निर्णय नं. २९२५ - दर्ता बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९२५ - दर्ता बदर हक कायम भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०८/०९ २२१८ निर्णय नं. २९२५ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको दे.फु.नं. ३५ फैसला भएको मिति : २०४०।८।९।६ मा निवेदक/वादी : भरतपुर गा.पं.वडा नं.७ कठासिक्रि बस्ने लाला बुद्धिमान श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने मेघराज उपाध्याय मुद्दा : दर्ता बदर हक कायम (१) सर्भे नाप जाँचको परिणाम स्वरुप एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापी दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नु पर्ने कारणको श्रृजना भएको मान्नु पर्ने हुन्छ, किनभने जग्गा नाप जाँच भएपछि हक प्रमाणको प्रमाणिक अभिलेखको श्रृजना दर्ता श्रेस्ताबाटै हुन्छ । (प्रकरण नं. १२) निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला प्र.न्या.नयनबहादुर खत्री : सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३६।११।१ को फैसला उपर निवेदकको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा डिभिजनबेञ्चबाट छिनिएको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम गरी छिनिदिनु भन्ने मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. चितौन भरतपुर गा.पं.वार्ड नं.७ कठसिक्रि मौजामा रा.दु.वि.भूमि वितरण कमिटिबाट ०१७।१।२२ मा जि.मनिराम दरै जिम्मा मैले प्राप्त गरी हकभोगको कि.नं.१२।१४ को ज.वि.२९।११।६ थैली प्रति मूल्य बुझाई आएकोमा विपक्षी मेघराज समेत ११ जनाबाट रु.१,४७,९५०।– मा २ कित्ता मध्ये कि.नं.१४ विगहा २७–११–१६ राजीनामा गरी दिएको विपक्षबाट रु.१५,०००।– थैली परेको उक्त लिखत पास गराउन चि.मालमा दाखिल भएकोमा पास नगरी दिँदा चि.माल र अर्थ मन्त्रालय मालपोत उपर साहूहरू मध्ये विपक्षी मेघराज, पूर्णकला, कृष्णराजको मात्र सर्वोच्च अदालतमा रिट निवेदन परी पास गरी दिने ०२७।१२।१० मा रजिष्ट्रेशन दस्तूरको सम्बन्धमा कानुन बमोजिम गर्नु भन्ने ०२९।१।१४ मा निर्णय भएकोमा पास गराई लिन विपक्ष समेत कुनै नगई कपाली गराई, रजिष्ट्रेशन दस्तूर समेत बुझी लिइसकेकोमा कर्मचारीलाई झुक्यानमा पारी कि.नं.१४ को जग्गा बेग्लाबेग्लै कित्ता काटी कि.नं.७६।८० को जग्गा ज.वि.२।१७।७ समेतको विपक्षले दर्ता गरिएकोमा २०२८ साल माघ ३ गते पूर्जा वितरण शुरु भएकोले नालेश गरेको छु कि.नं.७६।८० को दर्ता बदर गरी मेरो हक कायम गराई पाउँ भन्ने समेतको लाला बृद्धिमानको फिराद । ३. सो जग्गा मेरो हो भूमिसम्बन्धी ऐन अनुसार ७ नं. फाँटवारी समेत दाखेल गरेको छु । जोताहा निस्सा समेत लिएको छु र मालमा दर्ता भई भोगचलन गरी आएको छु भन्ने समेतको मेघराजको प्रतिउत्तर । ४. वादी दावीको जग्गामा प्रतिवादीबाट कुनै सबूद पेश नभएकोले वादी दावी बमोजिम दर्ता