निर्णय नं. १३४२ - आयस्ता दिलाई पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३४२ - आयस्ता दिलाई पाउं भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३६/०१/०६ २४३८ निर्णय नं. १३४२ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र सम्वत् २०३३ सालको दे.पु.नं. ११० फैसला भएको मिति : २०३६।१।६।५ मा पुनरावेदक : इन्द्रकुमारी र रामराजको मु.स.गर्नेसमेत रूपन्देही मैन्हिया गा.पं.वार्ड नं. ९ बस्ने अनन्तराज पाण्डे समेत विरूद्ध विपक्षी : पाल्पा मध्ये बन्दीपोखरा गा.पं.वार्ड नं. ५ बस्ने भुवानसिं खड्का क्षेत्री समेत मुद्दा : आयस्ता दिलाई पाउं (१) काम गर्ने कामदार हो भन्न सकिने सबूत प्रमाणको अभावमा काम गर्ने कामदार भनी ठहर गरी वादी दावी बमोजिमको बिगो भराई दिन न्यायसंगत नदेखिने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना फैसला न्या. ईश्वरीराज मिश्र : पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसलामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३३।११।१८ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएकोमा मुद्दाको तथ्य यस प्रकार छ । २. हाम्रो भाइ अंशबाट पाइआएको वि.रूपन्देही तप्पे सक्रौन मौजे चेन्टाका जिमीदारी चार आना म रेशमीराजका नाममा र १।१ आना म रामराज अनन्तराजका नाममा दुई आना इन्द्रकुमारीका नाममा रहेको सो जिमीदार जोत जिरायत समेतको दामकाम गरी नगदी जिन्सी आम्दानी खर्च गरी बाँकी तहवील हामीलाई बुझाउने गरी डिल्लीराजलाई दिएको निजले छोडेकोले छोरा धर्मबहादुरलाई दिन पर्‍यो भनी भुवानसिंले चिठ्ठी लेखेका र बाबु छोरा बराबर भन्न आएकोले निज धर्मबहादुरलाई ०२२ साल वैशाखमा भर्ना गरी काम गर्दै जाँदा ०२४ साल सम्मको आम्दानी मध्ये रेशमीराजका नाममा रु.१४५०।– अन्तरराजका नाममा रु.१४५०।– पठाएको र बाँकी पनि बुझाउनु भन्दा अरू २७००।– बुझाइएको थियो । ०२५ सालको श्रेष्ता र ०२४।२५ को तहवील बुझाउँछु भन्दै रही ०२६ सालको आयस्ता मध्ये कति पनि नपठाई ०२६।१२।९ देखि भागी घर आई बसेछन् । मैन्हिया पञ्चायतबाट जिमीदारीमा जो भएको जिन्सी दोपाया चौपाया कसम तमनको तायदाती मुचुल्का ०२६।१२।१० मा खडा गरी डिल्लीराज जिम्मा लगाई दिए देहाय बमोजिमको बिगो रु.२८११४।९२ विपक्षमध्ये धर्मबहादुरले नबुझाएमा बाबु छोरा समेतबाट दिलाई भराई बाँकी नतिर्नेका ९ नं. बमोजिम सजाय समेत गरिपाउँ भन्ने समेत रेशमीराज अनन्तराज र रामराज समेतको ०२७।११।२१ को फिरादपत्र । ३. बाँकी नतिर्नेका १ नं. को हदम्याद भित्रको यो उजूरी हो, होइन, आयस्ता बाँकी रहने अवस्था थियो थिएन बाँकी रहेको कुरा श्रेष्ताबाट होइन जग्गाको जिम्मा लिने पदमराजका हस्ताबाट निजका नामको सही गरी यिनै वादीले लेखाएका पत्रहरूबाट अवगत हुने कुरा पञ्चायतलाई अधिकार नभएको कुरामा दरखास्त दिई तायदाती मुचुल्का खडा गरी प्रमाण उभ्याउने षडयन्त्र गर्ने देखिन आएको छ हामी निर्दोष छौं र धर्मबहादुरले निजहरूसँग आफ्नो काम गरेको लिन बाँकी छ भन्ने कुरा निजहरूले नै आफ्ना हिसाबबाट छुट्याई देखाएको छ, अब जुन किसिमले बाँकी भन्ने देखाएको छ, त्यसमा पदमराज नै हर्ताकर्ता रहेको पदमराजले मसित बुझेको कागजपत्रमा यस्तो बाँकी रहेको कुरा कुनै देखाएको छैन । ०२४।२५ सालको हकमा हदम्याद नाघी दावी गरेको समेत हुँदा र ०२४ सालदेखि ०२६ साल सम्मको त