निर्णय नं. ४६८८ - लागू औषध बिक्री वितरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६८८ - लागू औषध बिक्री वितरण भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०१/०८ ६०६७ निर्णय नं. – ४६८८ ने.का.प. २०५० (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ सम्वत् २०४८ सालको फौ.पु. नं.– ३२६ फैसला मितिः– २०५०।१।८।३ पुनरावेदक/वादी: प्रहरी प्रतिवेदनले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी : का.जि.का.न.पा. वडा नं. १६ बालाजु बस्ने श्याम बाजे भत्रे साम्वराज ढकाल मुद्दा :– लागू औषध बिक्री वितरण । (१) प्रतिवादीले बिक्री वितरण गरेको वा कारोवार गरेको कुनै आधार प्रमाण बेगर निजले लागू पदार्थ बिक्री वितरण गरेको भनी भत्र मिल्ने अवस्था नदेखिने । (प्र.नं. १४) (२) प्रतिवादीले जानाजान ठूलो परिमाणमा लागू औषधको कारोवार गरेको भनी वादी पक्षबाट प्रमाणित पनि हुन नसकि १५ ग्राम ब्राउन सुगर सन्चय गरेको सम्म देखिएको यस्तो स्थितिमा घर नै जफत गर्नु पर्ने औचित्य नदेखिने । (प्र.नं. १४) पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलि अकवर मिकरानी । फैसला न्या. लक्ष्मण प्रसाद अर्याल १. अध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।११।१४।३ को फैसला उपर वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. शाम्बराज ढकालको घर तलाशी लिंदा १५ ग्राम ब्राउन सुगर हेरोइन लगू औषध बरामद भएको ठीक साँचो हो भत्रे समेत व्यहोराको वरामदी मुचुल्का । ३. २।३ महीना अघि देखि झोछे तिर बस्ने नाम थाहा नभएको राई जस्तो मानिसबाट अबैध लागू औषध ब्राउन सुगर किनी लिई प्रति ग्राम रु १००।– मा बिक्री गर्दछु बरामदको १५ ग्राम ब्राउन सुगर पनि निजैसँग किनी बिक्री गरी बाँकी रहेको हुँदा बरामद भै आएको हो भत्रे समेत ब्यहोराको शाम्बराज ढकालले प्रहरी समक्ष गरेको बयान कागज । ४. प्रतिवादी शाम्बराज लागू औषधको कारोबार गर्दा रहेछन् भत्रे कुरामा विश्वास लाग्छ अरु कुरा थाहा छैन भत्रे समेत व्यहोराको सर्जमिन मुचुल्का । ५. प्रतिवादी श्याम बाजे भत्रे शाम्वराज ढकालले पहिले देखि नै लागू औषधको विक्री वितरण गर्दै आएको र विक्री गरी बाँकी रहेको १५ ग्राम ब्राउन सुगर लागू औषध समेत मिति २०४२।१२।१२ गतेका दिन पक्राउ परी बरामद भै आएको समेत प्रष्ट देखिन आएकोले निजले लागू औषध (नियन्त्रण) ऐन २०३३ को दफा ४ (घ) को कसूर गरेको प्रष्ट देखिन्छ । तसर्थ निजलाई सोही ऐनको दफा १४(ख) अनुसार कारवाई सजाय भै प्रतिवादीले लागु औषध राखेको घर समेत ऐ ऐनको दफा १५ बमोजिम जफत हुन अनुरोध गरिन्छ भत्रे समेत व्यहोराको प्रहरी प्रतिवेदन । ६. प्रहरी प्रतिवेदनमा उल्लेख भए अनुसार कुनै कसुर गरेको छैन तसर्थ मलाई सजाय हुन पर्ने होइन बरामदको लागु औषध मेरा घरबाट बरामद भएको होइन भत्रे समेत व्यहोराको प्रतिवादी शम्बराज ढकालले अदालत समक्ष गरेको बयान । ७. प्रतिवादी शाम्बराज ढकालले त्यस्ता अभियोग बमोजिमका कार्य गर्नु भएको छैन भत्रे समेत व्यहोराको प्रतिवादी शाम्बराजको साक्षी लक्ष्मि दास मानन्धरले गरेको वकपत्र । ८. प्रस्तुत मुद्दाको सम्बन्धमा केही पनि थाहा छैन भत्रे समेत व्यहोराको प्रतिवादी शाम्बराजको साक्षी शम्भु प्रसाद फुयालको बकपत्र । ९. साम्वराज ढकाललाई पक्राउ गरेको सम्म थाहा पाएको छु भन्ने समेत व्यहोराको प्रतिवादी साम्वराजको साक्षी धनलाल महर्जनले गरेको वकपत्र । १०. प्रतिवादी शाम्बराज ढकालबाट १५ ग्राम ब्राउन सुगर बरामद समेत भएको देखिंदा निजले लागू औषध (नि