निर्णय नं. २९२६ - दर्ता बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९२६ - दर्ता बदर हक कायम भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०८/०९ २२२२ निर्णय नं. २९२६ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको दे.फु.नं. ३६ फैसला भएको मिति : २०४०।८।९।६ मा निवेदक/वादी : भरतपुर गा.पं.वडा नं.७ कठासिक्रि बस्ने लाला बुद्धिमान श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.वा.नं.६ गोन्दाङ बस्ने रत्नदेवी राणा मुद्दा : दर्ता बदर हक कायम (१) सर्भे नाप जाँचको परिणाम स्वरुप एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापी दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नु पर्ने कारणको श्रृजना भएको मान्नु पर्ने हुन्छ, किनभने जग्गा नाप जाँच भएपछि हक प्रमाणको प्रमाणिक अभिलेखको श्रृजना दर्ता श्रेस्ताबाटै हुन्छ । (प्रकरण नं. ११) निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला प्र.न्या.नयनबहादुर खत्री : सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३६।११।१ को फैसला उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा डिभिजनबेञ्चबाट छिनिएको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम गरी छिनि दिनु भन्ने मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. चितवन भरतपुर जिल्ला गा.पं.वार्ड नं.७ कठसिक्री मौजामा राप्तीदून विकास विभाग भूमि वितरण कमिटीबाट ०१७।१।२२ मा जि.मनिराम दरै जिम्मा मैले लगानी पुर्जी प्राप्त गरी हक भएको कि.नं.१२।१४ को जग्गाको सबै सरकारी रकम चलाई भोगी आएको अवस्था विपक्षी रत्नदेवी समेत ११ जनाबाट रु.१,४७,९५०।– मा कि.नं.१४ को ज.वि.२७–११–१६ को राजीनामा लिखत गरी दिएकोमा विपक्षीबाट रु.५०००।– परेको सो लिखत पास नगरी दिँदा कृष्णराज, मेघराज, पूर्णकलाको रिट परी उक्त लिखत पास हुने निर्णय भएकोमा पास गराई लिन विपक्ष कोही नगई कानुनी हक टुटाएका साहूहरूले नापी कर्मचारीलाई झुक्यानमा पारी उक्त कि.नं.१४ जग्गामा बेग्ला बेग्लै कित्ताकाटी कि.नं.०७१।७५ समेतमा जग्गा विगहा १–०–६३/४ निज विपक्षले दर्ता गराई जग्गाधनी प्रमाणपूर्जा लिएकोमा ०२८ साल माघ ३ गते जग्गाधनी प्रमाणपूर्जा वितरण शुरु भएको मितिले २ वर्ष भित्र गुज्रेको म्याद थामी पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाएको निवेदनमा थामी आएकोले नालेश गर्न आएको छु विपक्षले दर्ता गराएको कि.नं.०७१।७५ समेतका जग्गा विगहा १–०–६३/४ मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने समेत मिति ०३०।११।२८ को फिराद । ३. वादी दावीको जग्गा मेरो नाममा दर्ता भई मालपोत समेत बुझाई जोताहाको निस्सा समेत लिएको छु सो भिडाई सर्भेमा कि.नं.७१।७५ मा दर्ता भएको हो । जग्गा मेरै हुँदा दर्ता हक सदर गरी पाउँ भन्ने समेतको रत्नदेवी राणाको प्रतिउत्तर । ४. वादी दावीको जग्गामा प्रतिवादीबाट आफ्न