बन्धमा कानुन बमोजिम गर्नु भन्ने ०२९।१।१४ मा निर्णय भएकोमा पास गराई लिनेमा विपक्ष समेत कुनै साहू नगई कपाली गराई रजिष्ट्रेशन दस्तूर समेत फिर्ता बुझेकोमा नापी गर्ने कर्मचारीलाई झुक्यानमा पारी कि.नं.१४ को जग्गामा बेग्ला बेग्लै कित्ताकाटी कि.नं.८२।८४ को ज.वि.२–१–३–¼ समेत विपक्षले दर्ता गराएकोमा २०२८ साल माघ ३ गते पूर्जा वितरण शुरु भएकोले नालेश गरेको छु कि.नं.८२।८४ को दर्ता बदर गरी मेरो हक कायम गरी पाउँ भन्ने समेतको लाला बुद्धिमानको फिराद । ३. जग्गा मेरो हो । ७ नं. फाँटवारी समेत दाखिल गरी जोताहा अस्थायी निस्सा लिएको छु । माल बुझाएको साल सालको रसीद छ । चितवन मालमा मेरो नाउँमा दर्ता समेत छ त्यसो हुँदा मेरै हक कायम गरी पाउँ भन्ने समेतको कृष्णराज उपाध्यायको प्रतिउत्तर । ४. वादी दावीको ज