निर्णय नं. १३४१ - माना चामल

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३४१ - माना चामल भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३६/०५/२८ ३३९२ निर्णय नं. १३४१ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको विविध नं. ४४ फैसला भएको मिति : २०३६।५।२८।५ मा निवेदक : का.जि. ओमबहाल बस्ने मुगादेवी बाहुनीको हाल श्रेष्ठनी विरूद्ध विपक्षी : का.न.पं.वडा नं. ७ वसन्तपुर बस्ने कृष्णप्रसाद श्रेष्ठ मुद्दा : माना चामल (१) प्रमाण ऐन, २०३१ को दफा २३(४) अनुसार नाता सम्बन्धी कायम गर्ने कुरामा सम्बन्धित व्यक्तिहरूलाई चिन्ने जान्ने स्थितिमा रहेको व्यक्तिको भनाई नै प्रमाणमा सरोकार हुने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री शम्भुराम कार्की विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ फैसला न्या. विश्वनाथ उपाध्याय : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३५।३।४ गते भएको फैसलामा चित्त बुझेन सो मिसिल झिकी इन्साफ जाँच गरिपाउँ भनी मुगादेवी बाहुनीको हाल श्रेष्ठनीले श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभागमा चढाएको क.११३० को बिन्तिपत्रमा यो क.११३० को बिन्तिपत्र र यसैसाथ रहेको रु.१२८२ ग.११७४ को बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३५।३।४ गते छिनिएको माना चामल मुद्दाको मिसिल झिकी त्यस अदालतबाट इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु निवेदिकालाई जनाउ दिनु भन्ने हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुनआएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : पति परदेशमा गई घरमा बस्न नसकी घर धा.जि. गैरीथोकबाट भागी ११ साल माघ महीना देखि क्षेत्रपाटीमा दिदीको घरमा बसी आएकी सनीमङ्गलबाट मङ्गलबार अशोक विनायकको दर्शन गर्न जान्थ्यो विपक्ष मेरो पछि लागि मसँग सोधखोज गर्दै थिए साथै निजको कुराबाट मनकल्पी विपक्षसँग रही पति मानी बस्न मञ्जूर गरेर त्यतैबाट साथ लागि ०१८ साल फाल्गुण महीनामा लुगा धोती चुरा पोते बजार खरीद गरी दिई चाखाछैं गल्लीमा बद्रीकेशर भन्नेको घरमा डेरा लिई मलाई राखेको थियो त्यहाँबाट का.जि.यटखा हेपुननीमा नाउँ नजानेको झाको घरमा डेरा सारी ०२४ सालमा छोरा पाएपछि बसन्तपुरको घरमा लानु भो र ०२७ सालमा छोरी जायजन्म भयो केही वर्ष बसेपछि सौतासँग कल झगडा भइरहेकोले श्रीमानले साथै ल्याई स्वयम्भू मुनि डेरामा राख्नु भयो त्यसैपछि इन्द्रायणी स्थान नेर डेरामा राखी खान लाउन र डेरा भाडासमेत नदिएकोले नालेश गर्नआएको छु इज्जतआमद अनुसार छोराछोरी २ र म समेत ३ जनालाई ०३१ साल आश्विन १४ गते देखि आजसम्मको रोज १ को चामल माना ३।। को रु.७। तिउन के रु.२।, नून तेल यसलाई रु.१।, दाउरा के रु.१।५०, नाबालक २ जनाके खाजा के रु.१। समेतको हुने रु.१४।५० ले महीनाको हुने रु.४३५।५० डेरा बहाल रु.५०। छोरो पढाई रु.५। समेत जम्मा रु.४९०।५० ले वर्ष १ को हुने रु.५६८६।५० र लाउनातर्फ जवान ३ को हुने वर्ष १ को रु.६२२। समेत जम्मा खाना लाउना के रु. ६३०८।८० विपक्षबाट दिलाई भराई पाउँ भन्ने समेत मुगादेवी श्रेष्ठको ०३२।६।१२।३ को फिराद । ३. वादीलाई मैले ल्याएको र स्वास्नी तुल्याएको समेत होइन मेरो करणी वीर्यबाट छोराछोरी जन्मेको पनि होइन मेरा नाउँ साहू बंगाली पनि होइन भैरव भण्डार चुरोट भण्डार भनेको मेरो छँदा पनि छैन वादीले अञ्चलाधिश कार्यालयमा र महिला सङ्गठनमा बङ्गाली साहूबाट माना चामल दिलाई पाउँ भनी उजूर गर्दा म बङ्गाली साहू भन्ने होइन भनी मैले कागज गरी छुटकारा पाइआएकोमा अहिले