निर्णय नं. १३४३ - उत्प्रेषणको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३४३ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३५/०८/०८ २४८९ निर्णय नं. १३४३ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट नं. ११३७ आदेश भएको मिति : २०३५।८।८।५ मा निवेदक : जिल्ला सप्तरी वोरीया गा.पं.वार्ड नं. ४ बस्ने यमुनाप्रसाद देव विरूद्ध प्रत्यर्थी : जिल्ला सप्तरी राजविराज न.पं.वडा नं. ७ बस्ने महावीर मोची चमार समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) विवादको जग्गा हरूवाई शर्तमा कमाउन पाएकोमा विवाद छैन । यस स्थितिमा भू.सं.ऐन, २०२१ को दफा २५(२) को कानुनी व्यवस्था अनुसार विवादग्रस्त जग्गामा मोहियानी हक कायम भएकै सम्झनुपर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह प्रत्यर्थीतर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री दमन ढुंगाना आदेश न्या. विश्वनाथ उपाध्याय : प्रत्यर्थीको २०३४।११।११।४ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : साविकमा वोरिया गा.पं वडा नं. ४ बस्ने महादेवलालका नाउँमा रहेका जग्गा मोहीमा कमाई ४ नं. अस्थायी निस्सा पाएको जग्गामध्ये हाल सर्भेमा वोरिया गा.पं.वार्ड नं. १ को कि.नं. १८७ को ०–१०–११ जग्गा नापी हुँदा मोही दर्ता हुन नसकेको र नापी हुँदा महादेवका छोरा यमुनाप्रसादका नाममा दर्ता भएकाले सो जग्गाको मोही दर्ता गरी मोही हकको ३ नं. प्रमाण पूर्जा पाउँ भन्ने समेतको उजूरी निवेदन । ३. वादीले पेश गरेको ४ नं. अस्थायी निस्सामा हरूवाई शर्तमा काम गरेको हरूवाई काम गरुन्जेल मात्र कमाई खान पाउने हुँदा २०२३ साल देखि हरूवाई काम छोडी सो जग्गा मैले कमाइआएकोले वादीले सो हरूवाई शर्तको ४ नं. अस्थायी निस्साबाट ३ नं. प्रमाण पाउने होइन भन्ने समेत व्यहोराको प्र.वादी यमुनाप्रसादका प्रतिउत्तर । ४. प्र.वादीको नामको हाल नापीमा वोरिया गा.पं.वार्ड नं. १ को कि.नं. १८७ को ०–१०–११ को मोही हुँ, ४ नं. जोताहा निस्सा समेत पाएको छु र नापी हुँदा मोही लेख्न छूट भएकोले दर्ता गरी मोही हकको ३ नं. प्रमाणपूर्जा पाउँ भन्ने वादी र हरूवाई शर्तमा काम गरेको हुँदा हरूवाई काम छाडेपछि मोही हुनै नसक्ने प्र.वादी नसकेमा वादीले ४ नं. जोताहाको अस्थायी निस्सा पाएको सो अस्थायी निस्सा भू.सं.ऐन, २०२१ को नियम ९ को उपनियम (३) ले मोही हकको प्रमाणमा कानुनी प्रमाण मानिएको र भूमिसम्बन्धी ऐन, २०२१ को परिच्छेद १ को प्रारम्भिक परिभाषामा मोही भन्नाले अरूको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गा आफ्नो वा अरूको परिवारको श्रमले खेती गर्ने किसान सम्झनुपर्छ भनी उल्लेख भएको र जग्गा कमाएकोमा प्रतिवादी सावित देखिएकोले उपरोक्त प्रमाण परिबन्दबाट वादीले मोही भई कमाएको जग्गाको मोही हकको ३ नं. स्थायी प्रमाणपत्र पाउने ठहर्छ भन्ने भू.प्र.शा.सप्तरीको निर्णय । ५. विवादमा परेको ०–१०–११ धुर जग्गा मोही बापतको नभई हरूवाई गरुञ्जेलसम्मको लागि ज्याला बापत निजलाई खान दिएको थिएँ । निजले २०३३ सालको कृषि याममा हरूवाईको काम गर्न छोडेको हुनाले सो हरूवाई बापतको भनी जनिएको लगत कट्टा गरिपाउँ भनी मिति ०३४।३।१२।४ मा निवेदन दिएको र पछि प्रतिवादी गर्दा समेत सो व्यहोरा दर्शाएकोमा मोही नै नभएको जग्गामा मोही हो भन्ने श्री प